अरिंगालले टोकेर चार जना घाइते

लमजुङ । जिल्लाको बेँसीसहर नगरपालिका-३ मा रहेको गाउँसहर माध्यमिक जाँदै गर्दा बाटोमा अरिंगालले टोकेर चारजना विद्यार्थी घाइते भएका छन् । आज बिहान विद्यालय जाने क्रममा डमफुहाउस नजिककै अरिंगालले टोकेर उनीहरू घाइते भएका जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

प्रहरी कार्यालयका प्रहरी निरीक्षक तुलबहादुर श्रेष्ठका अनुसार बेँसीसहर-५ बाख्रेगजतका १३ वर्षीय रीना गुरुङ, १२ वर्षीय अर्चना तामाङ, १३ वर्षीय संगीता तामाङ र १० वर्षीय करुणा गुरुङ घाइते भएका छन् । घरबाट विद्यालय जाँदै गर्दा बाटोमा अचानक आएको अरिंगालले उनीहरूको टाउको, छातीलगायत शरीरका विभिन्न भागमा टोकेको उनले बताए ।

घाइते सबैको उद्धार गरी लमजुङ अस्पतालमा उपचार भइरहेको प्रहरी निरीक्षक श्रेष्ठले जानकारी दिए। घरबाट विद्यालयसम्म आउँदा जंगलको बाटो पर्ने प्रहरीले जनाएको छ ।

  • Related Posts

    जबरजस्ती करणी गरेको अभियोगमा धनकुटाबाट एक जना पक्राउ

    धनकुटामा १३ वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको अभियोगमा महालक्ष्मी नगरपालिका-६ गुठ बस्ने ४२ वर्षीय धन बहादुर गिरीलाई प्रहरीले पक्राउ गरेको छ ।  धन बहादुरले ती बालिकालाई जबरजस्ती करणी गरेको भन्ने…

    सडक र सहरी सुरक्षा तथा व्यवस्थापनमा महानगर र प्रहरीबिचको सहकार्य बलियो बनाउन छलफल

    सडक सुरक्षा, सहरी सुरक्षा र सहरी व्यवस्थापनमा काठमाडौँ महानगरपालिका र नेपाल प्रहरी बिचको सम्बन्ध थप बलियो बनाइने भएको छ । काठमाडौँ महानगरपालिकाका कार्यवाहक प्रमुख र प्रहरी महानिरीक्षक दानबहादुर कार्कीका बिचमा…

    पहिलो

    रास्वपाले गणेश पराजुलीलाई बनायो संसदीय दलको उपनेता

    • April 16, 2026
    • 29 views
    रास्वपाले गणेश पराजुलीलाई बनायो संसदीय दलको उपनेता

    नेप्से ३३. ८३ अंकले घट्यो, ९ अर्ब ३१ करोडको कारोबार

    • April 16, 2026
    • 22 views
    नेप्से ३३. ८३ अंकले घट्यो, ९ अर्ब ३१ करोडको कारोबार

    बिबिसीले दुई हजार कर्मचारी हटाउदै

    • April 16, 2026
    • 24 views
    बिबिसीले दुई हजार कर्मचारी हटाउदै

    संबिधानप्रति प्रतिबद्ध छौं, सरकारलाई शंका नगरौं- मन्त्री वाग्ले

    • April 16, 2026
    • 22 views
    संबिधानप्रति प्रतिबद्ध छौं, सरकारलाई शंका नगरौं- मन्त्री वाग्ले

    संयुक्त राष्ट्र संघको सत्रमा सार्क पत्रकार मञ्चका अध्यक्ष लामाले CEPA का उपाध्यक्ष रोल्फ अल्टरलाई भेंटे-

    • April 16, 2026
    • 139 views
    संयुक्त राष्ट्र संघको सत्रमा सार्क पत्रकार मञ्चका अध्यक्ष लामाले CEPA का उपाध्यक्ष रोल्फ अल्टरलाई भेंटे-

    जबरजस्ती करणी मुद्दाका फरार प्रतिवादी पक्राउ

    • April 16, 2026
    • 21 views
    जबरजस्ती करणी मुद्दाका फरार प्रतिवादी पक्राउ