भौतिक मन्त्रीको जिकिर : विपद्‍मा राजमार्गका यात्रुले सरकारको प्रशंसा गरेका थिए

काठमाडौँ । भौतिक, पूर्वाधार तथा यातायातमन्त्री देवेन्द्र दाहालले विपद्को समयमा राजमार्गमा दुःख कष्टका साथ यात्रा गरेका यात्रुले सरकारको काम देखेर प्रशंसा गरेको दाबी गरेका छन् ।

आफ्नो सय दिने कार्यकालमा भएका कामको सूची सार्वजनिक गर्न बिहीबार पत्रकार सम्मेलन गर्दै उनले यस्तो बताएका हुन् । ‘स्वभाविक रूपमा जनताले दुःख पाउने भई हाले, जो यात्रुहरू यात्रामा हुनुहुन्थ्यो, उहाँहरूबाट यो बीचमा सरकारले नसोचेको काम गर्‍यो भन्ने प्रतिक्रिया मैले पनि पाएको छु,’ उनले भने ।

यात्रा कष्टकर भए पनि यात्रुले विभिन्न स्थानमा सरकारले यति छिटै बाटो खोलेर सहज बनाएको भन्दै धन्यवाद दिएको उनको दाबी छ । कतिपय स्थानमा आलोचना भए पनि त्यसलाई ग्रहण गर्दै काम गरिरहेको उनले बताए ।

वर्षा र बाढीको प्रकोप नभएको भए भौतिक मन्त्रालयले धेरै काम गर्न सक्ने भन्दै उनले जनअपेक्षाको दाँजोमा मन्त्रालयले कम प्रगति गरेको भने स्वीकार गरेका छन् ।

  • Related Posts

    सुदूरपश्चिमले आर्मीलाई दियो १६२ रनको लक्ष्य

    काठमाडौँ । पीएम कपको फाइनलमा सुदूरपश्चिम प्रदेशले त्रिभुवन आर्मी क्लबलाई १६२ रनको लक्ष्य दिएको छ । पर्सामा जारी फाइनल खेलमा टस जितेर पहिला ब्याटिंग गरेको सुदूरपश्चिम प्रदेशले ३९.४ ओभरमा अल…

    विभिन्न देश पठाइदिन्छु भन्दै ठगी गर्ने चार जना पक्राउ

    काठमाडौं । वैदेशिक रोजगारीमा आकर्षक तलबको प्रलोभनमा पारी विभिन्न देश पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा ४ जनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा काठमाडौं महानगरपालिका-३२ बस्ने रौतहट घर…

    पहिलो

    सुदूरपश्चिमले आर्मीलाई दियो १६२ रनको लक्ष्य

    • April 17, 2026
    • 11 views
    सुदूरपश्चिमले आर्मीलाई दियो १६२ रनको लक्ष्य

    हेलिकप्टर दुर्घटना, ८ जनाको मृत्यु

    • April 17, 2026
    • 15 views
    हेलिकप्टर दुर्घटना, ८ जनाको मृत्यु

    विभिन्न देश पठाइदिन्छु भन्दै ठगी गर्ने चार जना पक्राउ

    • April 17, 2026
    • 19 views
    विभिन्न देश पठाइदिन्छु भन्दै ठगी गर्ने चार जना पक्राउ

    कार्की आयोगको प्रतिवेदन बारे काँग्रेसले निकाल्यो यस्तो निष्कर्ष

    • April 17, 2026
    • 10 views
    कार्की आयोगको प्रतिवेदन बारे काँग्रेसले निकाल्यो यस्तो निष्कर्ष

    काँग्रेसको आधिकारिकता विवादको रिटको सुनुवाई आज पनि

    • April 17, 2026
    • 23 views
    काँग्रेसको आधिकारिकता विवादको रिटको सुनुवाई आज पनि