क्यान्सरपीडित बालकको उपचारमा आर्थिक अभाव

सिमकोट (हुम्ला), १४ साउनः जिल्लाको सिमकोट गाउँपालिका–८ स्याडाका १० वर्षीय क्यान्सरपीडित बालकलाई उपचारमा आर्थिक अभाव भएको छ ।

दीपेश बुढा मस्तिष्क क्यान्सर (ब्रेन ट्युमर) ले ग्रसित हुँदा उपचारका लागि आर्थिक अभाव भएको आफन्तले बताउने गरेका छन् । चिकित्सकका अनुसार क्यान्सरबाट पीडित छोराको शल्यक्रिया गर्नुपर्ने भए पनि आर्थिक अभावले समस्या भएको बुबा बलबहादुर बुढाले गुनासो पोख्नुभयो । छोरालाई शल्यक्रिया गर्न काठमाडौँ पु¥याइएको जनाउँदै रकम जुटाउन नसक्दा शल्यक्रिया नभएको उहाँले बताउनुभयो । छोराको उपचारका लागि बुबाले सहयोगका लागि सबैसँग आग्रह गर्नुभएको सिमकोट–८ का वडाध्यक्ष कमल बुढाले बताउनुभयो । बालकको थप उपचार गर्न निजको घरको आर्थिक अवस्था कमजोर भएकाले सबैलाई सहयोग गर्न उहाँले अनुरोध गर्नुभयो । आइतबारदेखि सहयोग सङ्कलन थालिएको बताउँदै वडाध्यक्ष बुढाले हिजो पहिलो दिन रु ४३ हजार १५ सङ्कलन भएको जानकारी दिनुभयो । “क्यान्सरपीडित बालकलाई सहयोग गर्न बालकका नाममा रहेको वाणिज्य बैङ्कको खाता नम्बर ४१९०१०००००५६८११८ मार्फत सहयोग गर्न सकिन्छ”, उहाँले भन्नुभयो ।

  • Related Posts

    देशभर सवारी दुर्घटनामा एक जनाको मृत्यु, १३४ घाइते

    काठमाडौँ । पछिल्लो २४ घण्टामा देशका विभिन्न स्थानमा भएका सवारी दुर्घटनामा एक जनाको मृत्यु भएको छ । नेपाल प्रहरीले दिएको जानकारी अनुसार दुर्घटनामा कोशी प्रदेशमा एक जनाको मृत्यु भएको छ…

    रोटरी क्लब अफ माउन्ट एभरेष्ट ललितपुर द्वारा एकदिने मानसिक स्वास्थ्य सचेतना शिविर सञ्चालन

    ललितपुरको खोकनास्थित श्री रुद्रायणी माध्यमिक विद्यालय परिसरमा रोटरी क्लब अफ माउन्ट एभरेष्ट ललितपुरले एकदिने मानसिक स्वास्थ्य सचेतना शिविर सञ्चालन गरेको छ। समाज रूपान्तरणका लागि विभिन्न सामाजिक तथा जनचेतनामूलक कार्यक्रम गर्दै…

    पहिलो

    सशस्त्र प्रहरी वल, नेपाल पर्सा द्वारा लाखौं मूल्य बराबरको प्रतिवन्धित ब्रोईलर कुखुराको चल्ला नष्ट-

    • June 10, 2026
    • 82 views
    सशस्त्र प्रहरी वल, नेपाल पर्सा द्वारा लाखौं मूल्य बराबरको प्रतिवन्धित ब्रोईलर कुखुराको चल्ला नष्ट-

    नेशनल मेडिकल कलेज र कृषि अनुसन्धान निर्देशनालय, मधेश प्रदेश बीच स्वास्थ्य सेवा सहकार्य सम्झौता सम्पन्न-

    • June 8, 2026
    • 117 views
    नेशनल मेडिकल कलेज र कृषि अनुसन्धान निर्देशनालय, मधेश प्रदेश बीच स्वास्थ्य सेवा सहकार्य सम्झौता सम्पन्न-

    देशभर सवारी दुर्घटनामा एक जनाको मृत्यु, १३४ घाइते

    • June 8, 2026
    • 45 views
    देशभर सवारी दुर्घटनामा एक जनाको मृत्यु, १३४ घाइते

    रोटरी क्लब अफ माउन्ट एभरेष्ट ललितपुर द्वारा एकदिने मानसिक स्वास्थ्य सचेतना शिविर सञ्चालन

    • June 8, 2026
    • 67 views

    भूकम्पमा मृत्यु हुनेको संख्या १५ पुग्यो, १२९ जना घाइते

    • June 8, 2026
    • 49 views
    भूकम्पमा मृत्यु हुनेको संख्या १५ पुग्यो, १२९ जना घाइते

    इरानले फेरि प्रहार गर्यो इजराइलतर्फ मिसाइल

    • June 8, 2026
    • 52 views
    इरानले फेरि प्रहार गर्यो इजराइलतर्फ मिसाइल