सुर्खेतमा ‘तरल नाइट्रोजन प्लान्ट’ बन्दै

सुर्खेत । कर्णाली प्रदेशका मुख्यमन्त्री यामलाल कँडेलले राजधानी सुर्खेतको वीरेन्द्रनगरमा बन्न लागेको ‘तरल नाइट्रोजन प्लान्ट’ भवनको आज शिलान्यास गरेका छन् ।

कर्णाली प्रदेश भूमि व्यवस्था कृषि तथा सहकारी मन्त्रालय मातहतको पशुपन्छी विकास निर्देशनालयको परिसरमा उक्त भवन निर्माण गर्न लागिएको हो । रु. चार करोड ८५ लाखको लागतमा सो भवन निर्माण गर्न लागिएको हो ।

भवन शिलान्यास गर्दै मुख्यमन्त्री कँडेलले उन्नत जातका पशुपन्छी उत्पादन गर्न प्लान्ट भवन निर्माणले सहज हुने बताए । यस्तै तरल नाइट्रोजन प्लान्ट स्थापनाले प्रदेशलाई दूधमा समेत आत्मनिर्भर बनाउन मद्दत पुग्ने उनको भनाइ छ ।

प्लान्ट स्थापनापछि गाई, भैँसीको नस्ल सुधार, उच्च गुणस्तरका पाडा र बाच्छा उत्पादन गर्ने लक्ष्य छ । मन्त्रालयले गत आर्थिक वर्षमा रु. ४० लाखको विस्तृत परियोजना प्रतिवेदन (डिपिआर) बनाएर काम अगाडि बढाएको थियो । यसबाट पशुको वीर्य भण्डारण र कृत्रिम गर्भाधान नस्ल सुधार गर्न सहज हुने छ ।

प्रदेश भूमि व्यवस्था कृषि तथा सहकारी मन्त्री विनोदकुमार शाहले बाहिरबाट खरिद गरेर ल्याइएका उच्च जातका राँगा र साँढेको वीर्यलाई सुरक्षित राख्न र कृत्रिम गर्भाधान प्रक्रियामा प्रयोग गर्न भवन सहयोगी हुने बताए ।

  • Related Posts

    गौरीघाटमा वृहत् निःशुल्क स्वास्थ्य शिविर तथा चियापान कार्यक्रम सम्पन्न

    –   मुनामदन सिलवाल काठमाडौँ, फागुन १५ गते । महाशिवरात्रीको पावन अवसरमा गौरीघाट सुधार समितिको आयोजनमा गौरीघाटदेखि उमाकुण्ड हुँदै दक्षिणामूर्ति गोल्डेन गेटसम्मको रुट नं.–१को लाईन उत्तरढोका) सम्मको पशुपतिक्षेत्र विकास कोष स्वयम्…

    सुनको मूल्य उचाईमा, कतिमा हुँदैछ कारोबार ?

    फागुन १३ गते, मंगलबार, नेपाली बजारमा सुनको मूल्य ऐतिहासिक उचाईमा पुगेको छ । यस दिन सुनको मूल्य प्रतितोला ५०० रुपैयाँ बढेर नयाँ रेकर्ड कायम गरेको हो । नेपाल सुनचाँदी व्यवसायी…

    पहिलो

    सुरक्षा बेश, बहुअर्वा भाठ्ठा द्वारा ६४ के. जी. प्रतिबन्धित लागुऔषध गाँजा बरामद-

    • March 25, 2025
    • 45 views
    सुरक्षा बेश, बहुअर्वा भाठ्ठा द्वारा ६४ के. जी. प्रतिबन्धित लागुऔषध गाँजा बरामद-

    नयाँ वर्ष २०८२ को उपलक्ष्यमा वीरगंजमा रात्रि बजार संचालन गर्ने तयारी-

    • March 24, 2025
    • 46 views
    नयाँ वर्ष २०८२ को उपलक्ष्यमा वीरगंजमा रात्रि बजार संचालन गर्ने तयारी-

    वीरगंज उद्योग वाणिज्य संघको अध्यक्षमा गौतम निर्वाचित-

    • March 23, 2025
    • 37 views
    वीरगंज उद्योग वाणिज्य संघको अध्यक्षमा गौतम निर्वाचित-

    रमदानमा वीरगंज महानगर द्वारा इफ्तारको आयोजना-

    • March 21, 2025
    • 42 views
    रमदानमा वीरगंज महानगर द्वारा इफ्तारको आयोजना-

    विश्व मुख स्वास्थ्य दिवसको अवसरमा नेशनल मेडिकल कलेजमा सचेतना कार्यक्रम-

    • March 20, 2025
    • 59 views
    विश्व मुख स्वास्थ्य दिवसको अवसरमा नेशनल मेडिकल कलेजमा सचेतना कार्यक्रम-

    ड्राइपोर्ट बगही जोड्ने सडकमा कल्भर्ट निर्माण सुरु-

    • March 19, 2025
    • 32 views
    ड्राइपोर्ट बगही जोड्ने सडकमा कल्भर्ट निर्माण सुरु-