आर्थिक विधेयकमाथि छलफलः राजस्व चुहावट नियन्त्रणमा सांसदको जोड

काठमाडाैँ, ११ असारः सांसदहरुले राजस्व चुहावटलाई नियन्त्रणमा जोड दिनुभएको छ । प्रतिनिधिसभाको आजको बैठकमा आर्थिक विधेयक, २०८१ माथिको सामान्य छलफलका क्रममा सांसदहरुले राजस्व सङ्कलन प्रक्रियालाई व्यवस्थित गरेर मुलुकको ढुकुटी बलियो बनाउन सुझाव दिनुभयो ।

सांसद जीवन परिवारले आर्थिक विधेयकमा करका दायरा बढाउन भन्दा दर हेरफेरमा मात्रै ध्यान दिइइएकाले राजस्व चुहावटलाई ध्यान दिन आग्रह गर्नुभयो । सांसद उदयशमशेर जबराले जलविद्युत् आयोजनामा शेयर किनबेच गर्दा राजस्व छली हुने स्थिति भएकाले त्यसलाई रोक्न माग गर्नुभयो ।

सांसद प्रेम सुवालले मुलुकमा प्रगतिशील कर प्रणाली लागू गरी जनताको घाँटी थिच्ने प्रणाली हटाउन माग गर्नुभयो । उहाँले स्रोत नखुलेको सम्पत्तिलाई वैधानिक बाटोमा ल्याउने, विदेशमा सम्पत्ति राख्न नपाइने, जलविद्युत् आयोजना विदेशी दिन नहुने, चुरे दोहन गर्न नदिनेजस्ता नीति ल्याएमा मुलुक धनी हुने तर्क राख्नुभयो ।

सांसद प्रभु साहले संविधानले दिएको सम्पत्तिको हकलाई कुनै कानुनले खोस्ने अवस्था आउन नहुने बताउनुभयो । सांसद मनिष झाले मुलुकको आर्थिक स्थिति बलियो नभएको अवस्थामा राजस्वको लक्ष्य निर्धारण गर्दा वास्तविकताका आधारमा गर्न र सङ्कलनका चुनौती सामना गर्ने नीतिमा केन्द्रित हुन सुझाव दिनुभयो ।

सांसद बद्रीप्रसाद पाण्डेले आर्थिक समृद्धिका लागि राजनीतिक स्थिरता र नीतिगत निरन्तरता हुनुपर्नेमा जोड दिनुभयो । सांसद श्यामकुमार घिमिरेले नेपालमा विश्वका अन्य मुलुकका तुलनामा धेरै करका दर उच्च भएको मुलुक भएको स्थितिमा लगानी अभिवृद्धि हुन नसक्ने भनाइ राख्नुभयो ।

प्रतिनिधिसभाबाट आजै विनियोजन विधेयक, २०८१ पारित भएपछि आर्थिक विधेयकमाथि छलफल सुरु भएको हो ।

  • Related Posts

    सरकारी कर्मचारीलाई १५ दिनमै तलब दिइने

    अर्थ मन्त्रालयले सरकारी कर्मचारीहरूको तलब–भत्ता भुक्तानी प्रणालीमा परिवर्तन गर्ने निर्णय गरेको छ ।  अर्थमन्त्री डा.स्वर्णिम वाग्लेले मन्त्रिस्तरीय निर्णय गर्दै यस्तो व्यवस्था गर्न महालेखा नियन्त्रकको कार्यालयलाई परिपत्र गरिएको छ ।  हालसम्म…

    वीरगन्जमा बिहानैदेखि चल्यो डोजर

    वीरगन्ज । वीरगन्जको मुख्य सडक (मेनरोड) विस्तारको काम आइतबार बिहानदेखि सुरु भएको छ। सडक डिभिजन कार्यालय हेटौंडाले त्रिभुवन राजपथ अन्तर्गत पर्ने वीरगन्जको गण्डक चोकदेखि मितेरी पुलसम्मको मुख्य सडक राष्ट्रिय राजमार्गको…

    पहिलो

    बेइजिङ हाफ म्याराथनमा रोबोर्टको किर्तिमान

    • April 20, 2026
    • 1 views
    बेइजिङ हाफ म्याराथनमा रोबोर्टको किर्तिमान

    अमेरिकाको लुइसियानामा गोलीकाण्ड: ८ बालबालिकासहित १० जनाको मृत्यु

    • April 20, 2026
    • 10 views
    अमेरिकाको लुइसियानामा गोलीकाण्ड: ८ बालबालिकासहित १० जनाको मृत्यु

    सीमामा सयभन्दा बढी मूल्यका घरायसी सामानमा भन्सार शुल्क लगाइएकोमा काँग्रेसको आपत्ति

    • April 20, 2026
    • 12 views
    सीमामा सयभन्दा बढी मूल्यका घरायसी सामानमा भन्सार शुल्क लगाइएकोमा काँग्रेसको आपत्ति

    प्रधानमन्त्री बालेनले विश्वविद्यालय र प्रतिष्ठानका उपकुलपतिहरूसँग छलफल गर्दै

    • April 20, 2026
    • 14 views
    प्रधानमन्त्री बालेनले विश्वविद्यालय र प्रतिष्ठानका उपकुलपतिहरूसँग छलफल गर्दै

    सरकारी कर्मचारीलाई १५ दिनमै तलब दिइने

    • April 20, 2026
    • 14 views
    सरकारी कर्मचारीलाई १५ दिनमै तलब दिइने

    आर्सनलमाथि म्यानचेस्टर सिटीको महत्वपूर्ण जित

    • April 20, 2026
    • 7 views
    आर्सनलमाथि म्यानचेस्टर सिटीको महत्वपूर्ण जित