विधुतीय अपराध सम्बन्धि कसूरमा पर्सा बाट दुर्गा प्रसाईं पक्राउ-

दीपेन्द्र प्रजापति/कालो झोला ।

बीरगंज, ०६ जेष्ठ । जिल्ला प्रहरी कार्यालय, पर्सा तथा मातहतका वडा प्रहरी कार्यालय, बिर्ता द्वारा खटिएको संयुक्त प्रहरी टोलीले सोमबार राति करिब ०८:०० बजेको समयमा वीरगञ्ज स्थित रहेको सिद्धार्थ दियालो होटल बाट दुर्गा प्रसाद प्रसाईं लाई आफ्नो नियन्त्रणमा लिएको छ ।

उनी विभिन्न सञ्चार माध्यम तथा ( Social Media ) सामाजिक सञ्जाल मार्फत विभिन्न किसिमको अभिव्यक्तिहरू दिने क्रममा सार्वजनिक नैतिकता, शिष्टचार विरुद्ध कसै प्रति घृणा वा द्वेष फैलाउने र विभिन्न जातजाती र सम्प्रदाय बीचको सुमधुर सम्बन्धलाई खलल् पार्ने र नेपाल सरकार वा नेपाल सरकारको काम कारवाहीको सम्बन्धमा कुनै किसिम बाट निराधार वा अप्रमाणित कुरा देखाइ नेपाल सरकार प्रति घृणा, द्वेष वा अवहेलना गर्ने गरी विभिन्न किसिमको अमर्यादित तथा अस्वस्थ्य आलोचनात्मक अभिव्यक्तिहरू दिएकोले पक्राउ गरिएको हो ।

झापा जिल्लाको विर्तामोड नगरपालिका वडा नं. ०५ घर भई हाल भक्तपुर जिल्लाको मध्यपुर ठिमी नगरपालिका वडा नं. ०६ बस्ने वर्ष ५६ को दुर्गा प्रसाद प्रसाईलाई नियन्त्रणमा लिइ निज उपर विधुतीय ( इलेक्ट्रोनिक ) कारोबार ऐन र राज्य विरुद्धको कसूरमा पर्सा जिल्ला अदालत बाट तीन दिनको म्याद थप अनुमति लिइ आवश्यक अनुसन्धान कार्य भैरहेको कुरा सूचना अधिकारी प्रहरी नायब उपरीक्षक हरि बहादुर बस्नेत ले बताएका छन् ।

  • Bishnu Timalsina

    Related Posts

    पर्सामा बोक्सी आरोप कसूर गर्ने तीन जना महिलाहरु पक्राउ-

    दीपेन्द्र प्रजापति/कालो झोला । बीरगंज, ०५ जेष्ठ । जिल्ला प्रहरी कार्यालय, पर्सा ले बोक्सीको आरोप कसूरमा तीन जना महिलाहरुलाई आफ्नो नियन्त्रणमा लिएको छ । गत २०८२ साल फागुन २७ गते…

    बैंकिङ कसूर मुद्दाका फरार प्रतिवादी ठाकुर पक्राउ-

    दीपेन्द्र प्रजापति/कालो झोला । बीरगंज, ०४ जेष्ठ । वडा प्रहरी कार्यालय, श्रीपुरले विशेष सूचनाको आधारमा आईतबार साँझ करिब ०५:०० बजेको समयमा बैंकिङ कसूरका एक प्रतिवादीलाई आफ्नो नियन्त्रणमा लिएको छ ।…

    पहिलो

    विधुतीय अपराध सम्बन्धि कसूरमा पर्सा बाट दुर्गा प्रसाईं पक्राउ-

    • May 19, 2026
    • 57 views
    विधुतीय अपराध सम्बन्धि कसूरमा पर्सा बाट दुर्गा प्रसाईं पक्राउ-

    पर्सामा बोक्सी आरोप कसूर गर्ने तीन जना महिलाहरु पक्राउ-

    • May 19, 2026
    • 50 views
    पर्सामा बोक्सी आरोप कसूर गर्ने तीन जना महिलाहरु पक्राउ-

    कक्षा १२ को परीक्षाको प्रश्नपत्र आउट गर्ने दुई जना पक्राउ

    • May 19, 2026
    • 31 views
    कक्षा १२ को परीक्षाको प्रश्नपत्र आउट गर्ने दुई जना पक्राउ

    इरानमाथिको आक्रमण तत्कालका लागि रोकिएको ट्रम्पको घोषणा

    • May 19, 2026
    • 19 views
    इरानमाथिको आक्रमण तत्कालका लागि रोकिएको ट्रम्पको घोषणा

    आजको मौसम पूर्वानुमान

    • May 19, 2026
    • 26 views
    आजको मौसम पूर्वानुमान

    आजको राशिफल

    • May 19, 2026
    • 19 views
    आजको राशिफल