सशस्त्र प्रहरी बल नेपाल नं.१३ गण हे.क्वा पर्सा द्वारा रु. १७ लाख ८५ हजार १ सय ७० बराबरको विभिन्न अवैध सामान सहित, सवारी साधन तथा एक जना व्यक्ति पक्राउ-

दीपेन्द्र प्रजापति/कालो झोला ।

बीरगंज, १२ असार । सशस्त्र प्रहरी बल नेपाल बी. ओ. पी. श्रीसिया ले बिहीबार वीरगंज महानगरपालिका वडा नं. ०१, छपकैया सीमा ईलाकाबाट भारत बाट अवैध रुपमा भन्सार छली मधेश प्रदेश ०३ ००१ ह. १९६९ नम्बरको ई-रिक्शामा राखी नेपाल तर्फ ल्याउँदै गरेकोअवसरमा नियन्त्रणमा लिएको छ ।

उक्त दिन त्यहाँ बाट खटिएको सशस्त्र प्रहरी टोलीलाई देख्नासाथ मानिस सबै समान छाडी भागेको तथा मुल्य रु. १ लाख ०९ हजार ८ सय २० बराबरको कपडा र मुल्य रु. ४ लाख बराबरको ई-रिक्शा गरी जम्मा मुल्य रु. ५ लाख ०९ हजार ८ सय २० बराबरको कपडा र ई-रिक्शा बरामद गरी आवश्यक कारबाहीको लागि बीरगंज भन्सार कार्यालय मा बुझाएको छ ।

यसै गरी बिहिबार नै वीरगंज महानगरपालिका वडा नं. १६ स्थित एन्जी गेटमा सीमा सुरक्षा गुल्म हे.क्वा. वीरगंज बाट खटिएको टोलीले नेपाल बाट भारत तर्फ लैजादै गरेको मधेश प्रदेश ०३-००१ ह ३२८४ नम्बरको ई-रिक्सा र टाँगामा लोड गरि लैजादै गरेको अवस्थामा मुल्य रु. ५ लाख ८० हजार ९ सय बराबरको ई-रिक्सा, टाँगा सहित घोडा र स्याउ बरामद गरी आवश्यक कारवाहीको बीरगंज भंसार कार्यालयमा बुझाईएको छ ।

यसै गरी पर्सा जिल्लाको बिन्दाबासिनी गा.पा.४ मधवल सीमा ईलाकामा विओपि प्रसौनि भाट्टा बाट खटिएको टोलीले अवैध रुपमा नेपाल बाट भारत तर्फ एउटा व्यक्तिले टाउकोमा बोकी लैजादै गरेको अवस्थामा मुल्य रु.१६ हजार ३ सय ५० बराबरको स्याउ सहित भारत घर भएको अन्दाजी बर्ष २३ को अश्लाम आलमलाई नियन्त्रणमा लिई आवश्यक कार्वाहिको लागि वीरगंज भन्सार कार्यालयमा बुझाईएको छ ।

बिहीबार नै सीमा सुरक्षा गुल्म, भिखमपुर बाट खटिएको टोलीले पर्सा जिल्लाको जगरनाथपुर गा.पा. -२ दसौता सीमा ईलाका र नं.१३ गण हे.क्वा.पर्सा बाट खटिएको टोलीले वीरगंज बसपार्क ईलाका बाट मुल्य रु. ८६ हजार ९ सय बराबरको १ वटा प्रिन्टर, कपडा र मदिरा बरामद गरी बिरगंज भन्सार कार्यलयमा बुझाइएको छ ।

सोही क्रममा वीरगंज म.न.पा.-१६ स्थित मितेरी पुलमा सीमा सुरक्षा गुल्म वीरगंज बाट खटिएको टोलीले मुल्य रु. ४ लाख ०८ हजार ५ सय बराबरको प्रदेश २-०३-००१ ह ९५८ नम्बरको ई-रिक्सा सहित स्याउ र टेन्टको कपडा बरामद गरि बिहीबार बीरगंज भंसार कार्यालयमा बुझाईएको छ ।

साथै बीरगंज म.न.पा. बडा नं. ०१ सुकुम्बासी टोल स्थित रहेको ओकिल शाह तुराहा र मुक्तार शाह तुराहाको घरमा अबैध सामान भन्सार छली लुकाई छिपाई भण्डारण गरी राखिएको छ, भन्ने विशेष सुचनाको आधारमा स.प्र.बल, नेपाल नं. १३ गण हे.क्वा. पर्सा बाट सप्रनाउ सुरज कार्किको कमाण्डमा खटिगएको ५९ जनाको टोली र वीरगंज भन्सार कार्यालय, पर्साका ना.सु. बिरेन्द्र यादव सहितको संयुक्त टोलीले आवश्यक प्रकृया पुरा गरि बिभिन्न घरहरुमा छापामारी गर्दा निज ओकिल शाह तुराहा र मुक्तार शाह तुराहाको घरमा लुकाई छिपाई राखेको मुल्य र १ लाख ८२ हजार ७ सय बराबरको ४ पोका कपडा बरामद गरी आवश्यक कारवाहीको लागी वीरगंज भन्सार कार्यालय मा बुझाइएको कुरा सूचना अधिकारी सशस्त्र प्रहरी नायब उपरीक्षक मोहन राज निरौलाले बताएका छन् ।

  • Bishnu Timalsina

    Related Posts

    सशस्त्र प्रहरी बल नेपाल नं.१३ गण हे.क्वा पर्साद्वारा कर्डन यन्ड सर्च अप्रेशन संचालन गरी भारी मात्रामा लागु औषध गाँजा बरामद-

    दीपेन्द्र प्रजापति/कालो झोला । बीरगंज, ११ असार । सशस्त्र प्रहरी बल नेपाल सीमा सुरक्षा गुल्म मुख्यालय,, भिखमपुर तथा सुवर्णपुर का गुल्मपति हरुले विशेष सूचनाको आधारमा बिहिबार पर्सा जिल्लाको ठोरी गाउँपालिका…

    बीरगंज महानगरपालिकाको २० औं अधिवेशन भव्य रूपमा सम्पन्न, ४ अर्ब ४२ करोड ३४ लाख ६९ हजार रुपैयाँको अनुमानित बजेट प्रस्तुत-

    दीपेन्द्र प्रजापति/कालो झोला । बीरगंज, ११ असार । देशभरका स्थानीय तहहरूमा असार १० गते नगरसभा तथा गाउँसभा सञ्चालन भइरहेका बेला बीरगंज महानगरपालिकाले आफ्नो २० औँ अधिवेशन सम्पन्न गर्दै आगामी आर्थिक…

    पहिलो

    सशस्त्र प्रहरी बल नेपाल नं.१३ गण हे.क्वा पर्सा द्वारा रु. १७ लाख ८५ हजार १ सय ७० बराबरको विभिन्न अवैध सामान सहित, सवारी साधन तथा एक जना व्यक्ति पक्राउ-

    • June 25, 2026
    • 38 views
    सशस्त्र प्रहरी बल नेपाल नं.१३ गण हे.क्वा पर्सा द्वारा  रु. १७ लाख ८५ हजार १ सय ७० बराबरको विभिन्न अवैध सामान सहित, सवारी साधन तथा एक जना व्यक्ति पक्राउ-

    सशस्त्र प्रहरी बल नेपाल नं.१३ गण हे.क्वा पर्साद्वारा कर्डन यन्ड सर्च अप्रेशन संचालन गरी भारी मात्रामा लागु औषध गाँजा बरामद-

    • June 25, 2026
    • 42 views
    सशस्त्र प्रहरी बल नेपाल नं.१३ गण हे.क्वा पर्साद्वारा कर्डन यन्ड सर्च अप्रेशन संचालन गरी भारी मात्रामा लागु औषध गाँजा बरामद-

    बीरगंज महानगरपालिकाको २० औं अधिवेशन भव्य रूपमा सम्पन्न, ४ अर्ब ४२ करोड ३४ लाख ६९ हजार रुपैयाँको अनुमानित बजेट प्रस्तुत-

    • June 24, 2026
    • 89 views
    बीरगंज महानगरपालिकाको २० औं अधिवेशन भव्य रूपमा सम्पन्न, ४ अर्ब ४२ करोड ३४ लाख ६९ हजार रुपैयाँको अनुमानित बजेट प्रस्तुत-

    सशस्त्र प्रहरी वल नेपाल, पर्सा द्वारा मुल्य रु. २५ लाख भन्दा बढीको पिकअप सहित चौपाया तथा अन्य सामानहरु बरामद-

    • June 24, 2026
    • 51 views
    सशस्त्र प्रहरी वल नेपाल, पर्सा द्वारा मुल्य रु. २५ लाख भन्दा बढीको पिकअप सहित चौपाया तथा अन्य सामानहरु बरामद-

    परोहा नगरपालिकाको १० औँ नगरसभा भव्य रूपमा सम्पन्न, ४९ करोड ६८ लाख ९७ हजार रुपैयाँको बजेट प्रस्तुत-

    • June 24, 2026
    • 79 views
    परोहा नगरपालिकाको १० औँ नगरसभा भव्य रूपमा सम्पन्न, ४९ करोड ६८ लाख ९७ हजार रुपैयाँको बजेट प्रस्तुत-

    पर्सा प्रहरी द्वारा प्रतिबन्धित लागु औषध सहित ट्रक र चालक नियन्त्रण-

    • June 23, 2026
    • 92 views
    पर्सा प्रहरी द्वारा प्रतिबन्धित लागु औषध सहित ट्रक र चालक नियन्त्रण-