अतिरुद्र विश्वकल्याण विराट महायज्ञ भृकुटीमण्डपमा सुरु हुँदै

काठमाडौँ । ‘अतिरुद्र विश्वकल्याण विराट महायज्ञ-२०८१’ बुधबारदेखि राजधानीको भृकुटीमण्डपमा सुरु हुँदैछ । नेपाल महर्षि वैदिक फाउण्डेसनले आयोजना गर्न लागेको उक्त महायज्ञमा करिब एक हजार पाँच सय कर्ता हुने छन् ।

फाउण्डेसनले देशमा दिगो शान्ति र विश्वकल्याणको कामना गर्दै गर्न लागेको महायज्ञ र वेद एवं आधुनिक विज्ञान दोस्रो महासम्मेलन यही कात्तिक २५ गतेसम्म चल्ने छ । महर्षि महेश योगी नेपाल भ्रमणको स्वर्णमहोत्सव तथा गुरुकुलमार्फत प्रतिदिन भइरहेको यज्ञको उद्यापनका सन्दर्भमा महायज्ञ आयोजना गरिएको महायज्ञ आयोजक मूल समितिले जनाएको छ ।

महायज्ञ भावातीत ध्यान एवं सिद्धि साधक एक हजार एक सय ११ आचार्य तथा बटुक पण्डितबाट गरिँदै छ । नेपालमा यसरी पहिलो पटक अतिरुद्र विश्वकल्याण विराट महायज्ञ गर्न लागिएको हो । महायज्ञबाट नेपालमा शान्ति र सद्भावना अभिवृद्धिमा मद्दत पुग्ने महायज्ञ मूल समारोह समितिका अध्यक्ष दीपकप्रकाश बाँस्कोटा बताउँछन् ।

“यज्ञ र योगलाई संसारभरमा शान्ति स्थापना गर्ने माध्यमका रूपमा अगाडि सारिएको छ । यसबाट नेपालसहित विश्वभर शान्ति, सद्भाव र भ्रातृत्व अभिवृद्धिमा मद्दत पुग्ने अपेक्षा गरेका छौँ”, उनले भने ।

फाउण्डेसनले २०७० सालदेखि देशभरका करिब एक सय वैदिक गुरुकुलमा भावातीत ध्यान एवं सिद्धि साधनासहित यज्ञ गर्दै आएको छ । यस पटकको महायज्ञमा स्वयं कर्ता बन्ने र कर्ताहरूको समूहले सामूहिक आयोजना गरेको राष्ट्रको समृद्धि दिगो शान्ति र विश्वकल्याणको पहिलो महायज्ञ भएको महायज्ञका सञ्चार विभाग प्रमुख समीक्षा बाँस्कोटाले बताए । महायज्ञ परिवार, समाज र राष्ट्रको पुण्य प्राप्तिका साथै राष्ट्रको समृद्धिका लागि अपरिहार्य भएको उनले बताए ।

यही कात्तिक २१ गते महर्षि महेश योगी नेपाल आगमनको स्वर्णमहोत्सव उद्घाटन तथा नेपालका मौलिक सांस्कृतिक झाँकी तथा एक सय आठ शङ्खघण्टसहित बिहान शोभायात्रा गरिनेछ । वैदिक ज्ञानमा नेपालले विश्वको नेतृत्व गर्न सक्छ भन्ने महर्षि महेश योगीको भनाइ रहेको छ ।

आधुनिक विज्ञान सम्मेलन हुने
महायज्ञकै दौरानमा यही कात्तिक २२ देखि २४ गतेसम्म वैदिक विज्ञान तथा आधुनिक विज्ञान दोस्रो सम्मेलन हुँदै छ । उक्त सम्मेलनमा विभिन्न देशबाट ७० भन्दा बढी विज्ञ एवं प्रतिनिधिको सहभागिता रहने आयोजकले जनाएको छ ।

यसैगरी, यही कात्तिक २१ देखि २५ गतेसम्म आठौँ प्रांगारीक कृषि मेला तथा प्रदर्शनीसमेत आयोजना गरिँदै छ । अर्ग्यानिक एसोसिएसन नेपाल र कञ्चनजंघ टी स्टेट एन्ड रिसर्च सेन्टर आयोजक रहेको उक्त मेलामा ५० भन्दा बढी अर्ग्यानिक तथा प्राकृतिक उत्पादनका कक्ष रहनेछन् ।

मेला संयोजक शान्ता बाँस्कोटा कोइरालाले नेपालको अर्ग्यानिक तथा प्राकृतिक कृषि उपजको राष्ट्रिय र अन्तर्राष्ट्रिय बजारीकरणमा मेलाबाट मद्दत पुग्ने बताए। उत्पादक र उपभोक्तालाई एउटै थलोमा ल्याउने उद्देश्यले मेला आयोजना गरिएको उनले बताए । मेलामा करिब रु. ३० लाख खर्च हुने र झन्डै रु एक करोडको कारोबार हुने अनुमान गरिएको छ ।

  • Related Posts

    देशभर सवारी दुर्घटनामा एक जनाको मृत्यु, १३४ घाइते

    काठमाडौँ । पछिल्लो २४ घण्टामा देशका विभिन्न स्थानमा भएका सवारी दुर्घटनामा एक जनाको मृत्यु भएको छ । नेपाल प्रहरीले दिएको जानकारी अनुसार दुर्घटनामा कोशी प्रदेशमा एक जनाको मृत्यु भएको छ…

    रोटरी क्लब अफ माउन्ट एभरेष्ट ललितपुर द्वारा एकदिने मानसिक स्वास्थ्य सचेतना शिविर सञ्चालन

    ललितपुरको खोकनास्थित श्री रुद्रायणी माध्यमिक विद्यालय परिसरमा रोटरी क्लब अफ माउन्ट एभरेष्ट ललितपुरले एकदिने मानसिक स्वास्थ्य सचेतना शिविर सञ्चालन गरेको छ। समाज रूपान्तरणका लागि विभिन्न सामाजिक तथा जनचेतनामूलक कार्यक्रम गर्दै…

    पहिलो

    बीरगंज महानगरपालिकाको २० औं अधिवेशन भव्य रूपमा सम्पन्न, ४ अर्ब ४२ करोड ३४ लाख ६९ हजार रुपैयाँको अनुमानित बजेट प्रस्तुत-

    • June 24, 2026
    • 58 views
    बीरगंज महानगरपालिकाको २० औं अधिवेशन भव्य रूपमा सम्पन्न, ४ अर्ब ४२ करोड ३४ लाख ६९ हजार रुपैयाँको अनुमानित बजेट प्रस्तुत-

    सशस्त्र प्रहरी वल नेपाल, पर्सा द्वारा मुल्य रु. २५ लाख भन्दा बढीको पिकअप सहित चौपाया तथा अन्य सामानहरु बरामद-

    • June 24, 2026
    • 43 views
    सशस्त्र प्रहरी वल नेपाल, पर्सा द्वारा मुल्य रु. २५ लाख भन्दा बढीको पिकअप सहित चौपाया तथा अन्य सामानहरु बरामद-

    परोहा नगरपालिकाको १० औँ नगरसभा भव्य रूपमा सम्पन्न, ४९ करोड ६८ लाख ९७ हजार रुपैयाँको बजेट प्रस्तुत-

    • June 24, 2026
    • 65 views
    परोहा नगरपालिकाको १० औँ नगरसभा भव्य रूपमा सम्पन्न, ४९ करोड ६८ लाख ९७ हजार रुपैयाँको बजेट प्रस्तुत-

    पर्सा प्रहरी द्वारा प्रतिबन्धित लागु औषध सहित ट्रक र चालक नियन्त्रण-

    • June 23, 2026
    • 74 views
    पर्सा प्रहरी द्वारा प्रतिबन्धित लागु औषध सहित ट्रक र चालक नियन्त्रण-

    सद्भावका लागि योग भने मूल नाराको साथ १२ औं अन्तर्राष्ट्रिय योग दिवस भारतको महावाणिज्य दूतावास, बीरगंज द्वारा मनाईयो-

    • June 21, 2026
    • 111 views
    सद्भावका लागि योग भने मूल नाराको साथ १२ औं अन्तर्राष्ट्रिय योग दिवस भारतको महावाणिज्य दूतावास, बीरगंज द्वारा मनाईयो-

    कार्यवाहक नगर प्रमुख आलम द्वारा वडा सदस्यहरू संग अन्तरक्रिया-

    • June 21, 2026
    • 95 views
    कार्यवाहक नगर प्रमुख आलम द्वारा वडा सदस्यहरू संग अन्तरक्रिया-