सडक स्तरोन्नतिपछि स्थानीयवासीमा उत्साह

टक्सार (भोजपुर), १३ साउनः भोजपुर नगरपालिका–९ काफ्ले हुँदै वडा नं १० भैसिपङ्खा जोडने काफ्ले–महभिर–खुरिला–मिलन चोक सडक स्तरोन्नति भएसँगै स्थानीयवासीमा उत्साह छाएको छ ।

आर्थिक वर्ष २०८०÷८१ को सहरी विकास मन्त्रालयमार्फत विनियोजित बजेटबाट ग्रामीण सडक स्तरोन्नति गरिएको हो । एक करोड १० लाखमा सडक स्तरोन्नति भएपछि आवतजावतमा सहज भएको स्थानीय सविना राईले बताउनुभयो । निर्माण व्यवसायी र उपभोक्ता समितिमार्फत सडक निर्माण भएको हो । काफ्ले–महभिर–खुरिलादेखि नोरपायासम्म सविन निर्माण सेवा नामक कम्पनीले ८० लाखको लागतमा सडक स्तरोन्नति गरेको हो । उपभोक्ता समितिमार्फत ३० लाख लागतमा मिलन चोकदेखि असिनेसम्मको सडक स्तरोन्नति गरिएको भोजपुर नगरपालिका–१० का वडाध्यक्ष सुबिन राईले जानकारी दिनुभयो । वडाध्यक्ष राईका अनुसार सडक चौडा गर्ने, खोला क्षेत्रमा कजवे निर्माण, सोलिङ, ढलान, पर्खाल लगाउनेलगायतका काम गरिएका छन् । मिलन चोक क्षेत्रबाट करिब दुई सय मिटर सडक ढलान भएको छ । यस्तै, महभिर खोला, काल्चे खोला, खुरिला खोला साछिम खोलालगायतका क्षेत्रमा कजवे निर्माण गरिएको छ । साँघुरो तथा सानो सडकका कारण समस्या हुने गरेको अवस्थामा अब सवारी साधन सहजरुपमा सञ्चालन हुने स्थानीय ज्ञानबहादुर राईले बताउनुभयो । सडक स्तरोन्नतिले कृषि उपज व्यापारमा सहज हुने राईको भनाइ छ । ट्र्याक्टर, मोटरसाइकलसमेत नचल्ने अवस्थाको सडक स्तरोन्नति हुँदा स्थानीयका लागि सुविधा भएको स्थानीय लक्ष्मी राईले बताउनुभयो । राईले भन्नुभयो, “नाम्लो र डोकोको भरमा स्थानीयस्तरमा उत्पादित सामग्रीहरु हाट बजारसम्म पु¥याउनुपर्ने अवस्थामा अब सडक बनेपछि सहज भएको छ ।”

  • Related Posts

    देशभर सवारी दुर्घटनामा एक जनाको मृत्यु, १३४ घाइते

    काठमाडौँ । पछिल्लो २४ घण्टामा देशका विभिन्न स्थानमा भएका सवारी दुर्घटनामा एक जनाको मृत्यु भएको छ । नेपाल प्रहरीले दिएको जानकारी अनुसार दुर्घटनामा कोशी प्रदेशमा एक जनाको मृत्यु भएको छ…

    रोटरी क्लब अफ माउन्ट एभरेष्ट ललितपुर द्वारा एकदिने मानसिक स्वास्थ्य सचेतना शिविर सञ्चालन

    ललितपुरको खोकनास्थित श्री रुद्रायणी माध्यमिक विद्यालय परिसरमा रोटरी क्लब अफ माउन्ट एभरेष्ट ललितपुरले एकदिने मानसिक स्वास्थ्य सचेतना शिविर सञ्चालन गरेको छ। समाज रूपान्तरणका लागि विभिन्न सामाजिक तथा जनचेतनामूलक कार्यक्रम गर्दै…

    पहिलो

    सशस्त्र प्रहरी वल, नेपाल पर्सा द्वारा लाखौं मूल्य बराबरको प्रतिवन्धित ब्रोईलर कुखुराको चल्ला नष्ट-

    • June 10, 2026
    • 82 views
    सशस्त्र प्रहरी वल, नेपाल पर्सा द्वारा लाखौं मूल्य बराबरको प्रतिवन्धित ब्रोईलर कुखुराको चल्ला नष्ट-

    नेशनल मेडिकल कलेज र कृषि अनुसन्धान निर्देशनालय, मधेश प्रदेश बीच स्वास्थ्य सेवा सहकार्य सम्झौता सम्पन्न-

    • June 8, 2026
    • 117 views
    नेशनल मेडिकल कलेज र कृषि अनुसन्धान निर्देशनालय, मधेश प्रदेश बीच स्वास्थ्य सेवा सहकार्य सम्झौता सम्पन्न-

    देशभर सवारी दुर्घटनामा एक जनाको मृत्यु, १३४ घाइते

    • June 8, 2026
    • 45 views
    देशभर सवारी दुर्घटनामा एक जनाको मृत्यु, १३४ घाइते

    रोटरी क्लब अफ माउन्ट एभरेष्ट ललितपुर द्वारा एकदिने मानसिक स्वास्थ्य सचेतना शिविर सञ्चालन

    • June 8, 2026
    • 67 views

    भूकम्पमा मृत्यु हुनेको संख्या १५ पुग्यो, १२९ जना घाइते

    • June 8, 2026
    • 49 views
    भूकम्पमा मृत्यु हुनेको संख्या १५ पुग्यो, १२९ जना घाइते

    इरानले फेरि प्रहार गर्यो इजराइलतर्फ मिसाइल

    • June 8, 2026
    • 52 views
    इरानले फेरि प्रहार गर्यो इजराइलतर्फ मिसाइल