गाजा कब्जाको तयारीमा इजरायल, ६० हजार रिजर्भ सिपाहीलाई ड्युटीमा बोलायो

काठमाडौँ । इजरायलले ६० हजार रिजर्भ सिपाहीलाई ड्युटीमा बोलाउने निर्णय गरेको छ । गाजा शहर कब्जाको तयारीका लागि यो निर्णय गरिएको हो, जसको लागि आदेश जारी गरिएको छ ।

सैनिकहरूलाई ड्युटीमा सामेल हुनुभन्दा कम्तिमा २ हप्ता अगाडि सूचना दिइनेछ । पहिलो ब्याचमा, लगभग ४०-५० हजार सिपाहीहरूलाई सेप्टेम्बर २ मा बोलाइनेछ । दोस्रो ब्याच नोभेम्बर-डिसेम्बरमा र तेस्रो फेब्रुअरी-मार्च २०२६ मा बोलाइनेछ । यस समयमा, पहिले नै ड्युटीमा रहेका हजारौं रिजर्भ सिपाहीहरूको सेवा ३०-४० दिनले बढाइनेछ । समग्रमा, एक पटकमा लगभग १.३० लाख सिपाहीहरू ड्युटीमा हुनेछन् । यो अपरेशनलाई ‘गिदोनको रथ-बी’ नाम दिइएको छ ।

यस कार्यमा ५ सेना डिभिजनहरू संलग्न हुनेछन् । यसमा १२ ब्रिगेड-स्तरीय टोलीहरू हुनेछन्, जसमा पैदल सेना, ट्याङ्क, तोपखाना, इन्जिनियरिङ र समर्थन एकाइहरू समावेश हुनेछन् । यस बाहेक, गाजा डिभिजनका उत्तर र दक्षिण ब्रिगेडहरू पनि भाग लिनेछन् ।

इजरायली सेनाले गाजा शहर कब्जाको तयारी सुरु भएको बताएको छ । हाल, गाजा शहरको बाहिरी इलाकामा अपरेशन चलिरहेको छ । नाहल र ७औं आर्मर्ड ब्रिगेडले जैतुन क्षेत्रमा अपरेशन चलाइरहेका छन् । साथै, गिवती ब्रिगेडले अर्को क्षेत्र, जबालियामा काफ्र अपरेशन गरिरहेको छ।

यो अपरेशन धेरै चरणहरूमा चल्नेछ । सबैभन्दा पहिले, नागरिकहरूलाई गाजा शहर खाली गर्न सूचना प्राप्त हुनेछ । यसको लागि अन्तिम मिति ७ अक्टोबर २०२५ तोकिएको छ । यसपछि, सेनाले शहरलाई चारैतिरबाट घेरेर भित्र सर्नेछ ।

इजरायलले गाजा शहरबाट लगभग १० लाख मानिसहरूलाई दक्षिण गाजा पठाउने योजना बनाएको छ। यसका लागि राहत केन्द्रहरू, पालहरू र क्षेत्रीय अस्पतालहरू तयार पारिँदैछन् । खान युनिसमा युरोपेली अस्पताल पनि पुन: सुरु गरिनेछ । इजरायलको उद्देश्य गाजा शहरका ती क्षेत्रहरूमा प्रवेश गर्नु हो जहाँ धेरै बन्धकहरू अझै पनि हमासको नियन्त्रणमा रहेको आशंका गरिएको छ । यी ती क्षेत्रहरू हुन्, जहाँ इजरायली सेनाले अहिलेसम्म ठूलो मात्रामा कारबाही गरेको छैन ।

इजरायली सेनाका अनुसार, हाल गाजा पट्टीको लगभग ७५ प्रतिशत इजरायलको नियन्त्रमा छ भने गाजा शहरको २५ प्रतिशत क्षेत्र हमासको नियन्त्रणमा रहेको छ ।

यद्यपि, यदि इजरायल र हमास बीच कैदीहरूको रिहाइ र युद्धविरामको लागि सम्झौता भयो भने, यो योजना पनि स्थगित हुन सकने बताइएको छ ।

हाल गाजामा आतंकवादी समूहहरूसँग ५० जना बन्धकहरू रहेको र यी मध्ये २० जना जीवित रहेको विश्वास गरिन्छ र सेनाले २८ जनाको मृत्यु भएको पुष्टि गरेको छ ।

अर्कोतर्फ हमासले गाजामा युद्धविराम र इजरायली बन्धकहरूको रिहाइमा सहमति जनाएको छ । अमेरिका, इजिप्ट र कतारको मध्यस्थता पछि जुनमा अमेरिकी राजदूत स्टीव विटकफले यो प्रस्ताव प्रस्तुत गरेका थिए । यस अन्तर्गत, प्रारम्भिक ६०-दिने युद्धविरामको क्रममा, हमासले जीवित इजरायली कैदीहरूलाई दुई चरणमा रिहा गर्नेछ। साथै, स्थायी युद्धविराममा वार्ता हुनेछ । यद्यपि, इजरायलले अहिलेसम्म यसको जवाफ दिएको छैन । यसअघि अगस्त १२ मा नेतान्याहूले सबै बन्धकहरूलाई एकैचोटि रिहा गरिएमा मात्र कुनै पनि सम्झौता स्वीकार गर्ने बताएका थिए र इजरायल यहि अडानमा कायम रहेको विश्वास गरिएको छ ।

इजरायली मन्त्रिपरिषद्ले युद्ध अन्त्य गर्ने बदलामा हमाससमक्ष ५ प्रमुख सर्तहरू राखेको छ । 

जसमा हमासले आफ्ना हतियारहरू पूर्ण रूपमा आत्मसमर्पण गर्नुपर्ने, बाँकी रहेका सबै ५० बन्धकहरूको रिहाइ। (तिनीहरूमध्ये २० जना जीवित हुने सम्भावना छ), गाजाबाट सैन्य बल फिर्ता गर्ने, गाजामा इजरायलको सुरक्षा नियन्त्रणमा हुने, हमास र प्यालेस्टिनी प्राधिकरणबाट अलग गाजामा नयाँ प्रशासन स्थापना गर्ने रहेका छन् ।

  • Related Posts

    भूकम्पमा मृत्यु हुनेको संख्या १५ पुग्यो, १२९ जना घाइते

    काठमाडौँ । फिलिपिन्सको दक्षिणी क्षेत्रमा आएको ७.८ रेक्टर स्केलको शक्तिशाली भूकम्पमा परी मृत्यु हुनेको संख्या १५ पुगेको छ भने १२९ जना घाइते भएका छन् । फिलिपिन्सको नागरिक सुरक्षा कार्यालयका अधिकारीहरूका…

    इरानले फेरि प्रहार गर्यो इजराइलतर्फ मिसाइल

    काठमाडौँ । ईरानले फेरि इजराइलतर्फ क्षेप्यास्त्र प्रहार गरेको छ । यसपछि इजराइलका विभिन्न क्षेत्रमा फेरि सतर्कता जारी गरिएको छ र नागरिकलाई सुरक्षित स्थानमा जान निर्देशन दिइएको छ । प्रारम्भिक जानकारी…

    पहिलो

    सशस्त्र प्रहरी वल, नेपाल पर्सा द्वारा लाखौं मूल्य बराबरको प्रतिवन्धित ब्रोईलर कुखुराको चल्ला नष्ट-

    • June 10, 2026
    • 85 views
    सशस्त्र प्रहरी वल, नेपाल पर्सा द्वारा लाखौं मूल्य बराबरको प्रतिवन्धित ब्रोईलर कुखुराको चल्ला नष्ट-

    नेशनल मेडिकल कलेज र कृषि अनुसन्धान निर्देशनालय, मधेश प्रदेश बीच स्वास्थ्य सेवा सहकार्य सम्झौता सम्पन्न-

    • June 8, 2026
    • 118 views
    नेशनल मेडिकल कलेज र कृषि अनुसन्धान निर्देशनालय, मधेश प्रदेश बीच स्वास्थ्य सेवा सहकार्य सम्झौता सम्पन्न-

    देशभर सवारी दुर्घटनामा एक जनाको मृत्यु, १३४ घाइते

    • June 8, 2026
    • 46 views
    देशभर सवारी दुर्घटनामा एक जनाको मृत्यु, १३४ घाइते

    रोटरी क्लब अफ माउन्ट एभरेष्ट ललितपुर द्वारा एकदिने मानसिक स्वास्थ्य सचेतना शिविर सञ्चालन

    • June 8, 2026
    • 68 views

    भूकम्पमा मृत्यु हुनेको संख्या १५ पुग्यो, १२९ जना घाइते

    • June 8, 2026
    • 50 views
    भूकम्पमा मृत्यु हुनेको संख्या १५ पुग्यो, १२९ जना घाइते

    इरानले फेरि प्रहार गर्यो इजराइलतर्फ मिसाइल

    • June 8, 2026
    • 55 views
    इरानले फेरि प्रहार गर्यो इजराइलतर्फ मिसाइल