झुला कार्यक्रम सम्पन्न(तस्बिरसहित)

बिष्णुप्रसाद तिमल्सिना

काठमाडौँ, २९ साउन । साउने सोमबारको अवसर पारी सामुदायिक सेवा समाजले झुला कार्यक्रम भव्यताका साथ सम्पन्न गरेको छ । मैजुबहाल,कुमारीगालस्थित शहीदस्मृति सामुदायिक भवनको सभाहलमा आयोजित उक्त झुला कार्यक्रममा कुमारीगाल, मैजुबहाल र गौरीघाट आसपासका स्थानीयवासीहरुको उल्लेख्य उपस्थितिमा उक्त कार्यक्रम सम्पन्न भएको हो ।

सामुदायिक सेवा समाजका पदाधिकारी, सामुदायिक योग समूहका पदाधिकारीहरु तथा अन्य स्थानीय महिला तथा पुरुषहरुको साथसहयोगमा सम्पन्न उक्त झुला कार्यक्रममा पण्डित सागर आचार्यलगायतको टोलीले प्रवचनसहित सांगेतिक प्रस्तुत गरेको थियो । भजनकीर्तनसहित नाचगानसहित झुलामा भोजप्रसादी चढाउनुका साथै बालगोपालको झुला झाँकी समेत बडो रोचक ढंगमा प्रस्तुत भइरहँदा स्थानीयवासीहरु मन्त्रमुग्घ बनेका थिए ।

सामुदायिक सेवा समाजका अध्यक्ष शिवराम अर्यालले स्थानीयबासीहरुमा धर्मसंस्कृतिप्रतिको आस्था र विश्वासलाई नयाँ पुस्तामा समेत हस्तान्तरण गर्ने उद्देश्यका साथ झुला कार्यक्रम आयोजना भएको बताउनुभयो ।

त्यस्तै, झुला कार्यक्रमको प्रचारप्रसारसहित भोगप्रसाद व्यवस्थापन सङ्कलन गर्ने कार्यमा सामुदायिक सेवा समाजकी वरिष्ठ उपाध्यक्ष विनु खत्री क्षेत्री र कोषाध्यक्ष विष्णुप्रसाद तिमल्सिनाले महत्वपूर्ण भूमिका निर्वाह गर्नुभएको थियो । कार्यक्रममा करीब ३०० जना स्थानीयवासीहरूको उपस्थिति रहेको थियो ।

  • Related Posts

    देशभर सवारी दुर्घटनामा एक जनाको मृत्यु, १३४ घाइते

    काठमाडौँ । पछिल्लो २४ घण्टामा देशका विभिन्न स्थानमा भएका सवारी दुर्घटनामा एक जनाको मृत्यु भएको छ । नेपाल प्रहरीले दिएको जानकारी अनुसार दुर्घटनामा कोशी प्रदेशमा एक जनाको मृत्यु भएको छ…

    रोटरी क्लब अफ माउन्ट एभरेष्ट ललितपुर द्वारा एकदिने मानसिक स्वास्थ्य सचेतना शिविर सञ्चालन

    ललितपुरको खोकनास्थित श्री रुद्रायणी माध्यमिक विद्यालय परिसरमा रोटरी क्लब अफ माउन्ट एभरेष्ट ललितपुरले एकदिने मानसिक स्वास्थ्य सचेतना शिविर सञ्चालन गरेको छ। समाज रूपान्तरणका लागि विभिन्न सामाजिक तथा जनचेतनामूलक कार्यक्रम गर्दै…

    पहिलो

    सशस्त्र प्रहरी वल, नेपाल पर्सा द्वारा लाखौं मूल्य बराबरको प्रतिवन्धित ब्रोईलर कुखुराको चल्ला नष्ट-

    • June 10, 2026
    • 95 views
    सशस्त्र प्रहरी वल, नेपाल पर्सा द्वारा लाखौं मूल्य बराबरको प्रतिवन्धित ब्रोईलर कुखुराको चल्ला नष्ट-

    नेशनल मेडिकल कलेज र कृषि अनुसन्धान निर्देशनालय, मधेश प्रदेश बीच स्वास्थ्य सेवा सहकार्य सम्झौता सम्पन्न-

    • June 8, 2026
    • 123 views
    नेशनल मेडिकल कलेज र कृषि अनुसन्धान निर्देशनालय, मधेश प्रदेश बीच स्वास्थ्य सेवा सहकार्य सम्झौता सम्पन्न-

    देशभर सवारी दुर्घटनामा एक जनाको मृत्यु, १३४ घाइते

    • June 8, 2026
    • 50 views
    देशभर सवारी दुर्घटनामा एक जनाको मृत्यु, १३४ घाइते

    रोटरी क्लब अफ माउन्ट एभरेष्ट ललितपुर द्वारा एकदिने मानसिक स्वास्थ्य सचेतना शिविर सञ्चालन

    • June 8, 2026
    • 73 views

    भूकम्पमा मृत्यु हुनेको संख्या १५ पुग्यो, १२९ जना घाइते

    • June 8, 2026
    • 54 views
    भूकम्पमा मृत्यु हुनेको संख्या १५ पुग्यो, १२९ जना घाइते

    इरानले फेरि प्रहार गर्यो इजराइलतर्फ मिसाइल

    • June 8, 2026
    • 59 views
    इरानले फेरि प्रहार गर्यो इजराइलतर्फ मिसाइल