कारागार भवन जीर्ण, पानी चुहिँदा कैदीबन्दीलाई समस्या

पर्वत, २९ असार : झण्डै चार दशक अघि बनेको पर्वत कारागार भवन मर्मतसम्भारको अभावमा जीर्ण बन्दै गएको छ । टिनको छाना भएको भवनमा पानी चुहिन थालेपछि कैदीबन्दीलाई समस्या भएको छ ।

लामो समयसम्म टिनको छाना परिवर्तन गर्न नसक्दा खिया लागेर पानी चुहिन थालेको हो । हिउँदमा धेरै समस्या नभए पनि निरन्तरजसो पानी पर्ने वर्षायाममा कैदीबन्दीलाई रात काट्न समस्या परेको छ । छानाबाट पानी चुहिएर ओछ्यान भिज्ने र खाना पकाउन समस्या भएको कैदीबन्दीले गुनासो गरेका छन् ।

पानी चुहिएर कैदीबन्दी समस्यामा परेको गुनासो आएपछि कारागार कार्यालयले चार त्रिपालले छानो ढाकेको छ । मर्मत गर्न बजेट नभएका कारण त्रिपालले ढाकेको कारागार कार्यालयका सूचना अधिकारी निर्मल पौडेलले जानकारी दिनुभयो । कारागार भवन पुनःनिर्माण गर्नुपर्ने उहाँले बताउनुभयो ।

कारागारमा पुरुष ब्लकतर्फ बढी समस्या रहेको छ । पुरुष बस्ने भवन मर्मतसम्भार हुन सकेको छैन । क्षमताभन्दा चार गुणा बढी रहेको साँघुरो भवनमा वर्षायाममा पानी चुहिने समस्याले दैनिक जीवनयापनमा समस्या भएको सूचना अधिकारी पौडेलले बताउनुभयो ।

कारागार भवन पुनःनिर्माण गर्न माग गर्दै आएपनि गृह मन्त्रालय, कारागार व्यवस्थापन विभागलगायतले चासो नदिएको कार्यालयले जनाएको छ । अहिले पर्वत जिल्ला कारागारमा क्षमताभन्दा झण्डै चार गुणा बढी कैदीबन्दी रहेका छन् । पच्चीस कैदीबन्दीको क्षमता रहेको कारागारमा अहिले ९३ जना रहेका छन् । कैदीबन्दीमा तीन महिला र एक नाबालक छन् ।

क्षमताभन्दा बढी कैदीबन्दी भएपछि तिनको व्यवस्थापन गर्न समस्या भएकबो कारागार कार्यालयका जेलर शिला श्रेष्ठले बताउनुभयो । क्षमताभन्दा बढी कैदीबन्दी राख्दा उनीहरुलाई सुत्न समस्या भएको छ । त्यहाँ शौचालयको समेत समस्या छ ।
–––

  • Related Posts

    सुदूरपश्चिमले आर्मीलाई दियो १६२ रनको लक्ष्य

    काठमाडौँ । पीएम कपको फाइनलमा सुदूरपश्चिम प्रदेशले त्रिभुवन आर्मी क्लबलाई १६२ रनको लक्ष्य दिएको छ । पर्सामा जारी फाइनल खेलमा टस जितेर पहिला ब्याटिंग गरेको सुदूरपश्चिम प्रदेशले ३९.४ ओभरमा अल…

    हेलिकप्टर दुर्घटना, ८ जनाको मृत्यु

    काठमाडौँ । इन्डोनेसियाको कालिमन्तन प्रान्तमा एक हेलिकोप्टर दुर्घटनाग्रस्त हुँदा त्यसमा सवार सबै ८ जनाको मृत्यु भएको पुष्टि भएको छ । अधिकारीहरूका अनुसार हेलिकोप्टर बिहीबार बिहान प्लान्टेशन क्षेत्रबाट उडेको केही ५…

    पहिलो

    सुदूरपश्चिमले आर्मीलाई दियो १६२ रनको लक्ष्य

    • April 17, 2026
    • 25 views
    सुदूरपश्चिमले आर्मीलाई दियो १६२ रनको लक्ष्य

    हेलिकप्टर दुर्घटना, ८ जनाको मृत्यु

    • April 17, 2026
    • 25 views
    हेलिकप्टर दुर्घटना, ८ जनाको मृत्यु

    विभिन्न देश पठाइदिन्छु भन्दै ठगी गर्ने चार जना पक्राउ

    • April 17, 2026
    • 26 views
    विभिन्न देश पठाइदिन्छु भन्दै ठगी गर्ने चार जना पक्राउ

    कार्की आयोगको प्रतिवेदन बारे काँग्रेसले निकाल्यो यस्तो निष्कर्ष

    • April 17, 2026
    • 14 views
    कार्की आयोगको प्रतिवेदन बारे काँग्रेसले निकाल्यो यस्तो निष्कर्ष

    काँग्रेसको आधिकारिकता विवादको रिटको सुनुवाई आज पनि

    • April 17, 2026
    • 28 views
    काँग्रेसको आधिकारिकता विवादको रिटको सुनुवाई आज पनि