टिकटक खुला गर्ने सरकारको निर्णय

मन्त्रिपरिषद्को बिहीबार बसेको बैठकले टिकटक खुला गर्ने निर्णय गरेको सञ्‍चार तथा सूचना प्रविधिमन्त्री एवं सरकारका प्रवक्ता पृथ्वीसुब्बा गुरुङले बताए। केही शर्त सहित टिकटक खुला गर्ने निर्णय भएको उनले बताए।

टिकटकले नेपालको पर्यटन प्रवर्द्धनमा सघाउनुपर्ने, विद्युतीय साक्षरतामा सघाउनुपर्ने, सार्वजनिक शिक्षालाई गुणस्तरीय बनाउन सघाउनुपर्ने र कन्टेन्टको भाषामा ध्यान दिनुपर्ने शर्त राखिएका छन्। 

प्रवक्ता गुरुङले भने, “हामीले यी शर्तहरू राख्दा टिकटकले स्वीकार गर्ने भएपछि अहिलेलाई नीतिगत रूपमा टिकटक खुला गरेका छौं।” यसका आधारमा टिकटकले सरकारसँग सम्झौता गरेपछि सञ्चालन गर्न दिइने प्रवक्ता गुरुङले बताए।

टिकटकको प्रयोगले विकृति बढाएको भन्दै पुष्पकमल दाहाल नेतृत्वको सरकारले गत कात्तिक २७ मा टिकटकमाथि प्रतिबन्ध लगाएको थियो। त्यति वेला सरकारको उक्त कदमको चर्को आलोचना भएको थियो।

  • Related Posts

    सशस्त्र प्रहरी वल, नेपाल पर्सा द्वारा लाखौं मूल्य बराबरको प्रतिवन्धित ब्रोईलर कुखुराको चल्ला नष्ट-

    दीपेन्द्र प्रजापति/कालो झोला । बीरगंज, २७ जेठ । सशस्त्र प्रहरी बल नेपाल नं. १३ गण मुख्यालय, पर्सा ले विशेष सूचनाको आधारमा बुधबार बिहान करिब ०७:०० बजेको समयमा पर्सा जिल्लाको बिन्दबासिनी…

    नेशनल मेडिकल कलेज र कृषि अनुसन्धान निर्देशनालय, मधेश प्रदेश बीच स्वास्थ्य सेवा सहकार्य सम्झौता सम्पन्न-

    दीपेन्द्र प्रजापति/कालो झोला । वीरगञ्ज, २५ जेठ । नेशनल मेडिकल कलेज प्रा.लि., वीरगञ्ज र कृषि अनुसन्धान निर्देशनालय, मधेश प्रदेश, परवानीपुरबीच स्वास्थ्य सेवा सहकार्य सम्बन्धी सम्झौता सम्पन्न भएको छ । सम्झौतापत्रमा…

    पहिलो

    सशस्त्र प्रहरी वल, नेपाल पर्सा द्वारा लाखौं मूल्य बराबरको प्रतिवन्धित ब्रोईलर कुखुराको चल्ला नष्ट-

    • June 10, 2026
    • 98 views
    सशस्त्र प्रहरी वल, नेपाल पर्सा द्वारा लाखौं मूल्य बराबरको प्रतिवन्धित ब्रोईलर कुखुराको चल्ला नष्ट-

    नेशनल मेडिकल कलेज र कृषि अनुसन्धान निर्देशनालय, मधेश प्रदेश बीच स्वास्थ्य सेवा सहकार्य सम्झौता सम्पन्न-

    • June 8, 2026
    • 123 views
    नेशनल मेडिकल कलेज र कृषि अनुसन्धान निर्देशनालय, मधेश प्रदेश बीच स्वास्थ्य सेवा सहकार्य सम्झौता सम्पन्न-

    देशभर सवारी दुर्घटनामा एक जनाको मृत्यु, १३४ घाइते

    • June 8, 2026
    • 50 views
    देशभर सवारी दुर्घटनामा एक जनाको मृत्यु, १३४ घाइते

    रोटरी क्लब अफ माउन्ट एभरेष्ट ललितपुर द्वारा एकदिने मानसिक स्वास्थ्य सचेतना शिविर सञ्चालन

    • June 8, 2026
    • 73 views

    भूकम्पमा मृत्यु हुनेको संख्या १५ पुग्यो, १२९ जना घाइते

    • June 8, 2026
    • 54 views
    भूकम्पमा मृत्यु हुनेको संख्या १५ पुग्यो, १२९ जना घाइते

    इरानले फेरि प्रहार गर्यो इजराइलतर्फ मिसाइल

    • June 8, 2026
    • 59 views
    इरानले फेरि प्रहार गर्यो इजराइलतर्फ मिसाइल