श्रीसिया नदीलाई सफा राख्न राति पनि अनुगमन, अटेरी गर्ने श्री सिद्धी टेक्स्टाइललाई १ लाख २० हजार जरिवाना-

दीपेन्द्र प्रजापति/कालो झोला ।

वीरगन्ज, १२ कार्तिक । वीरगन्ज महानगरपालिकाले श्रीसिया नदीलाई प्रदूषणमुक्त बनाउने अभियानलाई थप तीव्रता दिँदै रातिपनि अनुगमन गरिरहेको छ । दैनिकरुपमा दिनमा अनुगमन गर्दै आएको महानगरको टोलीले राति अनुगमनको क्रममा आज एक उद्योगलाई जरिवाना गरेको छ ।

श्रीसिया नदीमा सोझै ढल मिसाइ नदी प्रदुषण गरेको भन्दै टोलीले सोमबार श्री सिद्धी टेक्स्टाइललाई १ लाख २० हजार रुपैयाँ जरिवाना गरेको वातावरण शाखाका प्रकाश एैरेले जानकारी गराए । नगरप्रमुख राजेशमान सिंहको नेतृत्वमा महानगरको टोलीले श्रीसिया नदीमा हुने प्रदूषणलाई रोक्न कडा अनुगमन गरिरहेको छ । सिंहले पद ग्रहण गरेको ३० महीनामा नदीको प्रदूषणलाई ६० प्रतिशतले घटाउन सफल भएको महानगरको दाबी छ ।

महानगरले हाल छठ पर्वलाई लक्षित गर्दै कात्तिक १ गतेदेखि दैनिकरूपमा अनुगमन शुरू गरेको हो । वीरगन्ज र जीतपुरसिमरा उपमहानगरपालिकाको सहकार्यमा यहाँका विभिन्न उद्योगहरूको प्रदूषण नियन्त्रणमा प्रयास जारी रहेको छ । यसबीच, दुबै स्थानीय तहहरूले उद्योगहरूलाई श्रीसिया नदीमा प्रदूषित पानी नफाल्न निर्देशन दिएका छन्, जसका कारण यसपटक छठ पर्व श्रीसिया नदीमै मनाउन सकिने वातावरण सिर्जना भएको महानगरले जानकारी दिएको छ ।

वीरगन्जको लाइफ लाइनका रुपमा रहेको श्रीसिया नदी विगत तीन दशक देखि प्रदुषणको सिकार बन्दै आएको थियो । पर्सा–बारा औद्योगीक कोरिडोरमा रहेका मध्ये करिब ४५ उद्योगहरुले उद्योगबाट निस्कने फोहोर जन्य पदार्थ र रसायनयुक्त फोहोर पानी सिधै नदीमा बिसर्जन गर्दै आएका थिए । नदीलाई प्रदुषण मुक्त बनाउने अभियान थालेको वीरगन्ज महानगरपालिकाले पहिले पनि पाँच वटा उद्योगहरुलाई जनही तीन तीन लाख रुपैयाँका दरले जरिवाना गरेको थियो ।

जसमध्ये श्री सिद्धी टेक्स्टाइल पनि एक थियो । जरिवाना गर्दासमेत उद्योगहरुले नदीमा फोहोर र प्रदुषित पानी सिधै बिसर्जन गर्दै आएकोमा पछिल्लोपटक ती उद्योगहरुमा महानगरले दण्ड स्वरुप फोहर थुपारेपछि नदी सफा देखिन थालेको थियो ।

  • Related Posts

    वीरगन्ज महानगरको आ.ब. २०८२/०८३ का लागि ३ अर्ब २२ करोड बजेट बिनियोजन-

    दीपेन्द्र प्रजापति / कालो झोला । वीरगन्ज, ०९ असार । बीरगंज महानगरपालिकाले आगामी आर्थिक वर्ष २०८२/०८३ का लागि ३ अर्ब २२ करोड ४८ लाख ४९ हजार रुपैयाँको अनुमानित बजेट ल्याएको…

    ११ औं अन्तर्राष्ट्रिय योग दिवस मनाउने क्रममा भारतको महावाणिज्य दूतावास द्वारा बीरगंजमा आयोजना-

    दीपेन्द्र प्रजापति/कालो झोला । बीरगंज, ०७ असार । ११औं अन्तर्राष्ट्रिय योग दिवस मनाउने क्रममा, भारतको महावाणिज्य दूतावास, बीरगंज (नेपाल) द्वारा २१ जुन २०२५ मा नेपालको प्रवेश द्वार पर्सा जिल्लाको बीरगंज…

    पहिलो

    वीरगन्ज महानगरको आ.ब. २०८२/०८३ का लागि ३ अर्ब २२ करोड बजेट बिनियोजन-

    • June 23, 2025
    • 40 views
    वीरगन्ज महानगरको आ.ब. २०८२/०८३ का लागि ३ अर्ब २२ करोड बजेट बिनियोजन-

    ११ औं अन्तर्राष्ट्रिय योग दिवस मनाउने क्रममा भारतको महावाणिज्य दूतावास द्वारा बीरगंजमा आयोजना-

    • June 21, 2025
    • 49 views
    ११ औं अन्तर्राष्ट्रिय योग दिवस मनाउने क्रममा भारतको महावाणिज्य दूतावास द्वारा बीरगंजमा आयोजना-

    नेपालका लागि बंगलादेशका राजदूत मोहम्मद शफिकर रहमानलाई घोषणा पत्र हस्तान्तरण-

    • June 20, 2025
    • 116 views
    नेपालका लागि बंगलादेशका राजदूत मोहम्मद शफिकर रहमानलाई घोषणा पत्र हस्तान्तरण-

    सात बुँदे काठमाडौँ घोषणापत्र जारी गर्दै मातृ भाषा पत्रकारहरूको दुई दिने अन्तर्राष्ट्रिय सम्मेलन सम्पन्न-

    • June 16, 2025
    • 156 views
    सात बुँदे काठमाडौँ घोषणापत्र जारी गर्दै मातृ भाषा पत्रकारहरूको दुई दिने अन्तर्राष्ट्रिय सम्मेलन सम्पन्न-

    ११ औं अन्तर्राष्ट्रिय योग दिवस मनाउने क्रममा भारतको महावाणिज्य दूतावास द्वारा आज पहिलो दिन चितवनमा-

    • June 16, 2025
    • 95 views
    ११ औं अन्तर्राष्ट्रिय योग दिवस मनाउने क्रममा भारतको महावाणिज्य दूतावास द्वारा आज पहिलो दिन चितवनमा-

    प्रादेशिक अस्पताल गौर दोस्रो पटक पनि मधेश प्रदेशमा प्रथम स्थानमा-

    • June 16, 2025
    • 142 views
    प्रादेशिक अस्पताल गौर दोस्रो पटक पनि मधेश प्रदेशमा प्रथम स्थानमा-