आदिकवि भानुभक्तको सालिकमा माल्यार्पण

काठमाडौँ, २९ असार : आदिकवि भानुभक्त आचार्यको २११औँ जन्मजयन्तीको अवसरमा दरबार हाईस्कुलमा रहेको उहाँँको सालिकमा माल्यार्पण गरिएको छ ।

नेपाल शिक्षा परिषद्को आयोजनामा आज बिहान आयोजित कार्यक्रममा नेपाल प्रज्ञा प्रतिष्ठानका पूर्वउपकुलपति एवं वरिष्ठ साहित्यकार गङ्गाप्रसाद उप्रेतीले आचार्यको सालिकमा माल्यार्पण गर्नुभयो । भानुभक्तको सालिकमा माल्यार्पण गर्दै पूर्वउपकुलपति उप्रेतीले नेपाली भाषाको विकास गरी नेपालीलाई एकताबद्ध गर्न आदिकविको ठूलो योगदान रहेको बताउनुभयो । उहाँँले नेपाली साहित्य र समाजमा भानुभक्तको योगदान असाधारण र कालजयी रहेको उल्लेख गर्नुभयो ।

नेपाल शिक्षा परिषद्की अध्यक्ष रमा शर्माले आदिकवि आचार्यलाई सम्पूर्ण नेपालीले सदैव स्मरण गर्नुपर्ने बताउनुभयो । विसं २०१६ मा नेपाल शिक्षा परिषद्ले दरबार हाईस्कुल अगाडि निर्माण गरेको भानुभक्तको सालिकको प्रधानमन्त्री विश्वेश्वरप्रसाद कोइरालाले अनावरण गर्नुभएको थियो ।

विसं २०१६ देखि यहाँ भानु जयन्तीका अवसरमा विभिन्न कार्यक्रम गरिँदै आएको परिषद्का सदस्य सचिव लक्ष्मण थापाले जानकारी दिनुभयो ।
–––

  • Related Posts

    सशस्त्र प्रहरी वल, नेपाल पर्सा द्वारा लाखौं मूल्य बराबरको प्रतिवन्धित ब्रोईलर कुखुराको चल्ला नष्ट-

    दीपेन्द्र प्रजापति/कालो झोला । बीरगंज, २७ जेठ । सशस्त्र प्रहरी बल नेपाल नं. १३ गण मुख्यालय, पर्सा ले विशेष सूचनाको आधारमा बुधबार बिहान करिब ०७:०० बजेको समयमा पर्सा जिल्लाको बिन्दबासिनी…

    नेशनल मेडिकल कलेज र कृषि अनुसन्धान निर्देशनालय, मधेश प्रदेश बीच स्वास्थ्य सेवा सहकार्य सम्झौता सम्पन्न-

    दीपेन्द्र प्रजापति/कालो झोला । वीरगञ्ज, २५ जेठ । नेशनल मेडिकल कलेज प्रा.लि., वीरगञ्ज र कृषि अनुसन्धान निर्देशनालय, मधेश प्रदेश, परवानीपुरबीच स्वास्थ्य सेवा सहकार्य सम्बन्धी सम्झौता सम्पन्न भएको छ । सम्झौतापत्रमा…

    पहिलो

    सशस्त्र प्रहरी वल, नेपाल पर्सा द्वारा लाखौं मूल्य बराबरको प्रतिवन्धित ब्रोईलर कुखुराको चल्ला नष्ट-

    • June 10, 2026
    • 62 views
    सशस्त्र प्रहरी वल, नेपाल पर्सा द्वारा लाखौं मूल्य बराबरको प्रतिवन्धित ब्रोईलर कुखुराको चल्ला नष्ट-

    नेशनल मेडिकल कलेज र कृषि अनुसन्धान निर्देशनालय, मधेश प्रदेश बीच स्वास्थ्य सेवा सहकार्य सम्झौता सम्पन्न-

    • June 8, 2026
    • 109 views
    नेशनल मेडिकल कलेज र कृषि अनुसन्धान निर्देशनालय, मधेश प्रदेश बीच स्वास्थ्य सेवा सहकार्य सम्झौता सम्पन्न-

    देशभर सवारी दुर्घटनामा एक जनाको मृत्यु, १३४ घाइते

    • June 8, 2026
    • 41 views
    देशभर सवारी दुर्घटनामा एक जनाको मृत्यु, १३४ घाइते

    रोटरी क्लब अफ माउन्ट एभरेष्ट ललितपुर द्वारा एकदिने मानसिक स्वास्थ्य सचेतना शिविर सञ्चालन

    • June 8, 2026
    • 64 views

    भूकम्पमा मृत्यु हुनेको संख्या १५ पुग्यो, १२९ जना घाइते

    • June 8, 2026
    • 46 views
    भूकम्पमा मृत्यु हुनेको संख्या १५ पुग्यो, १२९ जना घाइते

    इरानले फेरि प्रहार गर्यो इजराइलतर्फ मिसाइल

    • June 8, 2026
    • 48 views
    इरानले फेरि प्रहार गर्यो इजराइलतर्फ मिसाइल