‘प्रदेशलाई आत्मनिर्भर बनाउने विषय प्राथमिकतामा’

गण्डकी, २८ असार : गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले प्रदेशलाई आत्मनिर्भर बनाउने विषय प्राथमिकतामा रहेको बताउनुुभएको छ ।

गण्डकी प्रदेश नीति तथा योजना आयोगद्वारा दोस्रो पञ्चवर्षीय योजना (२०८१/८२–२०८५/८६) को मस्यौदा छलफल सम्बन्धमा आयोजित प्रदेश विकास परिषद् बैठकको अध्यक्षता गर्दै उहाँले आत्मनिर्भर र समुन्नत प्रदेश बनाउने सोचका साथ सरकार अघि बढ्ने बताउनुुभयो । प्रदेश स्थापनाको छ वर्ष भइसकेका अवस्थामा यसको औचित्यबारे प्रश्न उठेको बताउँदै उहाँले कामबाट जवाफ दिनुुपर्ने आवश्यकता औँल्याउनुुभयो । सङ्घसँगको परनिर्भरता घटाउँदै प्रदेशलाई आत्मनिर्भर बनाउने सोचका साथ अघि बढ्नुु जरुरी भएको उहाँको भनाइ थियो । उहाँले उत्पादनमा जोड दिनुुपर्ने बताउनुुभयो । प्रदेशको आत्मनिर्भरता बढाउन र बढ्दो बसाइँसराइ घटाउन युवाको विदेश पलायनलाई रोक्ने किसिमका कार्यक्रम अघि बढाइने उहाँले उल्लेख गर्नुभयो । लामो समयको प्रयासपछि प्रदेशको दोस्रो पञ्चवर्षीय योजनाको मस्यौदा तयार भएको बताउँदै उहाँले सम्बद्ध सबै पक्षबाट प्राप्त सकारात्मक सुुझावलाई आत्मसात् गरिने बताउनुुभयो । गण्डकी प्रदेशका आर्थिक मामिलामन्त्री डा टकराज गुुरुङले योजना तथा कार्यक्रममार्फत जनताका अपेक्षा पूरा गर्ने किसिमले अघि बढ्नुु जरुरी रहेको बताउनुुभयो । गण्डकी प्रदेश नेपाल कम्युनिष्ट पार्टी (एमाले) संसदीय दलका नेता खगराज अधिकारीले उत्पादन वृद्धि र रोजगारी सृजना गर्ने किसिमका कार्यक्रम आवश्यक रहेकामा जोड दिनुुभयो । राष्ट्रिय प्रजातन्त्र पार्टी संसदीय दलका नेता पञ्चराम गुरुङले जीवनोपयोगी व्यावहारिक शिक्षालाई प्राथमिकतामा राख्नुुपर्ने बताउनुुभयो । नीति तथा योजना आयोग गण्डकी प्रदेशका उपाध्यक्ष डा कृष्णचन्द्र देवकोटाले सम्बद्ध सबै पक्षसँग विभिन्न चरणमा छलफल गरी दोस्रो पञ्चवर्षीय योजनाको मस्यौदा तयार गरिएको बताउनुुभयो । कार्यक्रममा नीति तथा योजना आयोग गण्डकी प्रदेशका सदस्य माया तिमल्सिना, गाउँपालिका महासङ्घ गण्डकी प्रदेशका अध्यक्ष नवराज ओझा, पोखरा उद्योग वाणिज्य सङ्घका अध्यक्ष पवनकुुमार प्रजापतिलगायतले योजना कार्यान्वयमा जोड दिनुुभएको थियो ।

कार्यक्रममा विभिन्न पाँचवटा विषय क्षेत्र समूह विभाजन गरी ती समूहबाट प्राप्त छलफल तथा सुुझाव सङ्कलन गरी प्रस्तुुति गरिएको थियो ।

  • Related Posts

    सशस्त्र प्रहरी वल, नेपाल पर्सा द्वारा लाखौं मूल्य बराबरको प्रतिवन्धित ब्रोईलर कुखुराको चल्ला नष्ट-

    दीपेन्द्र प्रजापति/कालो झोला । बीरगंज, २७ जेठ । सशस्त्र प्रहरी बल नेपाल नं. १३ गण मुख्यालय, पर्सा ले विशेष सूचनाको आधारमा बुधबार बिहान करिब ०७:०० बजेको समयमा पर्सा जिल्लाको बिन्दबासिनी…

    नेशनल मेडिकल कलेज र कृषि अनुसन्धान निर्देशनालय, मधेश प्रदेश बीच स्वास्थ्य सेवा सहकार्य सम्झौता सम्पन्न-

    दीपेन्द्र प्रजापति/कालो झोला । वीरगञ्ज, २५ जेठ । नेशनल मेडिकल कलेज प्रा.लि., वीरगञ्ज र कृषि अनुसन्धान निर्देशनालय, मधेश प्रदेश, परवानीपुरबीच स्वास्थ्य सेवा सहकार्य सम्बन्धी सम्झौता सम्पन्न भएको छ । सम्झौतापत्रमा…

    पहिलो

    सशस्त्र प्रहरी वल, नेपाल पर्सा द्वारा लाखौं मूल्य बराबरको प्रतिवन्धित ब्रोईलर कुखुराको चल्ला नष्ट-

    • June 10, 2026
    • 68 views
    सशस्त्र प्रहरी वल, नेपाल पर्सा द्वारा लाखौं मूल्य बराबरको प्रतिवन्धित ब्रोईलर कुखुराको चल्ला नष्ट-

    नेशनल मेडिकल कलेज र कृषि अनुसन्धान निर्देशनालय, मधेश प्रदेश बीच स्वास्थ्य सेवा सहकार्य सम्झौता सम्पन्न-

    • June 8, 2026
    • 109 views
    नेशनल मेडिकल कलेज र कृषि अनुसन्धान निर्देशनालय, मधेश प्रदेश बीच स्वास्थ्य सेवा सहकार्य सम्झौता सम्पन्न-

    देशभर सवारी दुर्घटनामा एक जनाको मृत्यु, १३४ घाइते

    • June 8, 2026
    • 41 views
    देशभर सवारी दुर्घटनामा एक जनाको मृत्यु, १३४ घाइते

    रोटरी क्लब अफ माउन्ट एभरेष्ट ललितपुर द्वारा एकदिने मानसिक स्वास्थ्य सचेतना शिविर सञ्चालन

    • June 8, 2026
    • 65 views

    भूकम्पमा मृत्यु हुनेको संख्या १५ पुग्यो, १२९ जना घाइते

    • June 8, 2026
    • 46 views
    भूकम्पमा मृत्यु हुनेको संख्या १५ पुग्यो, १२९ जना घाइते

    इरानले फेरि प्रहार गर्यो इजराइलतर्फ मिसाइल

    • June 8, 2026
    • 48 views
    इरानले फेरि प्रहार गर्यो इजराइलतर्फ मिसाइल