अमेरिका र इरानबीच सहमतिको प्रयास तिब्र

काठमाडौँ । अमेरिका र इरान युद्ध अन्त्य तथा आणविक वार्ताको नयाँ बाटो तय गर्ने सहमति हुने सम्भावना बढेको छ । 

रिपोर्टका अनुसार दुवै देशबीच १४ बुँदे समझदारीपत्र तयार गरिएको छ । यद्यपि यो अझै अन्तिम रूपमै पुगिसकेको छैन । तर पछिल्ला चरणमा वार्ता पहिलेभन्दा धेरै अगाडि बढेको दाबी गरिएको छ । जस अनुसार सबैभन्दा पहिले युद्ध अन्त्यको घोषणा गरिनेछ । त्यसपछि ३० दिनसम्म विस्तृत वार्ता सञ्चालन हुनेछ । वार्तामा होर्मुज जलडमरूमध्य, इरानको आणविक कार्यक्रम तथा अमेरिकाले लगाएका प्रतिबन्ध खुकुलो बनाउने विषय मुख्य एजेन्डा रहनेछन् । दुवै देशबीच प्रत्यक्ष वार्ताका लागि पाकिस्तानको राजधानी इस्लामाबाद वा स्विट्जरल्यान्डको जेनेभाजस्ता शहरबारे छलफल भइरहेको जनाइएको छ ।

मस्यौदाअनुसार इरानले केही समयका लागि आफ्नो आणविक कार्यक्रम स्थगित गर्ने र त्यसको बदलामा अमेरिकाले चरणबद्ध रूपमा प्रतिबन्ध हटाउने तथा रोक्का गरिएका इरानी अर्बौँ डलर फुकुवा गर्न सक्ने उल्लेख छ । साथै होर्मुज क्षेत्रमा दुवै पक्षले लगाएका केही प्रतिबन्धमा पनि सहजीकरण गरिने बताइएको छ ।

तर सम्झौतामा सबैभन्दा ठूलो विवाद आणविक कार्यक्रम रोक्ने अवधिलाई लिएर देखिएको छ । इरानले ५ वर्षको प्रस्ताव अघि सारेको छ भने अमेरिकाले सुरुमा २० वर्षको माग गरेको छ । अहिले दुवै पक्षबीच १२ देखि १५ वर्षसम्मको अवधिमा सहमति खोज्ने प्रयास भइरहेको जनाइएको छ ।

इरान र अमेरिकालाई आ-आफ्नै देशमा युद्ध रोक्न र सहमतिमा आउने दबाब बढेको अवस्थामा सहमतिको प्रयास भइरहेको छ । अमेरिकी राष्ट्रपति आफ्नै देशमा युद्ध रोक्ने दबाबको सामना गरिरहेका छन् भने इरान पनि युद्धके ठुलो क्षति भएका कारण अब युद्ध भन्दा पुनर्निर्माणमा लाग्नुपर्ने दबाबमा छ ।

  • Related Posts

    संजय दत्त र नोरा फतेहीलाई भारतको महिला आयोगले सोध्यो स्पष्टीकरण

    काठमाडौँ । बलिवुड अभिनेता संजय दत्त र अभिनेत्री नोरा फतेहीलाई भारतको महिला आयोगले स्पष्टीकरण सोधेको छ । केहि साता अघि रिलिज भएको फिल्म केडी द डेभिलको ‘सरके चुनर’ गीतको विवादका…

    सिएनएनका संस्थापक टर्नरको निधन

    काठमाडौँ । विश्वप्रसिद्ध समाचार सञ्जाल सिएनएनका संस्थापक टेड टर्नरको ८७ वर्षको उमेरमा निधन भएको छ । उनको बुधबार निधन भएको टर्नर इन्टरप्राइजेजले जनाएको छ । अमेरिकाको ओहायोमा जन्मिएका टर्नरलाई स्पष्ट…

    पहिलो

    रवीन्द्रनाथ टैगोर भारतको इतिहासमा असाधारण प्रतिभाशाली व्यक्ति थिए : शिवनाथ विष्णुपुरी, पूर्व जिल्ला शिक्षा अधिकारी-

    • May 7, 2026
    • 47 views
    रवीन्द्रनाथ टैगोर भारतको इतिहासमा असाधारण प्रतिभाशाली व्यक्ति थिए : शिवनाथ विष्णुपुरी, पूर्व जिल्ला शिक्षा अधिकारी-

    संजय दत्त र नोरा फतेहीलाई भारतको महिला आयोगले सोध्यो स्पष्टीकरण

    • May 7, 2026
    • 26 views
    संजय दत्त र नोरा फतेहीलाई भारतको महिला आयोगले सोध्यो स्पष्टीकरण

    सिएनएनका संस्थापक टर्नरको निधन

    • May 7, 2026
    • 18 views
    सिएनएनका संस्थापक टर्नरको निधन

    नेप्सेमा सामान्य वृद्धि, कारोबार रकम घट्यो

    • May 7, 2026
    • 22 views
    नेप्सेमा सामान्य वृद्धि, कारोबार रकम घट्यो

    नव निर्वाचित अध्यक्ष श्रेष्ठसहित सदस्यहरुको शपथ

    • May 7, 2026
    • 27 views
    नव निर्वाचित अध्यक्ष श्रेष्ठसहित सदस्यहरुको शपथ

    सिन्धुलीमा जन्ती बोकेको पिकअप दुर्घटना, ५ जना घाइते

    • May 7, 2026
    • 25 views
    सिन्धुलीमा जन्ती बोकेको पिकअप दुर्घटना, ५ जना घाइते