जनकपुरमा एक वडा एक पोखरी निर्माण तथा सौन्दर्यीकरण गरिने

जनकपुरधाम, २८ असारः जनकपुर उपमहानगरपालिकाले प्रत्येक वडामा एक वडा एक पोखरी निर्माण तथा सौन्दर्यीकरण गर्ने नीति सार्वजनिक गरेको छ ।

उपमहानगरपालिकाको १२औँ नगरसभामा उपमहानगरपालिकाद्वारा आर्थिक वर्ष २०८१/८२ का लागि आज नीति तथा कार्यक्रम प्रस्तुत गरिएको थियो । जनकपुर उपमहानगरपालिकाका प्रमुख मनोजकुमार साहले प्रस्तुत गर्नुभएको नीति तथा कार्यक्रममा सडकमा पार्किङ व्यवस्था गर्ने, मैथिली भाषा साहित्य प्रवद्र्धनका लागि मिथिला सांस्कृतिक प्रतिष्ठान गठन गर्ने, एक वडा एक खेलको अवधारणाअनुसार खेलकुद पूर्वाधार निमार्ण गर्ने एवं प्रत्येक दुई वर्षमा बृहत् खेलकुद महोत्सव आयोजना गरिने र प्रत्येक वर्ष शैक्षिक मेलाको आयोजना गरिने उल्लेख गरिएको छ । साथै उपमहानगरपालिकाकाले रु ३० लाखसम्मको करदाताको सम्पत्ति करमा ३४ प्रतिशत छुट दिने, आर्थिक वर्षको पहिलो त्रैमासिकभित्र सम्पत्तिकर बुझाउने पुरुषलाई पाँच प्रतिशत तथा महिलालाई १० प्रतिशत छुट दिने तथा अनलाइनबाट कर तिर्ने प्रणाली स्थापना गर्ने नीति तथा कार्यक्रममा उल्लेख छ । सो नीति तथा कार्यक्रममा जनकपुरधामलाई सफा, स्वच्छ, सुन्दर तथा सुसंस्कृत बनाउने उद्देश्यसहित बृहत् सेनेटरी ल्यान्डफिल साइट स्थापना गरेर सञ्चालनमा ल्याइने र नगरभित्र विभिन्न स्थानका फोहर सङ्कलन केन्द्र राखिने बताइएको छ ।

लामखुटे नियन्त्रणका लागि विशेषज्ञहरुसँग सल्लाह गरेर अगाडि बढाइने पनि नीति तथा कार्यक्रममा उल्लेख गरिएको छ । सो नीति तथा कार्यक्रम सर्वसम्मतले पारित गरेको उपमहानगरपालिकाले जनाएको छ ।

  • Related Posts

    सुदूरपश्चिमले आर्मीलाई दियो १६२ रनको लक्ष्य

    काठमाडौँ । पीएम कपको फाइनलमा सुदूरपश्चिम प्रदेशले त्रिभुवन आर्मी क्लबलाई १६२ रनको लक्ष्य दिएको छ । पर्सामा जारी फाइनल खेलमा टस जितेर पहिला ब्याटिंग गरेको सुदूरपश्चिम प्रदेशले ३९.४ ओभरमा अल…

    विभिन्न देश पठाइदिन्छु भन्दै ठगी गर्ने चार जना पक्राउ

    काठमाडौं । वैदेशिक रोजगारीमा आकर्षक तलबको प्रलोभनमा पारी विभिन्न देश पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा ४ जनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा काठमाडौं महानगरपालिका-३२ बस्ने रौतहट घर…

    पहिलो

    सुदूरपश्चिमले आर्मीलाई दियो १६२ रनको लक्ष्य

    • April 17, 2026
    • 25 views
    सुदूरपश्चिमले आर्मीलाई दियो १६२ रनको लक्ष्य

    हेलिकप्टर दुर्घटना, ८ जनाको मृत्यु

    • April 17, 2026
    • 25 views
    हेलिकप्टर दुर्घटना, ८ जनाको मृत्यु

    विभिन्न देश पठाइदिन्छु भन्दै ठगी गर्ने चार जना पक्राउ

    • April 17, 2026
    • 26 views
    विभिन्न देश पठाइदिन्छु भन्दै ठगी गर्ने चार जना पक्राउ

    कार्की आयोगको प्रतिवेदन बारे काँग्रेसले निकाल्यो यस्तो निष्कर्ष

    • April 17, 2026
    • 14 views
    कार्की आयोगको प्रतिवेदन बारे काँग्रेसले निकाल्यो यस्तो निष्कर्ष

    काँग्रेसको आधिकारिकता विवादको रिटको सुनुवाई आज पनि

    • April 17, 2026
    • 28 views
    काँग्रेसको आधिकारिकता विवादको रिटको सुनुवाई आज पनि