नेशनल मेडिकल कलेजमा सप्ताहव्यापी खेलकुद कार्यक्रम शुभारम्भ-

दीपेन्द्र प्रजापति/कालो झोला ।

वीरगञ्ज, ०८ फागुन । वीरगञ्ज स्थित नेशनल मेडिकल कलेजले आज बाट आफ्नो वार्षिक सप्ताहव्यापी खेलकुद कार्यक्रमको शुभारम्भ गरेको छ । कलेजले फागुन ०८ गते देखि १५ गते सम्म सप्ताव्यापी खेलकुद कार्यक्रमको आयोजना गरेको हो ।

कलेजको आफ्नै फिल्डमा आयोजित यो कार्यक्रमको उद्घाटन गर्दै कलेजका प्रबन्ध निर्देशक शाहनवाज अंसारीले खेलकुदको महत्वलाई जोड दिँदै विद्यार्थीहरूमा अनुशासन, सहकार्य र स्वास्थ जीवनशैलीको विकास हुने विश्वास व्यक्त गरेका छन् ।

यस प्रतियोगितामा फुटबल, भलिबल, क्रिकेट, टेवलटेनिस, ब्याडमिन्टन, बास्केटबल, बुद्धिचाल (चेस) जस्ता खेलहरू समावेश गरिएको छ । कलेजका भाइस प्रिन्सिपल डा. रविशंकर गुप्ताले खेलकुद कार्यक्रमको उद्देश्य विद्यार्थीहरूलाई स्वास्थ्यप्रति जागरूकता र अनुशासन सिकाइ रहेको बताए ।

सप्ताहव्यापी खेलकुद कार्यक्रममा एमबिबिएस, बिडिएस, बीएमएलटी, बीएमआईटी र नर्सिङका विद्यार्थीहरूको सहभागिता रहेको छ ।कलेजका प्रिन्सिपल डा. के ऐन सिंहको अध्यक्षतामा सो कार्यक्रममा नेशनल मेडिकल कलेजका एकेडेमी डाइरेक्टर डा. नुसरत जहाँ अंसारी, एडमिसन एवं मार्केटिङ डाइरेक्टर आबिद हुसैन अंसारी, हस्पिटल डाइरेक्टर डा. इसरत जहाँ अंसारी, डाइरेक्टर डा. रुबी अस्मिन्, मेडिकल एजुकेशनका डाइरेक्टर प्रो. डा. ए.के. कौशी, डेन्टलका भइस प्रिन्सिपल प्रो. डा. सरोज देव, नर्सिङका डाइरेक्टर प्रो. गंगा गुरुङ, नर्सिङका भइस प्रिन्सिपल प्रो. डा. बबिता सिंह लगायतका विद्यार्थीहरूको उपस्थिति रहेको थियो ।

समापन समारोहमा विजेताहरूलाई पुरस्कार र प्रमाणपत्र प्रदान गरिने कलेजका प्रेस सलाहकार आशिक अंसारीले जानकारी दिएका छन् ।

  • Bishnu Timalsina

    Related Posts

    वीरगन्ज महानगरको आ.ब. २०८२/०८३ का लागि ३ अर्ब २२ करोड बजेट बिनियोजन-

    दीपेन्द्र प्रजापति / कालो झोला । वीरगन्ज, ०९ असार । बीरगंज महानगरपालिकाले आगामी आर्थिक वर्ष २०८२/०८३ का लागि ३ अर्ब २२ करोड ४८ लाख ४९ हजार रुपैयाँको अनुमानित बजेट ल्याएको…

    ११ औं अन्तर्राष्ट्रिय योग दिवस मनाउने क्रममा भारतको महावाणिज्य दूतावास द्वारा बीरगंजमा आयोजना-

    दीपेन्द्र प्रजापति/कालो झोला । बीरगंज, ०७ असार । ११औं अन्तर्राष्ट्रिय योग दिवस मनाउने क्रममा, भारतको महावाणिज्य दूतावास, बीरगंज (नेपाल) द्वारा २१ जुन २०२५ मा नेपालको प्रवेश द्वार पर्सा जिल्लाको बीरगंज…

    पहिलो

    विनियोजन विधेयक प्रतिनिधिसभाबाट पारित

    • June 24, 2025
    • 8 views
    विनियोजन विधेयक प्रतिनिधिसभाबाट पारित

    वीरगन्ज महानगरको आ.ब. २०८२/०८३ का लागि ३ अर्ब २२ करोड बजेट बिनियोजन-

    • June 23, 2025
    • 96 views
    वीरगन्ज महानगरको आ.ब. २०८२/०८३ का लागि ३ अर्ब २२ करोड बजेट बिनियोजन-

    ११ औं अन्तर्राष्ट्रिय योग दिवस मनाउने क्रममा भारतको महावाणिज्य दूतावास द्वारा बीरगंजमा आयोजना-

    • June 21, 2025
    • 56 views
    ११ औं अन्तर्राष्ट्रिय योग दिवस मनाउने क्रममा भारतको महावाणिज्य दूतावास द्वारा बीरगंजमा आयोजना-

    नेपालका लागि बंगलादेशका राजदूत मोहम्मद शफिकर रहमानलाई घोषणा पत्र हस्तान्तरण-

    • June 20, 2025
    • 121 views
    नेपालका लागि बंगलादेशका राजदूत मोहम्मद शफिकर रहमानलाई घोषणा पत्र हस्तान्तरण-

    सात बुँदे काठमाडौँ घोषणापत्र जारी गर्दै मातृ भाषा पत्रकारहरूको दुई दिने अन्तर्राष्ट्रिय सम्मेलन सम्पन्न-

    • June 16, 2025
    • 161 views
    सात बुँदे काठमाडौँ घोषणापत्र जारी गर्दै मातृ भाषा पत्रकारहरूको दुई दिने अन्तर्राष्ट्रिय सम्मेलन सम्पन्न-

    ११ औं अन्तर्राष्ट्रिय योग दिवस मनाउने क्रममा भारतको महावाणिज्य दूतावास द्वारा आज पहिलो दिन चितवनमा-

    • June 16, 2025
    • 102 views
    ११ औं अन्तर्राष्ट्रिय योग दिवस मनाउने क्रममा भारतको महावाणिज्य दूतावास द्वारा आज पहिलो दिन चितवनमा-