नेशनल मेडिकल कलेज द्वारा घडीर्वा पोखरी निर नि:शुल्क स्वास्थ्य शिविर सम्पन्न, सयौ बिरामीले गराए स्वास्थ्य परीक्षण-

दीपेन्द्र प्रजापति/कालो झोला ।

बीरगंज, ०१ जेष्ठ । बिरगंज स्थित नेशनल मेडिकल कलेज शिक्षण अस्पताल द्वारा आयोजित नि:शुल्क स्वास्थ्य शिविर कार्यक्रम बीरगंजको घडीर्वा पोखरी अवस्थित सम्पन्न भएको छ । स्थानीय सर्वसाधारणलाई लक्षित गरी आयोजित सो शिविरमा विभिन्न रोगका २ सय ०८ जना बिरामीहरूले आफ्नो स्वास्थ्य परीक्षण गराएका छन् ।

शिविरको आयोजना नेशनल मेडिकल कलेज शिक्षण अस्पतालका निर्देशक डा. इसरत जहाँ अन्सारीको अध्यक्षतामा गरिएको थियो । बिहीबार बिहानको समयमा मर्निङ वाक गर्ने नगर क्षेत्रका बासिन्दालाई लक्षित गर्दै आयोजित कार्यक्रममा जनस्वास्थ्यका विविध पक्षमा परीक्षण तथा परामर्श सेवा प्रदान गरिएको आयोजकहरूले जानकारी दिएका छन् ।

स्वास्थ्य शिविरमा अस्पतालका विभिन्न विशेषज्ञ चिकित्सक तथा इन्टर्नल स्वास्थ्यकर्मीहरूको सक्रिय सहभागिता रहेको थियो ।कन्सल्टेन्ट डा. इमरान अली. डा उदित यादव, डा. मो. राशिद कलाम (पिजी), डा. विवेक भारतीले बिरामीहरूको जाँच तथा परामर्श गरेका थिए । साथै, नर्सिङ्ग सेवा प्रदान गर्न बबिता श्रेष्ठ, प्रजिता फूयाल, समिक्षा रिताल र सांतिका कू. सिंहको टोली खटिएको थियो ।

कार्यक्रममा मेट्रोन विकास गुप्ता तथा प्रेस प्रतिनिधि आसिक अन्सारीको पनि उपस्थिति रहेको थियो । शिविरमा अधिकांश बिरामीहरूमा उच्च रक्तचाप, मधुमेह, पेट सम्बन्धी समस्या, श्वासप्रश्वासका समस्या र सामान्य संक्रमण जस्ता स्वास्थ्य समस्या देखिएको चिकित्सकहरूले जनाएका छन् ।

शिविरमा आएका बिरामीहरूले सहज र गुणस्तरीय स्वास्थ्य सेवा प्राप्त भएको भन्दै आयोजक प्रति आभार प्रकट गरेका छन् । उनीहरूले यस्ता कार्यक्रमले गाउँघरमा स्वास्थ्य चेतना फैलाउन र उपचारको पहुँच सहज बनाउन सघाउ पुग्ने बताएका छन् ।

स्वास्थ्य सेवा जनताको घरदैलोमै पु-याउने उद्देश्यले आयोजना गरिएको शिविरलाई प्रभावकारी बनाउँदै आगामी दिनमा अन्य ठाउँमा पनि यस्ता कार्यक्रम विस्तार गरिने नेशनल मेडिकल कलेज शिक्षण अस्पतालका प्रतिनिधिहरूले बताएका छन् ।

यस्ता शिविरहरूले ग्रामीण भेगका जनतामा स्वास्थ्य सचेतना अभिवृद्धि गर्नका साथै प्राथमिक उपचारका माध्यमबाट गम्भीर रोगहरू पहिचान गर्ने अवसर प्रदान गर्ने भएकाले निरन्तरता आवश्यक रहेको सहभागीहरूको धारणा छ ।

  • Bishnu Timalsina

    Related Posts

    वीरगंज महानगर द्वारा कक्षा ९ र ११ का लागि छात्रवृत्ति आवेदन खुला-

    दीपेन्द्र प्रजापति/कालो झोला । वीरगंज, १४ जेष्ठ । वीरगंज महानगरपालिकाले शैक्षिक सत्र २०८३/०८४ का लागि संस्थागत विद्यालयमा कक्षा ९ र ११ मा छात्रवृत्तिमा अध्ययन गर्न इच्छुक विद्यार्थीहरूका लागि आवेदन खुला…

    “भारत र पाकिस्तान अझै पनि सिन्धु जल सन्धि पुनर्स्थापित गर्न सहमत हुन सक्दैनन्, तर पुन: संलग्नताले दिगो शान्ति ल्याउन मद्दत गर्न सक्छ”

    डा. प्रदीप कुमार सक्सेना- यो लेख चथम हाउसबाट लिइएको हो, जसले आफूलाई एक स्वतन्त्र नीति संस्था र बहस र संवादको लागि एक विश्वसनीय मञ्च भएको दाबी गर्दछ र सरकार र…

    पहिलो

    नेइमारले विश्वकपको पहिलो खेल गुमाउने

    • May 28, 2026
    • 44 views
    नेइमारले विश्वकपको पहिलो खेल गुमाउने

    वीरगंज महानगर द्वारा कक्षा ९ र ११ का लागि छात्रवृत्ति आवेदन खुला-

    • May 28, 2026
    • 93 views
    वीरगंज महानगर द्वारा कक्षा ९ र ११ का लागि छात्रवृत्ति आवेदन खुला-

    “भारत र पाकिस्तान अझै पनि सिन्धु जल सन्धि पुनर्स्थापित गर्न सहमत हुन सक्दैनन्, तर पुन: संलग्नताले दिगो शान्ति ल्याउन मद्दत गर्न सक्छ”

    • May 27, 2026
    • 80 views

    भारत सरकार द्वारा नेपाल सरकार लाई दश वटा कैदी वाहक ट्रक उपहार-

    • May 26, 2026
    • 76 views
    भारत सरकार द्वारा नेपाल सरकार लाई दश वटा कैदी वाहक ट्रक उपहार-

    विभिन्न देश पठाइदिन्छु भन्दै ठगी गर्ने सात जना पक्राउ

    • May 26, 2026
    • 57 views
    विभिन्न देश पठाइदिन्छु भन्दै ठगी गर्ने सात जना पक्राउ

    घुस लिएको मुद्धामा प्रतिकुल बयान दिने तीन जनाविरुद्ध मुद्धा

    • May 26, 2026
    • 45 views
    घुस लिएको मुद्धामा प्रतिकुल बयान दिने तीन जनाविरुद्ध मुद्धा