काठमाडौँ महानगरमा ज्येष्ठ नागरिकको स्वास्थ्य सर्वेक्षण सुरु

काठमाडौँ महानगरपालिकाभित्रका ज्येष्ठ नागरिकहरुको स्वास्थ्य अवस्था सर्वेक्षणका लागि सबै वडाहरुमा स्वास्थ्यकर्मीको टोली परिचालन गरेको छ । ७० वर्ष माथिका जेष्ठ नागरिकहरुलाई घरमै आधारभूत स्वास्थ्य सेवा प्रदान गर्ने कार्यक्रमलाई वास्तविकतामा आधारित बनाउन आवश्यक पर्ने तथ्य संकलन र स्वास्थ्य परीक्षणका लागि टोली परिचालन गरिएको हो । 

जसको केही छैन अर्थात् आर्थिक अवस्था कमजोर छ । जसको कोही छैन अर्थात सम्पत्ति छ तर सहयोग गर्ने परिवारका सदस्य कोही साथमा छैनन् । साथमा परिवारका सदस्य त छन् । तर, आफूजस्तै अशक्त छन् । त्यस्ता ज्येष्ठ नागरिकलाई पहिलो प्राथमिकतामा राखेर घरमै सेवा दिने लक्ष्यसहित उपचार र सर्वेक्षण थालिएको हो । 

फिल्डमा खटिने स्वास्थ्यकर्मीहरुलाई हौसला प्रदान गर्न तथा ज्येष्ठ नागरिकहरुको आवश्यकता र आवाज बुझ्न कार्यवाहक प्रमुख सुनिता डंगोल वडा नम्बर ३१ र २७ मा पुगेकी थिइन् । त्यस क्रममा अशक्त ज्येष्ठ नागरिक र परिवारसँग उनीहरुका चाहना, अपेक्षा र आवश्यकता सोधेकी थिइन् । ज्येष्ठ नागरिकको घरमा कार्यवाहक प्रमुखका साथमै गएका वडाध्यक्षहरु सरोज ढकाल र योगेश खड्गीले, हरेक नागरिकका ढोकामा पुगेर दुःख सुख सोध्ने कार्यक्रमलाई प्राथमिकता दिएको बताए । 

फिल्डमा स्वास्थ्यकर्मीहरुले ज्येष्ठ नागरिकको रक्तचाप, ग्लुकोज, ज्वरो, पल्सलगायत जाँच गर्ने महानगरले जानकारी दिएको छ । विगतमा गरिएका उपचार, प्रयोग गर्दै गरेका औषधि, प्रयोग गरेर छोडेका औषधिका बारेमा जानकारी लिन्छन् । खानापान, व्यायाम र अन्य दैनिक क्रियाकलापका बारेमा जानकारी लिने बताइएको छ ।

आवश्यकताका आधारमा तत्काल आधारभूत उपचार गर्न स्टेराइल गज, ब्यान्डेज, एन्टिसेफ्टिक व्यान्डेज, ट्रयाङगुलर व्यान्डेज, क्रेप व्यान्डेज, एन्टिसेफ्टिक वाइप, कपास, मेडिकल टेप, स्टेराइल ड्रेसिङ् सेट उनीहरुकै साथमा हुन्छ । यस्तै, पाराासिटामोल, आइबुप्रोफेन, एन्टिसेफ्टिक घोल, एन्टासिड ट्याब्लेट, ओरल रिहाइड्रेसन सोलुसन, पोलेको ठाउँमा लगाउने मलम, एलर्जीका लागि एन्टिहिस्टामिन चक्कीसहित औषधि पनि साथमै लिएर गएको महानगरले जनाएको छ । 

  • Related Posts

    विभिन्न देश पठाइदिन्छु भन्दै ठगी गर्ने सात जना पक्राउ

    काठमाडौं । वैदेशिक रोजगारीमा आकर्षक तलबको प्रलोभनमा पारी विभिन्न देश पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा ७ जनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा काठमाडौं महानगरपालिका-११ स्थित डब्लु डब्लु…

    घुस लिएको मुद्धामा प्रतिकुल बयान दिने तीन जनाविरुद्ध मुद्धा

    काठमाडौं । विशेष अदालतमा दर्ता भएको घुस तथा रिसवतसम्बन्धी भ्रष्टाचार मुद्दामा सरकारी साक्षीका रूपमा प्रस्तुत भएका तीन जनाविरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगले आरोपपत्र दायर गरेको छ । विशेष अदालतमा दर्ता…

    पहिलो

    नेइमारले विश्वकपको पहिलो खेल गुमाउने

    • May 28, 2026
    • 16 views
    नेइमारले विश्वकपको पहिलो खेल गुमाउने

    वीरगंज महानगर द्वारा कक्षा ९ र ११ का लागि छात्रवृत्ति आवेदन खुला-

    • May 28, 2026
    • 73 views
    वीरगंज महानगर द्वारा कक्षा ९ र ११ का लागि छात्रवृत्ति आवेदन खुला-

    “भारत र पाकिस्तान अझै पनि सिन्धु जल सन्धि पुनर्स्थापित गर्न सहमत हुन सक्दैनन्, तर पुन: संलग्नताले दिगो शान्ति ल्याउन मद्दत गर्न सक्छ”

    • May 27, 2026
    • 54 views

    भारत सरकार द्वारा नेपाल सरकार लाई दश वटा कैदी वाहक ट्रक उपहार-

    • May 26, 2026
    • 64 views
    भारत सरकार द्वारा नेपाल सरकार लाई दश वटा कैदी वाहक ट्रक उपहार-

    विभिन्न देश पठाइदिन्छु भन्दै ठगी गर्ने सात जना पक्राउ

    • May 26, 2026
    • 52 views
    विभिन्न देश पठाइदिन्छु भन्दै ठगी गर्ने सात जना पक्राउ

    घुस लिएको मुद्धामा प्रतिकुल बयान दिने तीन जनाविरुद्ध मुद्धा

    • May 26, 2026
    • 39 views
    घुस लिएको मुद्धामा प्रतिकुल बयान दिने तीन जनाविरुद्ध मुद्धा