चिनियाँ नागरिकसँग नेपाली किशोरीको विवाह गराउने ८ जना पक्राउ

काठमाडौँ । चिनियाँ नागरिकसँग नेपाली किशोरीहरूको विवाह गराउन गिरोह नै सक्रिय रहेको पाइएको छ । नेपाली बालिकालाई चिनियाँ नागरिकसँग विवाह गराउन संलग्न ३ चिनियाँ नागरिकसहित ८ जना पक्राउ परेपछि गिरोह नै सक्रिय रहेको खुलेको हो ।

प्रहरीले धनकुटा छथर जोरपाटी २ की १६ वर्षकी बालिकालाई सुनसरीको चतरामा ल्याएर विवाह गराउन खोज्दा सो गिरोह पक्राउ परेको हो । ती बालिकाको ३३ वर्षीय लि टेङ नामका चिनियाँ नागरिकसँग विवाह गराउँदै गर्दा प्रहरीले उनीहरूलाई पक्राउ गरेको हो ।

प्रहरीले किशोरीका बाबु, ३३ वर्षीय चिनियाँ नागरिक लि टेङ, उदयपुरको बेलका नगरपालिका ९ का ४३ वर्षीय दीपक दर्जी, सोही स्थानका ४२ वर्षीय बद्रीबिक्रम राई, स्याङ्जा पुतलीबजार १२ का २० वर्षीय शीतल गुरुङ, काभ्रेपलान्चोकको रोशी नगरपालिका ३ की २० वर्षीया रोशनीमाया तामाङसँगै लाई पक्राउ गरेको छ । यस्तै चिनियाँ नागरिक ३५ वर्षीय डोङ शिहाओ र वु हेजीलाई पनि पक्राउ गरेको प्रहरीले जनाएको छ ।

सुनसरीका प्रहरीका अनुसार किशोरीलाई प्रलोभनमा पारी जबरजस्ती विवाह गर्दै गर्दा प्रहरीले उद्धार गरेको हो । विपन्न परिवारका किशोरीका बुबाले भने छोरीका लागि राम्रै होस् भनेर विवाह गरेको बताएका छन् ।

चिनियाँ पक्षले विवाह गर्नुको कारणबारे अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ । घटनालाई मानव तस्करीसँग पनि सम्बन्धित देखिएकाले त्यस तर्फबाट पनि अनुसन्धान सुरु गरिएको सुनसरी प्रहरीले जनाएको छ । सो समूहले यस अघि पनि प्रलोभनमा पारेर विवाह गरी चीन लगेको आशङका प्रहरीले गरेको छ ।

  • Related Posts

    सुदूरपश्चिमले आर्मीलाई दियो १६२ रनको लक्ष्य

    काठमाडौँ । पीएम कपको फाइनलमा सुदूरपश्चिम प्रदेशले त्रिभुवन आर्मी क्लबलाई १६२ रनको लक्ष्य दिएको छ । पर्सामा जारी फाइनल खेलमा टस जितेर पहिला ब्याटिंग गरेको सुदूरपश्चिम प्रदेशले ३९.४ ओभरमा अल…

    विभिन्न देश पठाइदिन्छु भन्दै ठगी गर्ने चार जना पक्राउ

    काठमाडौं । वैदेशिक रोजगारीमा आकर्षक तलबको प्रलोभनमा पारी विभिन्न देश पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा ४ जनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा काठमाडौं महानगरपालिका-३२ बस्ने रौतहट घर…

    पहिलो

    सुदूरपश्चिमले आर्मीलाई दियो १६२ रनको लक्ष्य

    • April 17, 2026
    • 16 views
    सुदूरपश्चिमले आर्मीलाई दियो १६२ रनको लक्ष्य

    हेलिकप्टर दुर्घटना, ८ जनाको मृत्यु

    • April 17, 2026
    • 21 views
    हेलिकप्टर दुर्घटना, ८ जनाको मृत्यु

    विभिन्न देश पठाइदिन्छु भन्दै ठगी गर्ने चार जना पक्राउ

    • April 17, 2026
    • 24 views
    विभिन्न देश पठाइदिन्छु भन्दै ठगी गर्ने चार जना पक्राउ

    कार्की आयोगको प्रतिवेदन बारे काँग्रेसले निकाल्यो यस्तो निष्कर्ष

    • April 17, 2026
    • 12 views
    कार्की आयोगको प्रतिवेदन बारे काँग्रेसले निकाल्यो यस्तो निष्कर्ष

    काँग्रेसको आधिकारिकता विवादको रिटको सुनुवाई आज पनि

    • April 17, 2026
    • 25 views
    काँग्रेसको आधिकारिकता विवादको रिटको सुनुवाई आज पनि