दीपेन्द्र प्रजापति/कालो झोला ।
बीरगंज, ०६ जेठ । पर्सा प्रहरीले चोरीको मोटरसाइकल सहित एक जना मानिसलाई आफ्नो नियन्त्रणमा लिएको छ ।
मंगलबार साँझ करिब ०५:३० बजेको समयमा वीरगञ्ज महानगरपालिका वडा नं. १२, मुर्ली बस्ने वर्ष ३४ को दिपेन्द्र कुशवाहाको नाममा दर्ता रहेको म. प्र. ०३-०३३ प ८५१७ नम्बरको TVS को निलो कालो रंगको अपाचे मोटर साईकल वीरगञ्ज महानगरपालिका कै वडा नं. १२ स्थित रहेको दिनबन्धु पेट्रोलपम्प स्थित पार्किङ गरी राखिएको मोटरसाइकल चोरी गरि भाग्दै गरेको अवस्थामा स्थानीय तथा प्रहरीको सहयोगमा उल्लेखित नम्बरको मोटरसाइकल तथा मोटरसाइकल चोरीमा संलग्न बारा जिल्लाको कलैया उपमहानगरपालिकाको वडा नं. ०१ बस्ने वर्ष २४ को प्रेम पटेललाई नियन्त्रणमा लिइ चोरी सम्बन्धि कसूरमा थप अनुसन्धान कार्य भइरहेको कुरा प्रवक्ता प्रहरी नायब उपरीक्षक हरि बहादुर बस्नेत ले बताएका छन् ।






