अतिरुद्र विश्वकल्याण विराट महायज्ञ भृकुटीमण्डपमा सुरु हुँदै

काठमाडौँ । ‘अतिरुद्र विश्वकल्याण विराट महायज्ञ-२०८१’ बुधबारदेखि राजधानीको भृकुटीमण्डपमा सुरु हुँदैछ । नेपाल महर्षि वैदिक फाउण्डेसनले आयोजना गर्न लागेको उक्त महायज्ञमा करिब एक हजार पाँच सय कर्ता हुने छन् ।

फाउण्डेसनले देशमा दिगो शान्ति र विश्वकल्याणको कामना गर्दै गर्न लागेको महायज्ञ र वेद एवं आधुनिक विज्ञान दोस्रो महासम्मेलन यही कात्तिक २५ गतेसम्म चल्ने छ । महर्षि महेश योगी नेपाल भ्रमणको स्वर्णमहोत्सव तथा गुरुकुलमार्फत प्रतिदिन भइरहेको यज्ञको उद्यापनका सन्दर्भमा महायज्ञ आयोजना गरिएको महायज्ञ आयोजक मूल समितिले जनाएको छ ।

महायज्ञ भावातीत ध्यान एवं सिद्धि साधक एक हजार एक सय ११ आचार्य तथा बटुक पण्डितबाट गरिँदै छ । नेपालमा यसरी पहिलो पटक अतिरुद्र विश्वकल्याण विराट महायज्ञ गर्न लागिएको हो । महायज्ञबाट नेपालमा शान्ति र सद्भावना अभिवृद्धिमा मद्दत पुग्ने महायज्ञ मूल समारोह समितिका अध्यक्ष दीपकप्रकाश बाँस्कोटा बताउँछन् ।

“यज्ञ र योगलाई संसारभरमा शान्ति स्थापना गर्ने माध्यमका रूपमा अगाडि सारिएको छ । यसबाट नेपालसहित विश्वभर शान्ति, सद्भाव र भ्रातृत्व अभिवृद्धिमा मद्दत पुग्ने अपेक्षा गरेका छौँ”, उनले भने ।

फाउण्डेसनले २०७० सालदेखि देशभरका करिब एक सय वैदिक गुरुकुलमा भावातीत ध्यान एवं सिद्धि साधनासहित यज्ञ गर्दै आएको छ । यस पटकको महायज्ञमा स्वयं कर्ता बन्ने र कर्ताहरूको समूहले सामूहिक आयोजना गरेको राष्ट्रको समृद्धि दिगो शान्ति र विश्वकल्याणको पहिलो महायज्ञ भएको महायज्ञका सञ्चार विभाग प्रमुख समीक्षा बाँस्कोटाले बताए । महायज्ञ परिवार, समाज र राष्ट्रको पुण्य प्राप्तिका साथै राष्ट्रको समृद्धिका लागि अपरिहार्य भएको उनले बताए ।

यही कात्तिक २१ गते महर्षि महेश योगी नेपाल आगमनको स्वर्णमहोत्सव उद्घाटन तथा नेपालका मौलिक सांस्कृतिक झाँकी तथा एक सय आठ शङ्खघण्टसहित बिहान शोभायात्रा गरिनेछ । वैदिक ज्ञानमा नेपालले विश्वको नेतृत्व गर्न सक्छ भन्ने महर्षि महेश योगीको भनाइ रहेको छ ।

आधुनिक विज्ञान सम्मेलन हुने
महायज्ञकै दौरानमा यही कात्तिक २२ देखि २४ गतेसम्म वैदिक विज्ञान तथा आधुनिक विज्ञान दोस्रो सम्मेलन हुँदै छ । उक्त सम्मेलनमा विभिन्न देशबाट ७० भन्दा बढी विज्ञ एवं प्रतिनिधिको सहभागिता रहने आयोजकले जनाएको छ ।

यसैगरी, यही कात्तिक २१ देखि २५ गतेसम्म आठौँ प्रांगारीक कृषि मेला तथा प्रदर्शनीसमेत आयोजना गरिँदै छ । अर्ग्यानिक एसोसिएसन नेपाल र कञ्चनजंघ टी स्टेट एन्ड रिसर्च सेन्टर आयोजक रहेको उक्त मेलामा ५० भन्दा बढी अर्ग्यानिक तथा प्राकृतिक उत्पादनका कक्ष रहनेछन् ।

मेला संयोजक शान्ता बाँस्कोटा कोइरालाले नेपालको अर्ग्यानिक तथा प्राकृतिक कृषि उपजको राष्ट्रिय र अन्तर्राष्ट्रिय बजारीकरणमा मेलाबाट मद्दत पुग्ने बताए। उत्पादक र उपभोक्तालाई एउटै थलोमा ल्याउने उद्देश्यले मेला आयोजना गरिएको उनले बताए । मेलामा करिब रु. ३० लाख खर्च हुने र झन्डै रु एक करोडको कारोबार हुने अनुमान गरिएको छ ।

  • Related Posts

    गौरीघाटमा वृहत् निःशुल्क स्वास्थ्य शिविर तथा चियापान कार्यक्रम सम्पन्न

    –   मुनामदन सिलवाल काठमाडौँ, फागुन १५ गते । महाशिवरात्रीको पावन अवसरमा गौरीघाट सुधार समितिको आयोजनमा गौरीघाटदेखि उमाकुण्ड हुँदै दक्षिणामूर्ति गोल्डेन गेटसम्मको रुट नं.–१को लाईन उत्तरढोका) सम्मको पशुपतिक्षेत्र विकास कोष स्वयम्…

    सुनको मूल्य उचाईमा, कतिमा हुँदैछ कारोबार ?

    फागुन १३ गते, मंगलबार, नेपाली बजारमा सुनको मूल्य ऐतिहासिक उचाईमा पुगेको छ । यस दिन सुनको मूल्य प्रतितोला ५०० रुपैयाँ बढेर नयाँ रेकर्ड कायम गरेको हो । नेपाल सुनचाँदी व्यवसायी…

    पहिलो

    विश्व मुख स्वास्थ्य दिवसको अवसरमा नेशनल मेडिकल कलेजमा सचेतना कार्यक्रम-

    • March 20, 2025
    • 15 views
    विश्व मुख स्वास्थ्य दिवसको अवसरमा नेशनल मेडिकल कलेजमा सचेतना कार्यक्रम-

    ड्राइपोर्ट बगही जोड्ने सडकमा कल्भर्ट निर्माण सुरु-

    • March 19, 2025
    • 23 views
    ड्राइपोर्ट बगही जोड्ने सडकमा कल्भर्ट निर्माण सुरु-

    सर्वोच्चको फैसला कार्यान्वयन सुरु : वीरगंजको मुख्य सडक विस्तारका लागि सार्वजनिक कार्यालयका संरचना तत्काल हटाउने निर्णय-

    • March 18, 2025
    • 48 views
    सर्वोच्चको फैसला कार्यान्वयन सुरु : वीरगंजको मुख्य सडक विस्तारका लागि सार्वजनिक कार्यालयका संरचना तत्काल हटाउने निर्णय-

    बी. ओ. पी. ड्राई पोर्ट द्वारा करिब सवा क्विन्टल तैयारी कुखुरा नष्ट-

    • March 15, 2025
    • 75 views
    बी. ओ. पी. ड्राई पोर्ट द्वारा करिब सवा क्विन्टल तैयारी कुखुरा नष्ट-

    नेशनल मेडिकल कलेजमा पनि होली मिलन कार्यक्रमको आयोजना-

    • March 12, 2025
    • 39 views
    नेशनल मेडिकल कलेजमा पनि होली मिलन कार्यक्रमको आयोजना-

    को-अपरेटिभ म्यानेजर्स क्लब द्वारा होली मिलन कार्यक्रम सम्पन्न-

    • March 11, 2025
    • 34 views
    को-अपरेटिभ म्यानेजर्स क्लब द्वारा होली मिलन कार्यक्रम सम्पन्न-