
दीपेन्द्र प्रजापति/कालो झोला ।
बीरगंज, ०४ जेष्ठ । विशेष सूचनाको आधारमा सशस्त्र प्रहरी बल नेपाल नं. १३ गण मुख्यालय, पर्सा, प्रस्तावित सीमा सुरक्षा गुल्म, वीरगंज र वीरगंज भन्सार कार्यालयको संयुक्त विशेष टोलिले वीरगंज महानगरपालिका वडा नं. ०१, छपकैया गाउँ स्थित ३ वटा घरमा कर्डन तथा छापामारी गर्दा भारत बाट अवैध रुपमा भन्सार छली चोरी पैठारी गरि लुकाई छिपाई ल्याई गोदाम गरी राखेको भन्सार मूल्य रु. ६ लाख ९८ हजार ८ सय बरावरको तयारी कपडा नियन्त्रणमा लिई आवश्यक कारवाहीको लागि वीरगंज भन्सार कार्यालय मा बुझाएको छ ।

हुन त यस्ता छापा मारी पर्सा जिल्लाको हकमा कुनै नौलो घटना हैन, एका तिर त्यहीँ सीमामा बस्ने सशस्त्र प्रहरी र नेपाल प्रहरी मोटो रकम उठाई तस्करहरु को कपडा, काजु, बदाम, जुता-चप्पल, हार्डवेयर तथा औषधिहरु लगायतका सामानहरु रातभरि भारत बाट नेपाल भित्रियाउने सहयोग गर्छन् भने अर्को तिर सुराकी लगाई छापा मारी पनि गराउने काम पनि गरिन्छ । हुन त जुन सीमा नाकाको इलाकामा यस्ता मालसामान बरामद भए त्यस ठाउँको सशस्त्र तथा नेपाल प्रहरीको जिम्मेवारी लिएर बसेकालाई कार्यवाही हुनु पर्थ्यो तर यस्तो नहुनु नै तस्करीको बिगबिगी बढेको पाईन्छ ।