काठमाडौँ महानगरमा एसईई नतिजा सुधारका लागि विशेष कक्षा सुरु

काठमाडौँ महानगरले माध्यमिक शिक्षा परीक्षा (एसईई) को नतिजा सुधारका लागि ६ वटा विद्यालयमा विशेष कक्षा सुरु गरेको छ ।

गत वर्षहरुका लिइएको एसईई परीक्षामा ५० प्रतिशतभन्दा कम विद्यार्थी उत्तीर्ण भएका ११ वटा विद्यालयमा विशेष कक्षा सञ्चालन गर्ने विभागको योजना छ । यीमध्ये पहिलो चरणमा धेरै विद्यार्थी भएका गीतामाता माध्यमिक विद्यालय, कोटेश्वर सरस्वती माध्यमिक विद्यालय, जुद्धोदय माध्यमिक विद्यालय, पद्मकन्या माध्यमिक विद्यालय, परोपकार माध्यमिक विद्यालय र गुहेश्वरी बाल शिक्षा माध्यमिक विद्यालयमा कक्षा सुरु गरिएको हो । यी विद्यालयमा विशेष कक्षाको आवश्यकता भएका ५२३ जना विद्यार्थीलाई कक्षामा सहभागी गराइनेछ । विषय विज्ञ, स्रोत शिक्षक, सेवा निवृत्त शिक्षकहरुले यी कक्षाहरु लिने महानगरले जनाएको छ । 

न्यून नतिजा र न्यून विद्यार्थी भएका प्रभात माध्यमिक विद्यालय, नवयुग माध्यमिक विद्यालय, नेपाल आदर्श माध्यमिक विद्यालय, भक्त विद्याश्रम माध्यमिक विद्यालय र नन्दी रात्री माध्यमिक विद्यालयमा आउँदो चैत ३ गतेपछि कक्षा सञ्चालन हुनेछन् । यी विद्यालयहरुका १०४ जना विद्यार्थीलाई विशेष कक्षामा सहभागी गराइनेछ । यी दुवै समूहमा गरी ६२७ जना विद्यार्थीलाई विशेष कक्षा प्रदान गरिनेछ । यो कुल परीक्षार्थीको १३ प्रतिशत हो । 

यस वर्ष महानगरपालिकाभित्रका सामुदायिक विद्यालयबाट करिव ४ हजार ५५७ जना विद्यार्थी एसईई परीक्षामा सहभागी हुनेछन् । 

सिकाइ उपलब्धि न्यून भएका विद्यार्थीहरुलाई एसईई उत्तीर्ण गराउन आवश्यक परीक्षामा सहभागी हुने सिप र लेखन शैलीमा आवश्यक ज्ञान, सिप प्रदान गरेर समग्र महानगरपालिकाभित्रका सामुदायिक विद्यालयहरुको एसईई उत्तीर्ण प्रतिशत वृद्धि गर्ने विशेष कक्षाको मुख्य उद्देश्य रहेको महानगरले बताएको छ । यसमा विगत वर्षमा सन्तोषजनक नतिजा हासिल गर्न नसकेको विद्यालयहरुलाई प्राथमिकतामा राखिएको छ । यसबाहेकका अन्य विद्यालयहरुले कक्षा माग गरेमा विभागले उपलब्ध गराउनेछ । 

पाठ्यक्रम, सहपाठ्यक्रम र अतिरिक्त पाठ्यक्रमलाई एकीकृत गरेर विद्यार्थीको बहुआयामिक सिकाइ अभ्यासबाट विद्यालयहरुमा शैक्षिक वातावरणमा सुधार आएको छ । अध्यापनप्रति शिक्षकहरुको सक्रियता बढेको छ । विद्यार्थीहरुमा मिहिनेत गर्ने बानीको विकास भएको छ । कक्षा १० सम्मका विद्यार्थीलाई महानगरपालिकाले उपलब्ध गराएको दिवा खाजाले विद्यार्थी र अभिभावकमा विद्यालयप्रति आकर्षण बढेको छ । विद्यार्थीहरुमा सिकाइप्रति रुचि बढेको छ । सिकाइ क्रियाकलापलाई प्रभावकारी बनाउन र तनावरहित सिकाइलाई अभ्यासमा ल्याउन ‘पुस्तक रहित शुक्रवार’ कार्यक्रम सञ्चालनले सिकाइप्रति प्रोत्साहित गरेको छ । 

प्रधानाध्यापकलाई व्यवस्थापकीय पक्षसहित, शिक्षकहरूलाई विषयगत तालिम तथा समग्र चेतना विकासको आधारभूत तालिम, प्रविधिमा जोड्ने सिप, शैक्षिक क्रियाकलापको सबलीकरणका लागि डिजिटल क्रियाकलाप, शिक्षण सिकाई पेडागोजीमा सुधार, असल अभ्यास आदानप्रदान, विद्यार्थीको नतिजा सुधार तथा सफलताका लागि योगदान गर्ने कार्यक्रम हुन् । 

२०८१ को माध्यमिक शिक्षा परीक्षा (एसईई) मा सहभागी विद्यार्थीमध्ये ७८९ जना विद्यार्थीले ३.६१ देखि ४ जीपीए प्राप्त गरेका थिए । यसमा १७ जनाले ४ जीपीए पाए । यो नतिजा २०८० कोभन्दा ४४.७७ प्रतिशत धेरै हो । त्यस वर्ष (२०८०) मा ५४५ जनाले ३.६१ देखि ४ जीपीए प्राप्त गरेका थिए । २०८१ सालको परीक्षामा ३.२१ देखि ३.६ जीपीए ल्याउने विद्यार्थीको संख्या १ हजार १४८ जना थियो । यस्तै २.८१ देखि ३.२ जीपीए ल्याउने ८९० जना, २.४१ देखि २.८ जीपीए ल्याउने २५७ जना, २.०१ देखि २.४ जीपीए ल्याउने १६ जना थिए । 

  • Related Posts

    नक्कली शैक्षिक प्रमाणपत्र पेश गरी नियुक्ति लिएका

    काठमाडौं । नक्कली शैक्षिक प्रमाणपत्र पेश गरी शिक्षक पदमा नियुक्ति लिएको आरोपमा नवलपरासीका एक शिक्षकविरुद्ध विशेष अदालतमा भ्रष्टाचार मुद्दा दायर गरिएको छ । नवलपरासी (बर्दघाट–सुस्तापूर्व) विनयी त्रिवेणी गाउँपालिका–२ निवासी कृष्णबहादुर…

    काठमाडौँ । काठमाडौँ महानगरपालिकाले कक्षा ११ र १२ को छात्रवृत्तिमा अपाङ्गता भएका अभिभावकका सन्तति र संरक्षित परिवारका बालबालिकालाई आरक्षित समूहमा आवेदन दिन सक्ने व्यवस्था मिलाएको छ । जेठ ३ गते…

    पहिलो

    सशस्त्र प्रहरी वल, नेपाल पर्सा द्वारा लाखौं मूल्य बराबरको प्रतिवन्धित ब्रोईलर कुखुराको चल्ला नष्ट-

    • June 10, 2026
    • 43 views
    सशस्त्र प्रहरी वल, नेपाल पर्सा द्वारा लाखौं मूल्य बराबरको प्रतिवन्धित ब्रोईलर कुखुराको चल्ला नष्ट-

    नेशनल मेडिकल कलेज र कृषि अनुसन्धान निर्देशनालय, मधेश प्रदेश बीच स्वास्थ्य सेवा सहकार्य सम्झौता सम्पन्न-

    • June 8, 2026
    • 109 views
    नेशनल मेडिकल कलेज र कृषि अनुसन्धान निर्देशनालय, मधेश प्रदेश बीच स्वास्थ्य सेवा सहकार्य सम्झौता सम्पन्न-

    देशभर सवारी दुर्घटनामा एक जनाको मृत्यु, १३४ घाइते

    • June 8, 2026
    • 41 views
    देशभर सवारी दुर्घटनामा एक जनाको मृत्यु, १३४ घाइते

    रोटरी क्लब अफ माउन्ट एभरेष्ट ललितपुर द्वारा एकदिने मानसिक स्वास्थ्य सचेतना शिविर सञ्चालन

    • June 8, 2026
    • 64 views

    भूकम्पमा मृत्यु हुनेको संख्या १५ पुग्यो, १२९ जना घाइते

    • June 8, 2026
    • 46 views
    भूकम्पमा मृत्यु हुनेको संख्या १५ पुग्यो, १२९ जना घाइते

    इरानले फेरि प्रहार गर्यो इजराइलतर्फ मिसाइल

    • June 8, 2026
    • 48 views
    इरानले फेरि प्रहार गर्यो इजराइलतर्फ मिसाइल