स्वीडेनको ११३ वर्ष पुरानो चर्चलाई बचाउन ट्रेलर प्रयोग गरेर नयाँ ठाउँमा सारियो

काठमाडौँ । स्वीडेनको किरुनामा रहेको ११३ वर्ष पुरानो किरुना चर्चलाई पाङ्ग्रामा ३ माइल (५ किलोमिटर) टाढा सारिएको छ ।

संसारको सबैभन्दा ठूलो फलाम खानी किरुना मुनि अवस्थित छ, जसले शहरलाई हानि पुर्‍याउन सक्छ । त्यसैले, यो ऐतिहासिक चर्चलाई बचाउन यसलाई नयाँ ठाउँमा सारिएको बताइएको छ ।

यो चर्चको निर्माण १९१२ मा सम्पन्न भएको थियो । यो खानी कम्पनी एलकेएबीद्वारा निर्माण गरिएको थियो । यो चर्च काठबाट बनेको छ । २००१ मा, मानिसहरूले यसलाई १९५० भन्दा पहिलेको सबैभन्दा भव्य भवनको रूपमा रोजेका थिए । यो पहाडमा बनेको छ, जहाँबाट शहरको सुन्दर दृश्य देखिन्थ्यो । ६०० टनको चर्चलाई सार्नको लागि विशेष ट्रेलर प्रयोग गरिँएको थियो । प्रति घण्टा ५०० मिटरको गतिमा यो ट्रेलरले दुई दिनमा आफ्नो यात्रा पूरा गरेर नयाँ गन्तव्यमा पुगेको छ ।

चर्चलाई सारिएको हेर्न ठुलो भिड लागेको स्थानीय मिडियाहरुले उल्लेख गरेका छन् ।

  • Related Posts

    भूकम्पमा मृत्यु हुनेको संख्या १५ पुग्यो, १२९ जना घाइते

    काठमाडौँ । फिलिपिन्सको दक्षिणी क्षेत्रमा आएको ७.८ रेक्टर स्केलको शक्तिशाली भूकम्पमा परी मृत्यु हुनेको संख्या १५ पुगेको छ भने १२९ जना घाइते भएका छन् । फिलिपिन्सको नागरिक सुरक्षा कार्यालयका अधिकारीहरूका…

    इरानले फेरि प्रहार गर्यो इजराइलतर्फ मिसाइल

    काठमाडौँ । ईरानले फेरि इजराइलतर्फ क्षेप्यास्त्र प्रहार गरेको छ । यसपछि इजराइलका विभिन्न क्षेत्रमा फेरि सतर्कता जारी गरिएको छ र नागरिकलाई सुरक्षित स्थानमा जान निर्देशन दिइएको छ । प्रारम्भिक जानकारी…

    पहिलो

    सशस्त्र प्रहरी वल, नेपाल पर्सा द्वारा लाखौं मूल्य बराबरको प्रतिवन्धित ब्रोईलर कुखुराको चल्ला नष्ट-

    • June 10, 2026
    • 86 views
    सशस्त्र प्रहरी वल, नेपाल पर्सा द्वारा लाखौं मूल्य बराबरको प्रतिवन्धित ब्रोईलर कुखुराको चल्ला नष्ट-

    नेशनल मेडिकल कलेज र कृषि अनुसन्धान निर्देशनालय, मधेश प्रदेश बीच स्वास्थ्य सेवा सहकार्य सम्झौता सम्पन्न-

    • June 8, 2026
    • 118 views
    नेशनल मेडिकल कलेज र कृषि अनुसन्धान निर्देशनालय, मधेश प्रदेश बीच स्वास्थ्य सेवा सहकार्य सम्झौता सम्पन्न-

    देशभर सवारी दुर्घटनामा एक जनाको मृत्यु, १३४ घाइते

    • June 8, 2026
    • 46 views
    देशभर सवारी दुर्घटनामा एक जनाको मृत्यु, १३४ घाइते

    रोटरी क्लब अफ माउन्ट एभरेष्ट ललितपुर द्वारा एकदिने मानसिक स्वास्थ्य सचेतना शिविर सञ्चालन

    • June 8, 2026
    • 69 views

    भूकम्पमा मृत्यु हुनेको संख्या १५ पुग्यो, १२९ जना घाइते

    • June 8, 2026
    • 50 views
    भूकम्पमा मृत्यु हुनेको संख्या १५ पुग्यो, १२९ जना घाइते

    इरानले फेरि प्रहार गर्यो इजराइलतर्फ मिसाइल

    • June 8, 2026
    • 55 views
    इरानले फेरि प्रहार गर्यो इजराइलतर्फ मिसाइल