खाद्य पदार्थको पैठारी पूर्व स्वीकृति तथा अनुमति लिनुपर्ने

काठमाडौँ । खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागले पूर्व स्वीकृति तथा नाकामा प्रवेश अनुमति लिएर मात्र खाद्य पदार्थको पैठारी गर्न भनेको छ ।

विभागले सूचना जारी गरी खाद्य पदार्थहरूको पैठारी गर्नुअघि विभागबाट स्वीकृति लिएर आयात गर्न र भन्सार नाकामा आए पश्चात् खाद्य आयात निर्यात गुणस्तर प्रमाणीकरण कार्यालयबाट प्रवेश अनुमति लिएर मात्र खाद्य पदार्थ पैठारी गर्न गराउन खाद्य पदार्थ पैठारीकर्ताहरूलाई भनेको हो । विभागका अनुसार यो नियम शनिवार (आज)देखि लागू भएको छ ।पूर्व स्वीकृति तथा नाकामा प्रवेश अनुमति नलिई खाद्य पदार्थ पैठारी गरेको पाइएमा कानूनबमोजिम कारबाही हुने विभागले जनाएको छ ।

‘खाद्य स्वच्छता तथा गुणस्तर ऐन, २०८१ को दफा १३ को उपदफा (१) बमोजिम खाद्य पदार्थको पैठारी गर्न चाहने खाद्य व्यवसायीले खाद्य पदार्थ पैठारी गर्नुअघि विभाग वा विभागले तोकेको कार्यालयबाट स्वीकृति लिनुपर्ने र उपदफा (२) बमोजिम खाद्य पदार्थ पैठारी गर्नुअघि स्वीकृति प्राप्त गरी पैठारीको लागि प्रवेश नाकामा ल्याइएका खाद्य पदार्थ नेपालभित्र पैठारी गर्नुअघि विभाग वा विभागले तोकेको कार्यालयबाट प्रवेश अनुमति लिनुपर्ने अनिवार्य प्रावधान रहेको र सो बमोजिम नगरेमा ऐनको दफा ४० (ग) बमोजिम कसुर गरेको मानिने भएकोले ऐनको दफा २ (घ) बमोजिम परिभाषित सम्पूर्ण खाद्य पदार्थहरूको पैठारी गर्नुअघि विभागबाट स्वीकृति लिई मात्र आयात गर्ने र भन्सार नाकामा आए पश्चात् भन्सार नाका स्थित विभाग अन्तर्गतका खाद्य आयात निर्यात गुणस्तर प्रमाणीकरण कार्यालयबाट प्रवेश अनुमति लिई मात्र खाद्य पदार्थ पैठारी गर्नु गराउनु हुन सम्पूर्ण खाद्य पदार्थ पैठारीकर्ताहरूलाई सूचित गरिन्छ’, विभागले जारी गरेको सूचनामा भनिएको छ, ‘अन्यथा खाद्य स्वच्छता तथा गुणस्तर ऐन, २०८१ बमोजिम कारबाही हुने ब्यहोरा समेत जानकारी गराइन्छ ।’

  • Related Posts

    सशस्त्र प्रहरी वल, नेपाल पर्सा द्वारा लाखौं मूल्य बराबरको प्रतिवन्धित ब्रोईलर कुखुराको चल्ला नष्ट-

    दीपेन्द्र प्रजापति/कालो झोला । बीरगंज, २७ जेठ । सशस्त्र प्रहरी बल नेपाल नं. १३ गण मुख्यालय, पर्सा ले विशेष सूचनाको आधारमा बुधबार बिहान करिब ०७:०० बजेको समयमा पर्सा जिल्लाको बिन्दबासिनी…

    नेशनल मेडिकल कलेज र कृषि अनुसन्धान निर्देशनालय, मधेश प्रदेश बीच स्वास्थ्य सेवा सहकार्य सम्झौता सम्पन्न-

    दीपेन्द्र प्रजापति/कालो झोला । वीरगञ्ज, २५ जेठ । नेशनल मेडिकल कलेज प्रा.लि., वीरगञ्ज र कृषि अनुसन्धान निर्देशनालय, मधेश प्रदेश, परवानीपुरबीच स्वास्थ्य सेवा सहकार्य सम्बन्धी सम्झौता सम्पन्न भएको छ । सम्झौतापत्रमा…

    पहिलो

    सशस्त्र प्रहरी वल, नेपाल पर्सा द्वारा लाखौं मूल्य बराबरको प्रतिवन्धित ब्रोईलर कुखुराको चल्ला नष्ट-

    • June 10, 2026
    • 98 views
    सशस्त्र प्रहरी वल, नेपाल पर्सा द्वारा लाखौं मूल्य बराबरको प्रतिवन्धित ब्रोईलर कुखुराको चल्ला नष्ट-

    नेशनल मेडिकल कलेज र कृषि अनुसन्धान निर्देशनालय, मधेश प्रदेश बीच स्वास्थ्य सेवा सहकार्य सम्झौता सम्पन्न-

    • June 8, 2026
    • 123 views
    नेशनल मेडिकल कलेज र कृषि अनुसन्धान निर्देशनालय, मधेश प्रदेश बीच स्वास्थ्य सेवा सहकार्य सम्झौता सम्पन्न-

    देशभर सवारी दुर्घटनामा एक जनाको मृत्यु, १३४ घाइते

    • June 8, 2026
    • 50 views
    देशभर सवारी दुर्घटनामा एक जनाको मृत्यु, १३४ घाइते

    रोटरी क्लब अफ माउन्ट एभरेष्ट ललितपुर द्वारा एकदिने मानसिक स्वास्थ्य सचेतना शिविर सञ्चालन

    • June 8, 2026
    • 73 views

    भूकम्पमा मृत्यु हुनेको संख्या १५ पुग्यो, १२९ जना घाइते

    • June 8, 2026
    • 54 views
    भूकम्पमा मृत्यु हुनेको संख्या १५ पुग्यो, १२९ जना घाइते

    इरानले फेरि प्रहार गर्यो इजराइलतर्फ मिसाइल

    • June 8, 2026
    • 59 views
    इरानले फेरि प्रहार गर्यो इजराइलतर्फ मिसाइल