राष्ट्रिय शिक्षा दिवसको अवसरमा महानगर प्रमुख सिंह द्वारा विभिन्न विधालय हरुको अवलोकन-

दीपेन्द्र प्रजापति/कालो झोला ।

वीरगंज, ०२ असोज । राष्ट्रिय शिक्षा दिवसको अवसर पारी वीरगंज महानगरपालिकाका प्रमुख राजेशमान सिंहले यहाँका विभिन्न विद्यालयमा पुगेर विद्यार्थीहरुको शैक्षिक अवस्थाका बारेमा जानकारी लिनु भएको छ ।

महानगर प्रमुख सिंहले ‘कक्षा कोठामा मेयर’ कार्यक्रम अन्तर्गत विद्यार्थीसँगै बसेर उनीहरुको पठनपाठनको अवस्था र विद्यालयको भौतिक स्थिति लगायतका बारेमा जानकारी लिनु भएको हो । उहाँले विद्यार्थीहरुलाई आफूसँग रहेको पाठ्य सामग्रीको अधिकतम उपयोग गर्दै पढाईमा ध्यान दिन आग्रह गर्नुभयो ।

अध्ययनलाई केन्द्रमा राखेर अन्य गतिविधिलाई पनि समान रूपमा अघि बढाउन विद्यार्थीहरूलाई उनले आग्रह गर्दै विद्यार्थीसँगै बेन्चमा बसेर उनीहरूले गरेका गृहकार्य अवलोकन गर्नुका साथै समस्याका वारेमा पनि जानकारी लिनुभएको थियो । विद्यार्थीसँगै बेन्चमा बसेर उनीहरूका कुरा र आफ्ना अनुभव सुनाउन पाउँदा विद्यार्थीहरूमा उत्साह जागृत भएको मेयर सिंह बताउनु हुन्छ ।

उहाँले आज वीरगंजको नगवास्थित सनलाई मा.वि. र पावरहाउस स्थित कादम्बरी मा.वि.मा पुगेर विद्यार्थीहरुको शैक्षिक अवस्थाका बारेमा जानकारी लिनु भएको हो । महानगर भित्रका सामुदायिक र संस्थागत विद्यालयको शैक्षिक अवस्था जानकारी लिने हेतुले आफू विद्यालयमा पुगेको उहाँको भनाई छ ।

महानगर प्रमुख सिंहले कक्षा १० का विद्यार्थीको कक्षामै पुगेर उनीहरूलाई उत्प्रेरणा दिँदा विद्यार्थीमा अध्ययनका लागि झनै हौसला मिलेको सनलाइट मा.वि.का प्रधानाध्यापक आलोक चौरसियाले बताउनु भयो ।महानगरपालिकाका शिक्षा महाशाखा प्रमुख अरविन्दलाल कर्णले समेत विद्यार्थीहरूको हौसला बढाउन कक्षा लिनुभएको थियो ।

  • Related Posts

    ७७९ इभी गाडीको विषयमा छानबिन गर्न समिति गठन

    काठमाडौँ । सशस्त्र प्रहरी बल नेपालले राजस्व छलीको आशंकामा विभिन्न स्थानबाट नियन्त्रणमा लिएका ७७९ वटा विद्युतीय सवारीसाधनका सम्बन्धमा विस्तृत छानबिन गर्न सरकारले एक समिति गठन गरेको छ। प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को…

    कोल्हवी नगरपालिकाको आयोजनामा निःशुल्क स्वास्थ्य शिविर सम्पन्न, ३ सय ६६ बिरामी लाभान्वित तथा स्वास्थ्य सम्झौता हस्ताक्षर-

    दीपेन्द्र प्रजापति/कालो झोला । बारा, २१ जेठ । कोल्हवी नगरपालिका, बाराको आयोजनामा तथा नेशनल मेडिकल कलेज, वीरगञ्जको क्लिनिकल सहयोगमा कोल्हवी प्राथमिक स्वास्थ्य केन्द्रमा निःशुल्क स्वास्थ्य शिविर सफलतापूर्वक सम्पन्न भएको छ…

    पहिलो

    मूल मर्म र प्रस्तावनालाई अपरिवर्तित राख्दै संबिधान संशोधन खिलराज रेग्मीको सुझाव

    • June 5, 2026
    • 34 views
    मूल मर्म र प्रस्तावनालाई अपरिवर्तित राख्दै संबिधान संशोधन  खिलराज रेग्मीको सुझाव

    राष्ट्र बैंकले माग्यो मौद्रिक नीतिमा सुझाव

    • June 5, 2026
    • 26 views
    राष्ट्र बैंकले माग्यो मौद्रिक नीतिमा सुझाव

    विद्युत् नियमन आयोगमा अध्यक्षका लागि १० जनाको आवेदन

    • June 5, 2026
    • 30 views
    विद्युत् नियमन आयोगमा अध्यक्षका लागि १० जनाको आवेदन

    सिमकार्डको दुरूपयोग – दुई जना पक्राउ

    • June 5, 2026
    • 29 views
    सिमकार्डको दुरूपयोग – दुई जना पक्राउ

    इराकमार्फत इरानले ब्यापार गर्दै

    • June 5, 2026
    • 31 views
    इराकमार्फत इरानले ब्यापार गर्दै

    ७७९ इभी गाडीको विषयमा छानबिन गर्न समिति गठन

    • June 5, 2026
    • 29 views
    ७७९ इभी गाडीको विषयमा छानबिन गर्न समिति गठन