डुबानमा परेपछि सिद्धिस्मृति अस्पतालको सेवा बन्द

भक्तपुर । हनुमन्ते खोलाको बाढी पसेर क्षति पुर्‍याएपछि भक्तपुर नगरपालिकाको जगाति आदर्शस्थित सिद्धिस्मृति महिला तथा बाल अस्पतालको सेवा बन्द गरिएको छ ।

अस्पताल प्रशासनले शनिबार सूचना जारी गर्दै अस्पतालको अत्यावश्यक सेवा प्रदान गरिँदै आएको भवनभित्र बाढी पसेपछि यथास्थितिमा सेवा दिन नसक्ने जनाएको छ । अर्को सूचना जारी नभएसम्मका लागि अस्पतालका सबै सेवा बन्द गरिएको छ । अस्पतालले आकस्मिक सेवालगायत ओपिडी, फिजियोथेरापी, खोप, दन्त सेवा, भिडियो एक्सरेलगायत सबै सेवा बन्द गरिएको जनाएको छ ।

यसैबीच भक्तपुर अस्पतालले भने विपद्को समयमा उपचारका लागि आउने बिरामीको उपचार गरिरहेको जनाएको छ । भक्तपुर अस्पतालकी निर्देशक डा सुमित्रा गौतमले बाढी, पहिरो र डुबानमा परी घाइते भएका वा बिरामी परेकाको उपचार गरिने बताइन्। जस्तोसुकै अवस्थामा पनि सहज सेवा दिनेगरी अस्पतालले तयारी गरिरहेको उनले बताइन् । अस्पतालले आकस्मिक सेवालगायत सबै सेवा सञ्चालन गरिरहेको छ ।

  • Related Posts

    जबरजस्ती करणी गरेको अभियोगमा धनकुटाबाट एक जना पक्राउ

    धनकुटामा १३ वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको अभियोगमा महालक्ष्मी नगरपालिका-६ गुठ बस्ने ४२ वर्षीय धन बहादुर गिरीलाई प्रहरीले पक्राउ गरेको छ ।  धन बहादुरले ती बालिकालाई जबरजस्ती करणी गरेको भन्ने…

    सडक र सहरी सुरक्षा तथा व्यवस्थापनमा महानगर र प्रहरीबिचको सहकार्य बलियो बनाउन छलफल

    सडक सुरक्षा, सहरी सुरक्षा र सहरी व्यवस्थापनमा काठमाडौँ महानगरपालिका र नेपाल प्रहरी बिचको सम्बन्ध थप बलियो बनाइने भएको छ । काठमाडौँ महानगरपालिकाका कार्यवाहक प्रमुख र प्रहरी महानिरीक्षक दानबहादुर कार्कीका बिचमा…

    पहिलो

    रास्वपाले गणेश पराजुलीलाई बनायो संसदीय दलको उपनेता

    • April 16, 2026
    • 29 views
    रास्वपाले गणेश पराजुलीलाई बनायो संसदीय दलको उपनेता

    नेप्से ३३. ८३ अंकले घट्यो, ९ अर्ब ३१ करोडको कारोबार

    • April 16, 2026
    • 22 views
    नेप्से ३३. ८३ अंकले घट्यो, ९ अर्ब ३१ करोडको कारोबार

    बिबिसीले दुई हजार कर्मचारी हटाउदै

    • April 16, 2026
    • 24 views
    बिबिसीले दुई हजार कर्मचारी हटाउदै

    संबिधानप्रति प्रतिबद्ध छौं, सरकारलाई शंका नगरौं- मन्त्री वाग्ले

    • April 16, 2026
    • 22 views
    संबिधानप्रति प्रतिबद्ध छौं, सरकारलाई शंका नगरौं- मन्त्री वाग्ले

    संयुक्त राष्ट्र संघको सत्रमा सार्क पत्रकार मञ्चका अध्यक्ष लामाले CEPA का उपाध्यक्ष रोल्फ अल्टरलाई भेंटे-

    • April 16, 2026
    • 139 views
    संयुक्त राष्ट्र संघको सत्रमा सार्क पत्रकार मञ्चका अध्यक्ष लामाले CEPA का उपाध्यक्ष रोल्फ अल्टरलाई भेंटे-

    जबरजस्ती करणी मुद्दाका फरार प्रतिवादी पक्राउ

    • April 16, 2026
    • 21 views
    जबरजस्ती करणी मुद्दाका फरार प्रतिवादी पक्राउ