देशभर फैलियो मनसुन

काठमाडौं । यस वर्षको मनसुन प्रणाली मंगलबारदेखि देशभर फैलिएको छ। जल तथा मौसम विज्ञान विभागअन्तर्गत मौसम पूर्वानुमान महाशाखाले मंगलबार मनसुन आगमनसम्बन्धी बुलेटिन जारी गर्दै असार १६ गते (आज) देखि मनसुन देशका सबै भूभागमा विस्तार भएको जानकारी दिएको हो ।

महाशाखाका अनुसार यस वर्षको मनसुन असार ५ गते पूर्वी नेपालबाट प्रवेश गर्दै कोशी प्रदेशको केही क्षेत्रमा फैलिएको थियो । त्यसपछि असार ८ गतेसम्म कोशी प्रदेशको बाँकी भूभाग, मधेश प्रदेश, बागमती प्रदेश, गण्डकी प्रदेशको केही भाग तथा लुम्बिनी प्रदेशको पूर्वी क्षेत्रका थोरै स्थानमा मनसुन विस्तार भएको थियो ।

नेपालमा सामान्यतया जुन १३ तारिखतिर पूर्वी भूभागबाट मनसुन प्रवेश गर्ने र करिब एक साताभित्र देशभर फैलिने गर्छ । तर यस वर्ष मनसुन औसत समयभन्दा ६ दिन ढिलो नेपाल प्रवेश गरेको थियो । देशभर मनसुन विस्तार हुन भने यस वर्ष १२ दिन लागेको महाशाखाले जनाएको छ ।

मौसम पूर्वानुमान महाशाखाले देशभरको मौसम अवस्थाको निरन्तर अनुगमन भइरहेको जनाएको छ । मौसमसम्बन्धी सूचना नियमित रूपमा अद्यावधिक गरिने भएकाले सबैलाई आधिकारिक मौसम सूचना हेरेर आवश्यक सतर्कता अपनाउन आग्रह गरिएको छ ।

  • Related Posts

    बाँकेमा एम्बुलेन्स दुर्घटना, चार जना घाइते

    बाँके । बाँकेको बैजनाथ-१ हात्तिसारस्थित रत्न राजमार्गमा रुकुमदेखि नेपालगञ्जतर्फ आउँदै गरेको एम्बुलेन्स दुर्घटना हुँदा चालकसहित चार जना घाइते भएका छन् । रुकुम पश्चिमको चौरजहारी नगरपालिका- ५ निवासी ३४ वर्षीय दिपेश…

     कञ्चनपुरको हनुमान नगरमा १४७.४ मिलिमिटर बर्षा

    काठमाडौँ । पछिल्लो २४ घण्टामा देशका विभिन्न स्थानमा उल्लेखनीय वर्षा भएको छ । मौसम पूर्वानुमान महाशाखाका अनुसार सबैभन्दा बढी वर्षा कञ्चनपुरको हनुमान नगरमा भएको छ, जहाँ १४७.४ मिलिमिटर पानी परेको…

    पहिलो

    बाँकेमा एम्बुलेन्स दुर्घटना, चार जना घाइते

    • June 30, 2026
    • 23 views
    बाँकेमा एम्बुलेन्स दुर्घटना, चार जना घाइते

    देशभर फैलियो मनसुन

    • June 30, 2026
    • 29 views

    वीरगञ्ज–सिमरा औद्योगिक करिडोरलाई हरित बनाउन ‘पावर-गिफ’ परियोजना सुरु, औद्योगिक विद्युतीकरणमा नगरको पूर्ण साथ रहने कार्यवाहक प्रमुख आलमको प्रतिबद्धता-

    • June 30, 2026
    • 58 views
    वीरगञ्ज–सिमरा औद्योगिक करिडोरलाई हरित बनाउन ‘पावर-गिफ’ परियोजना सुरु, औद्योगिक विद्युतीकरणमा नगरको पूर्ण साथ रहने कार्यवाहक प्रमुख आलमको प्रतिबद्धता-

     कञ्चनपुरको हनुमान नगरमा १४७.४ मिलिमिटर बर्षा

    • June 30, 2026
    • 9 views
     कञ्चनपुरको हनुमान नगरमा १४७.४ मिलिमिटर बर्षा

    प्रहरी हुँ भन्दै लुटपाट गर्ने चार जना पक्राउ

    • June 30, 2026
    • 12 views

    नेशनल मेडिकल कलेजका एमबीबीएस विद्यार्थी द्वारा अन्तर्राष्ट्रिय स्तरको ईएनटी पाठ्यपुस्तकमा सुधारको सुझाव, लेखक बाट धन्यवाद तथा आगामी संस्करणमा सच्याउने प्रतिबद्धता-

    • June 30, 2026
    • 59 views
    नेशनल मेडिकल कलेजका एमबीबीएस विद्यार्थी द्वारा अन्तर्राष्ट्रिय स्तरको ईएनटी पाठ्यपुस्तकमा सुधारको सुझाव, लेखक बाट धन्यवाद तथा आगामी संस्करणमा सच्याउने प्रतिबद्धता-