
दीपेन्द्र प्रजापति/कालो झोला ।
बीरगंज, १२ चैत । सशस्त्र प्रहरी बल नेपाल, सुरक्षा बेश बहुअर्वा भाठ्ठाले सोमबार प्रतिवन्धित लागु औषध गाँजा आफ्नो नियन्त्रणमा लिएको छ ।
उक्त दिन त्यहाँ बाट खटिएको टोलीले पर्सा जिल्लाको बहुदरमाई नगरपालिका वडा नं.०९, बिश्रामपुरमा पर्ने ढङ्गही खोलाको छेउमा बेवारिसे अवस्थामा लुकाएर राखेको (६४ के.जी) ६ पोका प्रतिबन्धित लागु औषध गाँजा बरामद गरी आवश्यक कारवाहिको लागि ईलाका प्रहरी कार्यालय, पोखरीयामा बुझाएको कुरा आज सशस्त्र प्रहरी बल नेपाल नं. १३ गण मुख्यालय, पर्सा का सूचना अधिकारी सशस्त्र प्रहरी नायब उपरीक्षक देबेन्द्र सिंह ले बताएका छन् ।