डुबानले कैलालीका १७ सय परिवार विस्थापित

कैलालीको भजनी नगरपालिका र कैलारी गाउँपालिका लगायत आसपासका क्षेत्र डुबानमा परेका हुन्। दुवै स्थानीय तहका ५७२ घर डुबानमा परेको जिल्ला प्रशासन कार्यालयले जनाएको छ। ती घरमा बस्ने एक हजार ७०० भन्दा बढी परिवार विस्थापित बनेका हुन्।

दुई दिनदेखि कैलाली र आसपासको क्षेत्रमा वर्षा भइरहेको छ। लगातारको वर्षाले खोलानाला र नदीमा पानीको सतह बढेको छ। त्यही पानी गाउँमा पस्दा डुबान भएको जिल्ला प्रशासन कार्यालयका सूचना अधिकारी शिवराज जोशीले बताए।

डुबान क्षेत्रमा नेपाल प्रहरी, सशस्त्र प्रहरी र नेपाली सेनाको टोली खटिएको छ। विस्थापितलाई वडा कार्यालय, पालिकाको भवन, विद्यालय र उच्च स्थानमा रहेका घरमा सारिएको जोशीले बताए।

गए राति कैलालीका विभिन्न स्थानमा अत्यधिक वर्षा भएको थियो। लगातार तीन घन्टासम्म अत्यधिक वर्षा हुँदा पूर गाउँपालिका प्रभावित भएको कैलारी गाउँपालिकाका अध्यक्ष राजसमझ चौधरीले बताए।

कैलारी गाउँपालिकामा मात्रै वडा नं ७ का ८० घर, वडा नं ८ मा ७१ घर, वडा नं ३ मा ४६ घर, वडा नं १ मा १०१ घर र वडा नं ५ का १७४ घर डुबानमा परेको चौधरीले जानकारी दिए।

त्यस्तै, भजनी नगरपालिकामा ४०० भन्दा बढी घर डुबानमा परेका छन्। आसपासका स्थानीय तहमा पनि सयौं घर डुबानमा पर्दा जनजीवन प्रभावित भएको जोशीले बताए।

  • Related Posts

    देशभर सवारी दुर्घटनामा एक जनाको मृत्यु, १३४ घाइते

    काठमाडौँ । पछिल्लो २४ घण्टामा देशका विभिन्न स्थानमा भएका सवारी दुर्घटनामा एक जनाको मृत्यु भएको छ । नेपाल प्रहरीले दिएको जानकारी अनुसार दुर्घटनामा कोशी प्रदेशमा एक जनाको मृत्यु भएको छ…

    रोटरी क्लब अफ माउन्ट एभरेष्ट ललितपुर द्वारा एकदिने मानसिक स्वास्थ्य सचेतना शिविर सञ्चालन

    ललितपुरको खोकनास्थित श्री रुद्रायणी माध्यमिक विद्यालय परिसरमा रोटरी क्लब अफ माउन्ट एभरेष्ट ललितपुरले एकदिने मानसिक स्वास्थ्य सचेतना शिविर सञ्चालन गरेको छ। समाज रूपान्तरणका लागि विभिन्न सामाजिक तथा जनचेतनामूलक कार्यक्रम गर्दै…

    पहिलो

    सशस्त्र प्रहरी वल, नेपाल पर्सा द्वारा लाखौं मूल्य बराबरको प्रतिवन्धित ब्रोईलर कुखुराको चल्ला नष्ट-

    • June 10, 2026
    • 99 views
    सशस्त्र प्रहरी वल, नेपाल पर्सा द्वारा लाखौं मूल्य बराबरको प्रतिवन्धित ब्रोईलर कुखुराको चल्ला नष्ट-

    नेशनल मेडिकल कलेज र कृषि अनुसन्धान निर्देशनालय, मधेश प्रदेश बीच स्वास्थ्य सेवा सहकार्य सम्झौता सम्पन्न-

    • June 8, 2026
    • 124 views
    नेशनल मेडिकल कलेज र कृषि अनुसन्धान निर्देशनालय, मधेश प्रदेश बीच स्वास्थ्य सेवा सहकार्य सम्झौता सम्पन्न-

    देशभर सवारी दुर्घटनामा एक जनाको मृत्यु, १३४ घाइते

    • June 8, 2026
    • 50 views
    देशभर सवारी दुर्घटनामा एक जनाको मृत्यु, १३४ घाइते

    रोटरी क्लब अफ माउन्ट एभरेष्ट ललितपुर द्वारा एकदिने मानसिक स्वास्थ्य सचेतना शिविर सञ्चालन

    • June 8, 2026
    • 73 views

    भूकम्पमा मृत्यु हुनेको संख्या १५ पुग्यो, १२९ जना घाइते

    • June 8, 2026
    • 56 views
    भूकम्पमा मृत्यु हुनेको संख्या १५ पुग्यो, १२९ जना घाइते

    इरानले फेरि प्रहार गर्यो इजराइलतर्फ मिसाइल

    • June 8, 2026
    • 59 views
    इरानले फेरि प्रहार गर्यो इजराइलतर्फ मिसाइल