भुटानी राजा जिग्मे आज काठमाडौँ आउँदै

काठमाडौँ । भुटानी राजा जिग्मे खेसार नाम्ग्याल वाङचुक आज काठमाडौँ आउँदैछन् । उनी निजी भ्रमणको सिलसिलामा आज बिहान काठमाडौँ आउन लागेका हुन् ।

भारत भ्रमणमा रहेका उनी आफ्नो देश फर्किने क्रममा नेपालमा ट्रान्जिट गर्ने भएका हुन्। चार–पाँच घण्टाको सो ट्रान्जिटका अवसरमा राजा जिग्मेले स्वयम्भू र बौद्धको दर्शन गर्ने बताइएको छ ।

प्रहरी स्रोतका अनुसार बिहान ९:५० बजेतिर नेपाल आइपुग्ने राजा सिग्मे एयरपोर्टबाट सिधै स्वयम्भूको दर्शनका लागि जाने बताइएको छ । उनी स्वयम्भूबाट दर्शनका लागि बौद्ध जाने बताइएको छ ।

दुवै ठाउँको दर्शनपछि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल आएर आफ्नो देश भुटान फर्किने कार्यक्रम रहेको स्रोतले जनाएको छ ।

यो भ्रमणका दौरान कुनै औपचारिक भेटघाट भने हुने छैन ।

  • Related Posts

    नेपाली नर्स तिहारमा भाइटीका लगाएको दाजुसहितको समूहबाट बलात्कृत

    काठमाडौं । सुन्दापनि मुटु चर्किने अपराधका समाचार प्रस्तुत गर्नुपर्दा मन नै भारी हुन्छ । क्यानडाको ओन्टारियोमा नेपाली चेली सामूहीक बलात्कृत भएकी छिन् । त्योपनि तिहारमा भाइटीका लगाउँदै आएको दाजुसहितकै समूहबाट…

    चीनमा शहरी रोजगारीमा वृद्धि

    चीनले सन् २०२४ मा एक करोड २५ लाख नयाँ सहरी रोजगारी सिर्जना गरेको मानव संसाधन तथा सामाजिक सुरक्षा मन्त्रालयले मङ्गलबार जनाएको छ । मन्त्रालयका अनुसार सन् २०२४ मा चीनको सर्वेक्षण…

    पहिलो

    नेपाली नर्स तिहारमा भाइटीका लगाएको दाजुसहितको समूहबाट बलात्कृत

    • January 22, 2025
    • 2 views

    चीनमा शहरी रोजगारीमा वृद्धि

    • January 22, 2025
    • 11 views
    चीनमा शहरी रोजगारीमा  वृद्धि

    पेट्रोल ट्याङ्कर विस्फोटमा मृत्यु हुनेको सङ्ख्या ९८ पुग्यो

    • January 22, 2025
    • 11 views
    पेट्रोल ट्याङ्कर विस्फोटमा मृत्यु हुनेको सङ्ख्या ९८ पुग्यो

    चिसोले श्वासप्रश्वासका बिरामी बढे

    • January 22, 2025
    • 9 views
    चिसोले  श्वासप्रश्वासका बिरामी बढे

    दुई सय १३ जना पक्राउ

    • January 22, 2025
    • 9 views
    दुई सय १३ जना पक्राउ

    खुर्सानीको बेर्ना

    • January 22, 2025
    • 9 views
    खुर्सानीको बेर्ना