सशस्त्र प्रहरी बल, पर्सा द्वारा मनसुनजन्य विपद् पूर्व तयारी, तिन दिने ‘विपद् स्वयंसेवक परिचालन तालिम सम्पन्न-

दीपेन्द्र प्रजापति/कालो झोला ।

बीरगंज , ०५ असार । आउँदै गरेको मनसुन तथा विभिन्न प्रकारका प्राकृतिक एवं मानवजन्य विपद्हरूलाई मध्यनजर गर्दै विपद् व्यवस्थापन सम्बन्धी विशेष तालिम सुरु भएको थियो ।

सशस्त्र प्रहरी बल, नेपाल नं. १३ गण हे.क्वा. पर्साको आयोजना तथा वीरगञ्ज महानगरपालिकाको संयोजनमा तिन दिने “विपद् स्वयंसेवक परिचालन विस्तारित पुनर्ताजगी तालिम” सुरु भएको हो ।

वीरगञ्ज महानगरपालिका कार्यालयको सभाहलमा सोमबार बिहान ०९:०० बजे देखि तालिमको औपचारिक सुरुवात गरिएको थियो ।

दुई कार्य दिन सम्म सञ्चालन भएको यस विशेष पुनर्ताजगी तालिममा स्थानीय समुदायका ३० जना प्रशिक्षार्थीहरू सहभागी रहेका थिए ।

तालिम अवधिभर सशस्त्र प्रहरी बलका दक्ष प्रशिक्षकहरूले विपद् व्यवस्थापन, प्राथमिक उपचार, र खोजी तथा उद्धार कार्यका विभिन्न सीपहरू सिकाईएको थियो ।

सो तालिमको समापनमा प्रमुख अतिथिको रुपमा बिरगंज माहानगरपालिका कार्यालयको प्रमुख प्रशासकिय अधिकृत बसन्त बहादुर बोहरा पाल्नुभएको र उक्त कार्यक्रममा नं.१३ गण पर्साका गणपति सशस्त्र प्रहरी उपरीक्षक मोहन बहादुर क्षेत्रि लगायत अन्य अधिकृतहरुको समेत उपस्थिति रहेको थियो ।यस तालिमले वीरगञ्ज क्षेत्रमा हुन सक्ने सम्भावित विपद्जन्य क्षतिलाई न्यूनीकरण गर्न र जनधनको रक्षा गर्न ठूलो मद्दत पुग्ने विश्वास सशस्त्र प्रहरी बल नेपालले लिइएको कुरा नं. १३ गणका सूचना अधिकारी सशस्त्र प्रहरी नायब उपरीक्षक मोहन राज निरौलाले बताएका छन् ।

  • Bishnu Timalsina

    Related Posts

    मधेश खेलकुद परिषद्को आयोजनामा पहिलो पटक सञ्चालन भएको राष्ट्रिय स्तरको कुश्ती प्रतियोगितामा सागर यादव प्रथम स्थानमा स्वर्ण पदक हासिल गर्न सफल-

    दीपेन्द्र प्रजापति/कालो झोला । वीरगञ्ज, ०५ असार । मधेस प्रदेश को राजधानी जनकपुरधाम उपमहानगरपालिका वडा नं. ०७, जानकी नगर स्थित रहेको पतञ्जली योग शिविरको सभा हलमा भइरहेको तीन दिने कुस्ती…

    भारतको महावाणिज्य दूतावास, वीरगञ्ज द्वारा पोखरियामा १२ औं अन्तर्राष्ट्रिय योग दिवसको आयोजना-

    दीपेन्द्र प्रजापति/कालो झोला । वीरगञ्ज, ०४ असार | भारतको महावाणिज्य दूतावास, वीरगञ्ज द्वारा पोखरिया नगरपालिका र रानीगंज आयुर्वेद अस्पतालको सहकार्यमा श्री जिल्ला उच्चाङ्गल रामदेव कलवार माध्यमिक विद्यालय, पोखरिया, पर्सामा “स्वस्थ…

    पहिलो

    मधेश खेलकुद परिषद्को आयोजनामा पहिलो पटक सञ्चालन भएको राष्ट्रिय स्तरको कुश्ती प्रतियोगितामा सागर यादव प्रथम स्थानमा स्वर्ण पदक हासिल गर्न सफल-

    • June 19, 2026
    • 35 views
    मधेश खेलकुद परिषद्को आयोजनामा पहिलो पटक सञ्चालन भएको राष्ट्रिय स्तरको कुश्ती प्रतियोगितामा सागर यादव प्रथम स्थानमा स्वर्ण पदक हासिल गर्न सफल-

    सशस्त्र प्रहरी बल, पर्सा द्वारा मनसुनजन्य विपद् पूर्व तयारी, तिन दिने ‘विपद् स्वयंसेवक परिचालन तालिम सम्पन्न-

    • June 19, 2026
    • 72 views
    सशस्त्र प्रहरी बल, पर्सा द्वारा मनसुनजन्य विपद् पूर्व तयारी, तिन दिने ‘विपद् स्वयंसेवक परिचालन तालिम सम्पन्न-

    भारतको महावाणिज्य दूतावास, वीरगञ्ज द्वारा पोखरियामा १२ औं अन्तर्राष्ट्रिय योग दिवसको आयोजना-

    • June 18, 2026
    • 67 views
    भारतको महावाणिज्य दूतावास, वीरगञ्ज द्वारा पोखरियामा १२ औं अन्तर्राष्ट्रिय योग दिवसको आयोजना-

    पर्सा प्रहरी द्वारा लागु औषध गाँजा बेवारिसे बरामद, संलग्न व्यक्तिहरु को खोज तलास जारी-

    • June 18, 2026
    • 69 views
    पर्सा प्रहरी द्वारा लागु औषध गाँजा बेवारिसे बरामद, संलग्न व्यक्तिहरु को खोज तलास जारी-

    सशस्त्र प्रहरी बल नेपाल, पर्सा द्बारा लाखौं मूल्य बराबरको विभिन्न सामान सहित सवारी साधन नियन्त्रण-

    • June 16, 2026
    • 101 views
    सशस्त्र प्रहरी बल नेपाल, पर्सा द्बारा लाखौं मूल्य बराबरको विभिन्न सामान सहित सवारी साधन नियन्त्रण-

    भारतीय महावाणिज्य दूतावास द्वारा चितवनको नारायणी नदी किनारमा सफल योग कार्यक्रमको आयोजना-

    • June 16, 2026
    • 79 views
    भारतीय महावाणिज्य दूतावास द्वारा चितवनको नारायणी नदी किनारमा सफल योग कार्यक्रमको आयोजना-