बिमा बोर्डका अध्यक्ष लोहनीले दिए राजीनामा

काठमाडौं ।

स्वास्थ्य बिमा बोर्डका अध्यक्ष डा गुणराज लोहनीले पदबाट राजीनामा दिएका छन् । आज दिउँसो स्वास्थ्य तथा जनसंख्या मन्त्रालयमा उनले राजीनामा पत्र दर्ता गराएका हुन् ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका पूर्व अतिरिक्त स्वास्थ्य सचिव समेत रहेका डा. लोहनीलाई १३ मंसिर २०८० मा बसेको मन्त्रिपरिषद् बैठकले बीमा बोर्डको अध्यक्षमा नियुक्त गरेको थियो । ‘मन्त्रालयमा राजीनामा पत्र दर्ता गराएको छु,’ छोटो प्रतिक्रिया दिने क्रममा उनले भने, ‘आफूले सोचे जस्तो भएन ।’

स्वास्थ्य बिमा कार्यक्रम देश व्यापी भए पनि राम्ररी सञ्चालन हुन सकेको छैन । बिमा कार्यक्रमबारे गुनासाहरु आइरहँदा अध्यक्षको राजीनामालाई अर्थपूर्ण रुपमा हेरिएको छ ।

सरकारले स्वास्थ्य बीमालाई हल्का लिएको बीमाको ठूलो रकम तीर्न समस्या आएको विषयमा सरकारले आवश्यकता अनुसार नसघाएका कारण बमा योजनाका बिज्ञ चिकित्सक डा. लोहनीले राजीनामा दिनुपर्ने अवस्था आएको वोर्डका एक सदस्यले जानकारी गराए ।

  • Related Posts

    पूर्व न्यायाधीशको निधनपछि आज सर्वोच्चको इजलास नबस्ने

    काठमाडौँ । सर्वोच्च अदालतका पूर्वन्यायाधीश हरगोविन्द सिंह प्रधानको निधन भएको छ। ९७ वर्षको उमेरमा बुधबार प्रधानको निधन भएकाले आज सर्वोच्चको इजलास नबस्ने भएको छ ।  सर्वोच्चले सुचनामा भनेको छ- ‘…

    कक्षा १२ को परीक्षाको प्रश्नपत्र आउट गर्ने दुई जना पक्राउ

    काठमाडौं । कक्षा १२ को परीक्षाको प्रश्नपत्र सामाजिक सञ्जालमार्फत उत्तरसहित सार्वजनिक गर्ने कार्यमा संलग्न थप दुई जना पक्राउ परेका छन्। राष्ट्रिय परीक्षा बोर्डद्वारा सञ्चालित कक्षा १२ को परीक्षाको ‘म्यानेजमेन्ट ओन्ली’…

    पहिलो

    पूर्व न्यायाधीशको निधनपछि आज सर्वोच्चको इजलास नबस्ने

    • May 21, 2026
    • 19 views
    पूर्व न्यायाधीशको निधनपछि आज सर्वोच्चको इजलास नबस्ने

    विगो भरि भराउ मुद्दाका फरार दुई जना प्रतिवादी पक्राउ-

    • May 20, 2026
    • 36 views

    नेपालको मधेश प्रदेशको सप्तरी जिल्लामा उच्च प्रभाव सामुदायिक विकास परियोजना (HICDP) को उद्घाटन-

    • May 20, 2026
    • 44 views
    नेपालको मधेश प्रदेशको सप्तरी जिल्लामा उच्च प्रभाव सामुदायिक विकास परियोजना (HICDP) को उद्घाटन-

    मोटर साईकल चोरीमा संलग्न एक व्यक्ति पक्राउ-

    • May 20, 2026
    • 35 views
    मोटर साईकल चोरीमा संलग्न एक व्यक्ति पक्राउ-

    सशस्त्र प्रहरी बल द्वारा जल उत्पन्न विपद् उद्धार सम्बन्धी सेमुलेशन अभ्यास सम्पन्न-

    • May 20, 2026
    • 52 views
    सशस्त्र प्रहरी बल द्वारा जल उत्पन्न विपद् उद्धार सम्बन्धी सेमुलेशन अभ्यास सम्पन्न-

    विधुतीय अपराध सम्बन्धि कसूरमा पर्सा बाट दुर्गा प्रसाईं पक्राउ-

    • May 19, 2026
    • 83 views
    विधुतीय अपराध सम्बन्धि कसूरमा पर्सा बाट दुर्गा प्रसाईं पक्राउ-