वीरगन्ज महानगरपालिकाको आयोजनामा २३ औँ राष्ट्रिय धान दिवस तथा रोपाइँ कार्यक्रम सम्पन्न-

दीपेन्द्र प्रजापति/कालो झोला ।

वीरगन्ज, १५ असार । वीरगन्ज महानगरपालिका कृषि तथा पशुपन्छी व्यवसाय प्रवर्द्धन शाखाको आयोजनामा २३ औँ राष्ट्रिय धान दिवस असार १५, दही चिउरा खाने तथा धान रोपाइँ कार्यक्रम भव्य रूपमा सम्पन्न भएको छ ।

यस वर्ष “जलवायुमैत्री प्रविधि, धानमा आत्मनिर्भरता र समृद्धि” भन्ने मूल नाराका साथ यो दिवस मनाइएको हो ।

कार्यक्रम वीरगन्ज महानगरपालिकाका कार्यवाहक नगर प्रमुख इम्तियाज आलम को प्रमुख आतिथ्यतामा सम्पन्न भएको थियो ।

खेतमा पुगेर धान रोपाइँ कार्यक्रमको शुभारम्भ गर्दै कार्यवाहक नगर प्रमुख आलमले बढ्दो जलवायु परिवर्तनको समयमा आधुनिक र जलवायुमैत्री प्रविधिको प्रयोग गरेर मात्र धान उत्पादन बढाउन सकिने कुरामा जोड दिनुभयो ।

उहाँले नगरका किसानहरूलाई प्रविधिको पहुँचमा पुर्‍याउन र कृषिमा आत्मनिर्भर बनाउन महानगरपालिकाले विशेष प्राथमिकता दिएको बताउनु भयो ।

महानगरपालिकाको कृषि तथा पशुपन्छी व्यवसाय प्रवर्द्धन शाखाले स्थानीय तहमा कृषिको आधुनिकीकरणलाई प्रोत्साहन गर्ने उद्देश्यले यो कार्यक्रम आयोजना गरेको हो ।

असार १५ को मौलिक परम्परालाई जोगाउँदै व्यावसायिक कृषितर्फ अघि बढ्न यस कार्यक्रमले स्थानीय कृषकहरूलाई थप ऊर्जा दिएको छ ।

कार्यक्रममा महानगरका कर्मचारी, कृषि विज्ञ, स्थानीय जनप्रतिनिधि तथा कृषकहरूको उत्साहजनक सहभागिता रहेको थियो। सहभागीहरूले खेतमा धान रोप्नुका साथै असार १५ को परम्परा अनुसार सामूहिक रूपमा दही चिउरा खाएर एकापसमा शुभकामना साटासाट गर्दै हर्षोल्लासका साथ दिवस मनाएका थिए ।

  • Bishnu Timalsina

    Related Posts

    रोटरी क्लव अफ काष्टमण्डपको २५ औं प्रेसिडेन्ट एवं डिष्ट्रिक्ट गर्भनर मा आए औषधी उत्पादक वैद्य-

    कालो झोला । काठमाडौँ, १५ असार । रोटरी क्लव अफ काष्टमण्डप नेतृत्वमा औषधी उत्पादक एवं व्यवसायी शैलेश वैद्य आएका छन् । शनिबार काठमाडौँमा आयोजित रजत ईन्स्टलेशन समारोहमा नव नियुक्त अध्यक्ष…

    कार्यवाहक प्रमुख आलमको सक्रियतामा वीरगंजको सरसफाइ विवाद मिल्यो, आन्दोलन फिर्ता-

    दीपेन्द्र प्रजापति/कालो झोला । बीरगंज, १४ असार । वीरगंज महानगरपालिकालाई स्वच्छ र सुन्दर राख्न अहोरात्र खटिने सरसफाइकर्मी र फोहरमैला व्यवस्थापनको जिम्मा पाएको ठेकेदार कम्पनी बीच देखिएको गतिरोध अन्ततः समाधान भएको…

    पहिलो

    वीरगन्ज महानगरपालिकाको आयोजनामा २३ औँ राष्ट्रिय धान दिवस तथा रोपाइँ कार्यक्रम सम्पन्न-

    • June 29, 2026
    • 57 views
    वीरगन्ज महानगरपालिकाको आयोजनामा २३ औँ राष्ट्रिय धान दिवस तथा रोपाइँ कार्यक्रम सम्पन्न-

    रोटरी क्लव अफ काष्टमण्डपको २५ औं प्रेसिडेन्ट एवं डिष्ट्रिक्ट गर्भनर मा आए औषधी उत्पादक वैद्य-

    • June 29, 2026
    • 27 views
    रोटरी क्लव अफ काष्टमण्डपको २५ औं प्रेसिडेन्ट एवं डिष्ट्रिक्ट गर्भनर मा आए औषधी उत्पादक वैद्य-

    कार्यवाहक प्रमुख आलमको सक्रियतामा वीरगंजको सरसफाइ विवाद मिल्यो, आन्दोलन फिर्ता-

    • June 28, 2026
    • 81 views
    कार्यवाहक प्रमुख आलमको सक्रियतामा वीरगंजको सरसफाइ विवाद मिल्यो, आन्दोलन फिर्ता-

    बीरगञ्जमा सरसफाइ कर्मीहरु आन्दोलित, कार्यवाहक नगर प्रमुख आलम द्वारा तत्काल समाधान गर्न ठेकेदारलाई निर्देशन-

    • June 28, 2026
    • 69 views
    बीरगञ्जमा सरसफाइ कर्मीहरु आन्दोलित, कार्यवाहक नगर प्रमुख आलम द्वारा तत्काल समाधान गर्न ठेकेदारलाई  निर्देशन-

    नेशनल मेडिकल कलेजमा ६ दिने फ्याकल्टी डेभलपमेन्ट ट्रेनिङ (FDT) सफलतापूर्वक सम्पन्न-

    • June 26, 2026
    • 125 views
    नेशनल मेडिकल कलेजमा ६ दिने फ्याकल्टी डेभलपमेन्ट ट्रेनिङ (FDT) सफलतापूर्वक सम्पन्न-

    सशस्त्र प्रहरी बल नेपाल नं.१३ गण हे.क्वा पर्सा द्वारा रु. १७ लाख ८५ हजार १ सय ७० बराबरको विभिन्न अवैध सामान सहित, सवारी साधन तथा एक जना व्यक्ति पक्राउ-

    • June 25, 2026
    • 137 views
    सशस्त्र प्रहरी बल नेपाल नं.१३ गण हे.क्वा पर्सा द्वारा  रु. १७ लाख ८५ हजार १ सय ७० बराबरको विभिन्न अवैध सामान सहित, सवारी साधन तथा एक जना व्यक्ति पक्राउ-