माउन्ट रशमोरमा आफ्नो प्रतिमा राख्ने ट्रम्पको चाहना

काठमाडौँ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले फेरि एक पटक माउन्ट रशमोरमा आफ्नो प्रतिमा राख्ने बहसलाई नयाँ रूपमा अघि सारेका छन् ।

उनले आफ्नो सामाजिक सञ्जाल प्लेटफर्म ट्रुथ सोशलमा कृत्रिम बौद्धिकता प्रयोग गरी बनाइएको एउटा तस्वीर सार्वजनिक गरेका छन्, जसमा उनको प्रतिमा अमेरिकाका चार ऐतिहासिक राष्ट्रपतिहरूसँगै माउन्ट रशमोर स्मारकमा देखाइएको छ। उक्त तस्वीरमा ट्रम्पलाई जर्ज वाशिङ्टन, थोमस जेफरसन, थियोडोर रुजवेल्ट र अब्राहम लिंकनसँगै प्रस्तुत गरिएको छ । विशेष कुरा के छ भने उनले यो तस्वीरसँग कुनै टिप्पणी वा सन्देश लेखेका छैनन् ।

माउन्ट रशमोर राष्ट्रिय स्मारक साउथ डकोटाको कीस्टोन क्षेत्रमा पर्ने ब्ल्याक हिल्सका ग्रेनाइट चट्टानमा कुँदिएको विशाल स्मारक हो । यहाँ अमेरिकाका चार पूर्व राष्ट्रपतिका करिब ६० फिट अग्ला अनुहारहरू कुँदिएका छन् । यो स्मारक अमेरिकाको स्थापना, क्षेत्रीय विस्तार, आर्थिक प्रगति र लोकतान्त्रिक संस्थाहरूको स्थायित्वको प्रतीक मानिन्छ ।

यस स्मारकका मूर्तिकार गुट्जोन बोर्गलमले अमेरिकाको पहिलो करिब १५० वर्षको इतिहासलाई प्रतिनिधित्व गर्ने उद्देश्यले यी चार राष्ट्रपतिहरू चयन गरेका थिए । जर्ज वाशिङ्टनलाई अमेरिकी गणतन्त्रको स्थापना र स्वतन्त्रता संग्रामको प्रतीकका रूपमा लिइन्छ । थोमस जेफरसनले देशको क्षेत्रीय विस्तारलाई प्रतिनिधित्व गर्छन् । थियोडोर रुजवेल्टलाई राष्ट्रिय विकास र विश्व मञ्चमा अमेरिकाको उदयको प्रतीकका रूपमा समावेश गरिएको हो । अब्राहम लिंकनलाई भने गृहयुद्धको समयमा देशको एकता र अखण्डता जोगाएको सम्मानस्वरूप राखिएको हो ।

माउन्ट रशमोरमा आफ्नो प्रतिमा राख्ने ट्रम्पको चाहना पहिलो पटक सन् २०१८ तिर सार्वजनिक रूपमा चर्चामा आएको थियो । त्यतिबेला उनले साउथ डकोटाकी तत्कालीन गभर्नर क्रिस्टी नोएमसँग आफूले माउन्ट रशमोरमा आफ्नो प्रतिमा देख्न चाहेको कुरा ‘सपना’ भएको बताएका थिए । त्यसपछि उनी निरन्तर यस विचारको समर्थन गर्दै आएका छन् । उनका अनुसार उनको कार्यकालका उपलब्धिहरूले उनलाई यस्तो ऐतिहासिक स्मारकमा स्थान दिन योग्य बनाउछ ।

सन् २०२० मा पनि उनले एक सार्वजनिक कार्यक्रममा यो विषय उठाएका थिए । साथै, अमेरिकी संसदमा उनका समर्थकहरूले यस विषयमा औपचारिक प्रयाससमेत गरेका छन् । फ्लोरिडाकी रिपब्लिकन सांसद अन्ना पाउलिना लुनाले एउटा विधेयकसमेत प्रस्तुत गरेकी थिइन्, जसमा अमेरिकी आन्तरिक मन्त्रालयलाई माउन्ट रशमोरमा ट्रम्पको अनुहार कुँद्ने प्रक्रिया अघि बढाउन निर्देशन दिनुपर्ने प्रस्ताव थियो ।

ट्रम्पलाई माउन्ट रशमोरमा समावेश गर्ने चर्चालाई केही प्रशासनिक अधिकारीहरूले पनि समर्थन जनाउँदै आएका छन् । अमेरिकी आन्तरिक मन्त्री डग बर्गमलगायत केही अधिकारीहरूले सार्वजनिक रूपमा स्मारकमा थप एउटा अनुहारका लागि ठाउँ हुन सक्ने संकेत दिएका छन् । तर अहिलेसम्म यस विषयमा कुनै औपचारिक निर्णय भने भएको छैन ।

  • Related Posts

    भूकम्पमा मृत्यु हुनेको संख्या १५ पुग्यो, १२९ जना घाइते

    काठमाडौँ । फिलिपिन्सको दक्षिणी क्षेत्रमा आएको ७.८ रेक्टर स्केलको शक्तिशाली भूकम्पमा परी मृत्यु हुनेको संख्या १५ पुगेको छ भने १२९ जना घाइते भएका छन् । फिलिपिन्सको नागरिक सुरक्षा कार्यालयका अधिकारीहरूका…

    इरानले फेरि प्रहार गर्यो इजराइलतर्फ मिसाइल

    काठमाडौँ । ईरानले फेरि इजराइलतर्फ क्षेप्यास्त्र प्रहार गरेको छ । यसपछि इजराइलका विभिन्न क्षेत्रमा फेरि सतर्कता जारी गरिएको छ र नागरिकलाई सुरक्षित स्थानमा जान निर्देशन दिइएको छ । प्रारम्भिक जानकारी…

    पहिलो

    सशस्त्र प्रहरी वल, नेपाल पर्सा द्वारा लाखौं मूल्य बराबरको प्रतिवन्धित ब्रोईलर कुखुराको चल्ला नष्ट-

    • June 10, 2026
    • 102 views
    सशस्त्र प्रहरी वल, नेपाल पर्सा द्वारा लाखौं मूल्य बराबरको प्रतिवन्धित ब्रोईलर कुखुराको चल्ला नष्ट-

    नेशनल मेडिकल कलेज र कृषि अनुसन्धान निर्देशनालय, मधेश प्रदेश बीच स्वास्थ्य सेवा सहकार्य सम्झौता सम्पन्न-

    • June 8, 2026
    • 127 views
    नेशनल मेडिकल कलेज र कृषि अनुसन्धान निर्देशनालय, मधेश प्रदेश बीच स्वास्थ्य सेवा सहकार्य सम्झौता सम्पन्न-

    देशभर सवारी दुर्घटनामा एक जनाको मृत्यु, १३४ घाइते

    • June 8, 2026
    • 50 views
    देशभर सवारी दुर्घटनामा एक जनाको मृत्यु, १३४ घाइते

    रोटरी क्लब अफ माउन्ट एभरेष्ट ललितपुर द्वारा एकदिने मानसिक स्वास्थ्य सचेतना शिविर सञ्चालन

    • June 8, 2026
    • 75 views

    भूकम्पमा मृत्यु हुनेको संख्या १५ पुग्यो, १२९ जना घाइते

    • June 8, 2026
    • 56 views
    भूकम्पमा मृत्यु हुनेको संख्या १५ पुग्यो, १२९ जना घाइते

    इरानले फेरि प्रहार गर्यो इजराइलतर्फ मिसाइल

    • June 8, 2026
    • 59 views
    इरानले फेरि प्रहार गर्यो इजराइलतर्फ मिसाइल