नयाँ बसपार्कमा जथाभावी पार्किङ अन्त्य गर्न महानगरको कडाई-

दीपेन्द्र प्रजापति/कालो झोला ।

वीरगंज, २४ बैशाख । वीरगंज महानगरपालिकाले नयाँ बसपार्क क्षेत्रमा फैलिएको जथाभावी पार्किङलाई व्यवस्थित गर्न कडाइका साथ अभियान सुरु गरेको छ । पछिल्लो समय बस, सुमो तथा अन्य सार्वजनिक सवारीसाधनहरू मनपरी रूपमा पार्किङ गरिँदा बसपार्क अस्तव्यस्त बन्न थालेको गुनासो आम नागरिक तथा यात्रुहरूबाट आएको थियो ।

पार्किङ अव्यवस्थाले यात्रुहरूलाई आवतजावतमा अप्ठ्यारो हुने, ट्राफिक जाम सिर्जना हुने र सार्वजनिक स्थानमा अव्यवस्था बढ्ने जस्ता समस्या देखिन थालेपछि महानगरले टोली परिचालन गरी व्यवस्थापनको पहल थालेको हो ।महानगरपालिकाको टोलीले लामो समयदेखि संचालनमा नरहेका र बेवारिसे रूपमा बसपार्कमै छाडिएका दुई वटा बसहरूलाई क्रेनमार्फत डोरीले तानेर हटाएको छ । ती बसहरू कुनै चालक वा सवारीधनीको सम्पर्कबिना बसपार्कमै थन्क्याइएको अवस्थामा थिए ।

यसरी सवारी साधनहरू छाडेर बेवास्ता गर्नेलाई कारबाही गर्ने चेतावनी पनि महानगरले दिएको छ । महानगर प्रमुख राजेशमान सिंहले बसपार्क सार्वजनिक सम्पत्ति भएकाले यसलाई व्यवस्थित, सुरक्षित र यात्रु–मैत्री बनाउने दायित्व महानगरले लिएको स्पष्ट पार्नुभयो । उहाँले बसपार्कको संचालनमा संलग्न साझेदार संस्थालाई आवश्यक निर्देशन दिँदै सवारी साधनहरू निश्चित स्थानमा मात्र पार्किङ गर्न र अव्यवस्थित रूपमा गाडी नछोड्न अनुरोध गर्नुभएको छ ।

यसै गरी बसपार्कको सरसफाइमा पनि विशेष ध्यान दिइएको छ । फोहोरमैला व्यवस्थापनदेखि दैनिक सरसफाइसम्मका कामलाई थप प्रभावकारी बनाउन महानगरले सरसफाइ कर्मचारी तथा निगरानी टोली परिचालन गरेको छ । यात्रुहरूको सुविधा, स्वास्थ्य र सुरक्षालाई प्राथमिकता दिँदै सार्वजनिक स्थानमा स्वच्छता कायम राख्न महानगर प्रतिबद्ध रहेको सरसफाई तथा हरियाली संयोजक प्रकाश खेतानले बताउनुभयो । उहाँका अनुसार यो अभियानलाई एक दिने क्रियाकलापको रूपमा नभई निरन्तर चलाइनेछ ।

  • Bishnu Timalsina

    Related Posts

    वीरगन्ज महानगरको आ.ब. २०८२/०८३ का लागि ३ अर्ब २२ करोड बजेट बिनियोजन-

    दीपेन्द्र प्रजापति / कालो झोला । वीरगन्ज, ०९ असार । बीरगंज महानगरपालिकाले आगामी आर्थिक वर्ष २०८२/०८३ का लागि ३ अर्ब २२ करोड ४८ लाख ४९ हजार रुपैयाँको अनुमानित बजेट ल्याएको…

    ११ औं अन्तर्राष्ट्रिय योग दिवस मनाउने क्रममा भारतको महावाणिज्य दूतावास द्वारा बीरगंजमा आयोजना-

    दीपेन्द्र प्रजापति/कालो झोला । बीरगंज, ०७ असार । ११औं अन्तर्राष्ट्रिय योग दिवस मनाउने क्रममा, भारतको महावाणिज्य दूतावास, बीरगंज (नेपाल) द्वारा २१ जुन २०२५ मा नेपालको प्रवेश द्वार पर्सा जिल्लाको बीरगंज…

    पहिलो

    वीरगन्ज महानगरको आ.ब. २०८२/०८३ का लागि ३ अर्ब २२ करोड बजेट बिनियोजन-

    • June 23, 2025
    • 36 views
    वीरगन्ज महानगरको आ.ब. २०८२/०८३ का लागि ३ अर्ब २२ करोड बजेट बिनियोजन-

    ११ औं अन्तर्राष्ट्रिय योग दिवस मनाउने क्रममा भारतको महावाणिज्य दूतावास द्वारा बीरगंजमा आयोजना-

    • June 21, 2025
    • 49 views
    ११ औं अन्तर्राष्ट्रिय योग दिवस मनाउने क्रममा भारतको महावाणिज्य दूतावास द्वारा बीरगंजमा आयोजना-

    नेपालका लागि बंगलादेशका राजदूत मोहम्मद शफिकर रहमानलाई घोषणा पत्र हस्तान्तरण-

    • June 20, 2025
    • 116 views
    नेपालका लागि बंगलादेशका राजदूत मोहम्मद शफिकर रहमानलाई घोषणा पत्र हस्तान्तरण-

    सात बुँदे काठमाडौँ घोषणापत्र जारी गर्दै मातृ भाषा पत्रकारहरूको दुई दिने अन्तर्राष्ट्रिय सम्मेलन सम्पन्न-

    • June 16, 2025
    • 156 views
    सात बुँदे काठमाडौँ घोषणापत्र जारी गर्दै मातृ भाषा पत्रकारहरूको दुई दिने अन्तर्राष्ट्रिय सम्मेलन सम्पन्न-

    ११ औं अन्तर्राष्ट्रिय योग दिवस मनाउने क्रममा भारतको महावाणिज्य दूतावास द्वारा आज पहिलो दिन चितवनमा-

    • June 16, 2025
    • 95 views
    ११ औं अन्तर्राष्ट्रिय योग दिवस मनाउने क्रममा भारतको महावाणिज्य दूतावास द्वारा आज पहिलो दिन चितवनमा-

    प्रादेशिक अस्पताल गौर दोस्रो पटक पनि मधेश प्रदेशमा प्रथम स्थानमा-

    • June 16, 2025
    • 142 views
    प्रादेशिक अस्पताल गौर दोस्रो पटक पनि मधेश प्रदेशमा प्रथम स्थानमा-