काठमाडौँ महानगरका सामुदायिक विद्यालय र अस्पताल क्यान्टिनको खाद्य स्वच्छतामा कडाई

 काठमाडौँ महानगरपालिकाले खाद्य स्वच्छता कायम गराउन खाद्य व्यावसायीलाई क्षमता विकासका कार्यक्रम र अनुगमनलाई एकसाथ अगाडि बढाएको छ ।

यस क्रममा महानगरपालिका र खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागको संयुक्त टोलीले सामुदायिक विद्यालयका क्यान्टिन र अस्पतालका क्यान्टिनहरुमा अनुगमन गरिरहेको छ । अहिलेसम्ममा पशुपति मित्र माध्यमिक विद्यालय चावहिलको (जानकी किचेन) क्यान्टिन तथा विद्यार्थीहरूको दिवा खाजा तयार गर्ने भान्छा, श्रम राष्ट्रिय माध्यमिक विद्यालय कुमारीगाल, शिवपुरी माध्यमिक विद्यालय महाराजगञ्जको (नमो फुड कोड) क्यान्टिन, रत्नराज्य स्कुल वानेश्वरको क्यान्टिन, के. एम.सी. हस्पिटल सिनामंगल (ग्रीन बड्स बेकरी क्याफे) क्यान्टिन, भरोसा अस्पताल वानेश्वरको (सुदूरपश्चिम भोजनालय एण्ड खाजा घर) लगायतका क्यान्टिनको अनुगमन गरिएको छ । 

अनुगमनका क्रममा कमजोरी सुधारका लागि सुझाव दिने र अखाद्य वस्तुको अनियन्त्रित प्रयोग भएको भेटिएमा सम्बन्धित व्यक्तिको रोहवरमा नष्ट गर्ने गरिएको छ । 

प्रायःजसो विद्यालय क्यान्टिनमा सरसफाइमा लापर्वाही देखिन्छ । लगाउने कपडा र खाद्यवस्तु सँगै राख्ने गरिएको पाइन्छ । तयारी खाद्यवस्तु नछोपी राख्ने, भण्डारण अव्यवस्थित हुने, फोहर फाल्ने भाँडो (डस्टबिन) को समुचित प्रयोग नगर्ने तथा किचेनको संरचनागत सुधार नगरिएको जस्ता कैफियत छन् । भेटिएको खाद्य तथा गुण नियन्त्रण विभागका खाद्य निरीक्षक दृष्टि ढकालका अनुसार क्यान्टिनमा प्रयोग गरिएको फ्राइड तेलको टिपिएम भ्यालु मापदण्ड विपरीत समेत पाइएको छ । खाद्यवस्तु ढाकेर नराख्ने, किचेनको भुइँ व्यवस्थापन र सरसफाइमा ध्यान नदिने, एकै ठाउँमा खाना तयार गर्ने र भाँडा माझ्ने, आगो सुरक्षाका उपकरणमा ध्यान नदिने साझा समस्या हुन् । 

महानगरपालिकाले बालबालिकाको स्वास्थ्य, पोषण र दिवा खाजा कार्यक्रमको गुणस्तर सुधार गर्न सामुदायिक विद्यालयका २३ मिल नर्ससहित ४५ जनालाई खाद्य स्वच्छता तथा पोषण सम्बन्धी तालिम दिइसकेको छ । महानगरपालिकाका फुड टेक्नोलोजिष्ट भारती अधिकारीका अनुसार खाद्य स्वच्छता अभ्यास, खाद्यजन्य रोगको जोखिम, सुरक्षित खाना ह्यान्डलिङ, पोषणयुक्त दिवा खाजाको व्यवस्थापन तथा रोग रोकथाममा स्कूल नर्सको भूमिका तालिमका विषय थिए । नेपाल सरकारले आ. व. २०७७/०७८ बाट प्रारम्भिक बाल विकासदेखि कक्षा ५ सम्म तथा आ. व. २०७९/८० देखि कक्षा ६ सम्म दिवा खाजा कार्यक्रम गरेको छ । काठमाडौँ महानगरपालिकाले भने कक्षा १० सम्मका विद्यार्थीहरुलाई दिवा खाजा उपलब्ध गराउँछ । ३४ वटा विद्यालयमा मिल नर्सको व्यवस्था गरिएको छ । 

  • Related Posts

    देशभर सवारी दुर्घटनामा एक जनाको मृत्यु, १३४ घाइते

    काठमाडौँ । पछिल्लो २४ घण्टामा देशका विभिन्न स्थानमा भएका सवारी दुर्घटनामा एक जनाको मृत्यु भएको छ । नेपाल प्रहरीले दिएको जानकारी अनुसार दुर्घटनामा कोशी प्रदेशमा एक जनाको मृत्यु भएको छ…

    रोटरी क्लब अफ माउन्ट एभरेष्ट ललितपुर द्वारा एकदिने मानसिक स्वास्थ्य सचेतना शिविर सञ्चालन

    ललितपुरको खोकनास्थित श्री रुद्रायणी माध्यमिक विद्यालय परिसरमा रोटरी क्लब अफ माउन्ट एभरेष्ट ललितपुरले एकदिने मानसिक स्वास्थ्य सचेतना शिविर सञ्चालन गरेको छ। समाज रूपान्तरणका लागि विभिन्न सामाजिक तथा जनचेतनामूलक कार्यक्रम गर्दै…

    पहिलो

    कार्यवाहक प्रमुख आलमको सक्रियतामा वीरगंजको सरसफाइ विवाद मिल्यो, आन्दोलन फिर्ता-

    • June 28, 2026
    • 72 views
    कार्यवाहक प्रमुख आलमको सक्रियतामा वीरगंजको सरसफाइ विवाद मिल्यो, आन्दोलन फिर्ता-

    बीरगञ्जमा सरसफाइ कर्मीहरु आन्दोलित, कार्यवाहक नगर प्रमुख आलम द्वारा तत्काल समाधान गर्न ठेकेदारलाई निर्देशन-

    • June 28, 2026
    • 66 views
    बीरगञ्जमा सरसफाइ कर्मीहरु आन्दोलित, कार्यवाहक नगर प्रमुख आलम द्वारा तत्काल समाधान गर्न ठेकेदारलाई  निर्देशन-

    नेशनल मेडिकल कलेजमा ६ दिने फ्याकल्टी डेभलपमेन्ट ट्रेनिङ (FDT) सफलतापूर्वक सम्पन्न-

    • June 26, 2026
    • 122 views
    नेशनल मेडिकल कलेजमा ६ दिने फ्याकल्टी डेभलपमेन्ट ट्रेनिङ (FDT) सफलतापूर्वक सम्पन्न-

    सशस्त्र प्रहरी बल नेपाल नं.१३ गण हे.क्वा पर्सा द्वारा रु. १७ लाख ८५ हजार १ सय ७० बराबरको विभिन्न अवैध सामान सहित, सवारी साधन तथा एक जना व्यक्ति पक्राउ-

    • June 25, 2026
    • 121 views
    सशस्त्र प्रहरी बल नेपाल नं.१३ गण हे.क्वा पर्सा द्वारा  रु. १७ लाख ८५ हजार १ सय ७० बराबरको विभिन्न अवैध सामान सहित, सवारी साधन तथा एक जना व्यक्ति पक्राउ-

    सशस्त्र प्रहरी बल नेपाल नं.१३ गण हे.क्वा पर्साद्वारा कर्डन यन्ड सर्च अप्रेशन संचालन गरी भारी मात्रामा लागु औषध गाँजा बरामद-

    • June 25, 2026
    • 92 views
    सशस्त्र प्रहरी बल नेपाल नं.१३ गण हे.क्वा पर्साद्वारा कर्डन यन्ड सर्च अप्रेशन संचालन गरी भारी मात्रामा लागु औषध गाँजा बरामद-

    बीरगंज महानगरपालिकाको २० औं अधिवेशन भव्य रूपमा सम्पन्न, ४ अर्ब ४२ करोड ३४ लाख ६९ हजार रुपैयाँको अनुमानित बजेट प्रस्तुत-

    • June 24, 2026
    • 115 views
    बीरगंज महानगरपालिकाको २० औं अधिवेशन भव्य रूपमा सम्पन्न, ४ अर्ब ४२ करोड ३४ लाख ६९ हजार रुपैयाँको अनुमानित बजेट प्रस्तुत-