खैरो हिरोइन सहित पर्सामा एक जना मानिस पक्राउ-

दीपेन्द्र प्रजापति/कालो झोला ।

बीरगंज, ०१ जेष्ठ । प्रहरी चौकी, परवानीपुर ले विशेष सूचनाको आधारमा बुधबार दिउसो करिब ०३:०० बजेको समयमा प्रतिवन्धित लागु औषध खैरो हिरोइन सहित एक जना मानिसलाई आफ्नो नियन्त्रणमा लिएको छ ।

उक्त दिन बीरगंज महानगरपालिका वडा नं. २१, परवानीपुर चोक स्थितमा लागु औषध खरिद विक्री कार्य भइरहेको छ, भन्ने सूचनाको आधारमा त्यहाँ बाट खटिएको प्रहरी टोलीले BR 06 CT 0810 नम्बरको FZ मोटरसाईकलमा सवार एक जना व्यक्ति शंकास्पदरूपमा रहेको हुँदा निजलाई कानूनी रित पुर्‍याइ खानतलासी गर्दा वीरगञ्ज महानगरपालिका वडा नं. १६, ईनर्वा बस्ने वर्ष २२ को मुस्तुफा अन्सारीले लगाएको सर्टको दाहिने खल्तीमा तिन वटा प्लाष्टिकको पुरियामा लुकाइ छिपाइ राखिएको लागु औषध खैरो हिरोइन जस्तो देखिने पदार्थ प्लाष्टिक वाहेक १५ ग्राम फेला परेको हुँदा बरामद लागु औषध र उल्लेखित नम्बरको मोटरसाईकल सहित नियन्त्रणमा लिइ जिल्ला प्रहरी कार्यालय, पर्सा मा ल्याइ निज विरुद्द लागु औषध सम्बन्धी कसूरमा पर्सा जिल्ला अदालत बाट पाँच दिनको म्याद लिइ थप अनुसन्धान कार्य भइरहेको कुरा सूचना अधिकारी प्रहरी नायब उपरीक्षक किशोर लम्साल ले बताएका छन् ।

  • Bishnu Timalsina

    Related Posts

    वीरगंज महानगर द्वारा कक्षा ९ र ११ का लागि छात्रवृत्ति आवेदन खुला-

    दीपेन्द्र प्रजापति/कालो झोला । वीरगंज, १४ जेष्ठ । वीरगंज महानगरपालिकाले शैक्षिक सत्र २०८३/०८४ का लागि संस्थागत विद्यालयमा कक्षा ९ र ११ मा छात्रवृत्तिमा अध्ययन गर्न इच्छुक विद्यार्थीहरूका लागि आवेदन खुला…

    “भारत र पाकिस्तान अझै पनि सिन्धु जल सन्धि पुनर्स्थापित गर्न सहमत हुन सक्दैनन्, तर पुन: संलग्नताले दिगो शान्ति ल्याउन मद्दत गर्न सक्छ”

    डा. प्रदीप कुमार सक्सेना- यो लेख चथम हाउसबाट लिइएको हो, जसले आफूलाई एक स्वतन्त्र नीति संस्था र बहस र संवादको लागि एक विश्वसनीय मञ्च भएको दाबी गर्दछ र सरकार र…

    पहिलो

    नेइमारले विश्वकपको पहिलो खेल गुमाउने

    • May 28, 2026
    • 45 views
    नेइमारले विश्वकपको पहिलो खेल गुमाउने

    वीरगंज महानगर द्वारा कक्षा ९ र ११ का लागि छात्रवृत्ति आवेदन खुला-

    • May 28, 2026
    • 93 views
    वीरगंज महानगर द्वारा कक्षा ९ र ११ का लागि छात्रवृत्ति आवेदन खुला-

    “भारत र पाकिस्तान अझै पनि सिन्धु जल सन्धि पुनर्स्थापित गर्न सहमत हुन सक्दैनन्, तर पुन: संलग्नताले दिगो शान्ति ल्याउन मद्दत गर्न सक्छ”

    • May 27, 2026
    • 80 views

    भारत सरकार द्वारा नेपाल सरकार लाई दश वटा कैदी वाहक ट्रक उपहार-

    • May 26, 2026
    • 76 views
    भारत सरकार द्वारा नेपाल सरकार लाई दश वटा कैदी वाहक ट्रक उपहार-

    विभिन्न देश पठाइदिन्छु भन्दै ठगी गर्ने सात जना पक्राउ

    • May 26, 2026
    • 57 views
    विभिन्न देश पठाइदिन्छु भन्दै ठगी गर्ने सात जना पक्राउ

    घुस लिएको मुद्धामा प्रतिकुल बयान दिने तीन जनाविरुद्ध मुद्धा

    • May 26, 2026
    • 45 views
    घुस लिएको मुद्धामा प्रतिकुल बयान दिने तीन जनाविरुद्ध मुद्धा