नेपाली क्रिकेट टोलीले भारतमा प्रशिक्षण गर्ने

काठमाडौँ । नेपाली क्रिकेट टोलीले क्यानडा भ्रमणअघि भारतमा प्रशिक्षण गर्ने भएको छ ।

नेपालले क्यानडा भ्रमणलाई आइतबार रोहितकुमार पौडेलको कप्तानीमा २२ सदस्य टोली बन्द प्रशिक्षणमा बोलाएको छ । अघिल्लो महिना सम्पन्न टी-२० विश्वकप खेलेको टोलीमा रहेका तीव्र गतिका बलर प्रतिश जीसी र अभिनाश बोहरालाई बन्द प्रशिक्षणमा बोलाइएको छैन ।

नेपाल ए मा राम्रो प्रदर्शन गरेका बायाँहाते स्पिन अलराउण्डर बसिर अहमदले प्रशिक्षणमा फर्किने अवसर पाएका छन् ।

यस्तै टी-२० विश्वकप खेलेको टोलीमा नभएका देव खनाल, भीम सार्की, आरिफ शेख, अर्जुन साउद, आकाश चन्द, बसिर अहमद, सूर्य तामाङ र रिजन ढकाल पनि छन् ।

टोलीले एकहप्ता त्रिवि क्रिकेट मैदानमा फिटनेश ट्रेनिङ गर्नेछ, त्यसपछि भारत जाने तयारी छ ।

नेपाल क्रिकेट संघ (क्यान) का प्रवक्ता छुम्बी लामाले भारतमा प्रशिक्षण गर्ने तयारीमा रहेको बताए ।

प्रशिक्षणमा बोलाइएका कप्तान रोहित पौडेल, दीपेन्द्रसिंह ऐरी र स्पिनर सन्दीप लामिछाने ग्लोबल टी-२० क्यानडामा व्यस्त छन् । ग्लोबल टी-२० क्यानडा ११ अगष्टमा सकिने छ । त्यसपछि दीपेन्द्र र रोहित टी-१० लिग खेल्ने वेष्टइण्डिज जाने कार्यक्रम छ ।

तीनै जना सिधै क्यानडामा टोलीसँग जोडिनेछन् । तीव्र गतिका बलर गुल्शन झा भारतमै छन् । सोमपाल कामी र करण केसी भारतमा अभ्यास गरेर नेपाल फर्किसकेका छन् ।

टी-२० विश्वकपपछि अमेरिकामा बस्दै आएका मुख्य प्रशिक्षक मोन्टी देशाई पनि नेपाल आएका छैनन् । उनी पनि सिधै भारत आउने तयारीमा छन् । ।

नेपालले आगामी सेप्टेम्बरमा क्यानडामा आइसिसी विश्वकप लिग-२ र त्रिकोणात्मक टी-२० आई सिरिज खेल्नेछ ।

घरेलु टोली क्यानडा, नेपाल र ओमानबीच उक्त प्रतिस्पर्धा हुनेछ । लिग-२ मा १८ र २६ सेप्टेम्बरमा क्यानडा तथा २० र २४ सेप्टेम्बरमा ओमानसँग खेल्ने तालिका छ । यद्यपि आईसीसीले औपचारिक रूपमा खेल तालिका सार्वजनिक गरिसकेको छैन ।

त्यसपछि नेपाल, ओमान र क्यानडाबीच त्रिकोणात्मक टी-२० आई सिरिज पनि हुनेछ ।

नेपाली टोली क्यानडाबाटै अमेरिका जानेछ । अक्टोबरमा नेपालले अमेरिकामा आइसिसी विश्वकप लिग–२ र त्रिकोणात्मक टी–२० आई सिरिज खेल्ने तालिका छ ।

घरेलु टोली अमेरिकासँगै नेपाल र स्कटल्यान्डबीच प्रतिस्पर्धा हुनेछ ।

लिग-२ त्रिकोणात्मक सिरिज २०२७ सम्म चल्नेछ । प्रतियोगितामा नेपाल, अमेरिका, क्यानडा, स्कटल्यान्ड, नेदरल्यान्ड्स, युएई, ओमान र नामिबियाबीच प्रतिस्पर्धा हुनेछ । शीर्ष चारमा रहने टोलीले सोझै २०२७ को एक दिवसीय विश्वकप छनोट खेल्न पाउनेछन् भने पुछारमा रहने चार टोलीले प्लेअफ खेल्नुपर्ने हुन्छ ।

२०२७ सम्म नम्बर वान एसोसिएट टोली हुने नेपालको लक्ष्य छ । यसका लागि लिग २ मा प्रदर्शन महत्त्वपूर्ण हुनेछ ।

सुरुवाती चार खेलमा नेपाल १ मा जितका साथ छैटौँ स्थानमा छ । स्कटल्यान्ड ७ खेलमा ४ मा जित, २ मा हार र एक खेल नतिजा विहीन हुँदा ९ अंकका साथ शीर्ष स्थानमा छ । क्यानडा ४ खेलमा अपराजित रहँदै ८ अंकका साथ दोस्रो स्थानमा छ ।

नामिबिया ८ खेलमा समान चारमा जित र हारसहित ८ अंकका साथ तेस्रो स्थानमा छ । नेदरल्यान्ड्स ४ खेलमा ४ अंकका साथ चौथो र ओमान ३ अंकका साथ पाँचौँ स्थानमा छ । युएई तीन खेलमा अंकविहीन हुँदै सातौँ र अमेरिका एक खेल नखेली पुछारमा छ ।

नेपालको टोलीमा रोहित पौडेल (कप्तान), कुशल भुर्तेल, आसिफ शेख, अनिल शाह, देव खनाल, भीम सार्की, आरिफ शेख, कुशल मल्ल, दीपेन्द्रसिंह ऐरी, अर्जुन साउद, सोमपाल कामी, करण केसी, गुलशन झा, कमलसिंह ऐरी, रिजन ढकाल, सन्दीप लामिछाने, ललितनारायण राजवंशी, सूर्य तामाङ, बसिर अहमद, आकाश चन्द, सागर ढकाल र सन्दीप जोरा रहेका छन् ।

  • Related Posts

    देशभर सवारी दुर्घटनामा एक जनाको मृत्यु, १३४ घाइते

    काठमाडौँ । पछिल्लो २४ घण्टामा देशका विभिन्न स्थानमा भएका सवारी दुर्घटनामा एक जनाको मृत्यु भएको छ । नेपाल प्रहरीले दिएको जानकारी अनुसार दुर्घटनामा कोशी प्रदेशमा एक जनाको मृत्यु भएको छ…

    रोटरी क्लब अफ माउन्ट एभरेष्ट ललितपुर द्वारा एकदिने मानसिक स्वास्थ्य सचेतना शिविर सञ्चालन

    ललितपुरको खोकनास्थित श्री रुद्रायणी माध्यमिक विद्यालय परिसरमा रोटरी क्लब अफ माउन्ट एभरेष्ट ललितपुरले एकदिने मानसिक स्वास्थ्य सचेतना शिविर सञ्चालन गरेको छ। समाज रूपान्तरणका लागि विभिन्न सामाजिक तथा जनचेतनामूलक कार्यक्रम गर्दै…

    पहिलो

    सशस्त्र प्रहरी वल, नेपाल पर्सा द्वारा लाखौं मूल्य बराबरको प्रतिवन्धित ब्रोईलर कुखुराको चल्ला नष्ट-

    • June 10, 2026
    • 95 views
    सशस्त्र प्रहरी वल, नेपाल पर्सा द्वारा लाखौं मूल्य बराबरको प्रतिवन्धित ब्रोईलर कुखुराको चल्ला नष्ट-

    नेशनल मेडिकल कलेज र कृषि अनुसन्धान निर्देशनालय, मधेश प्रदेश बीच स्वास्थ्य सेवा सहकार्य सम्झौता सम्पन्न-

    • June 8, 2026
    • 123 views
    नेशनल मेडिकल कलेज र कृषि अनुसन्धान निर्देशनालय, मधेश प्रदेश बीच स्वास्थ्य सेवा सहकार्य सम्झौता सम्पन्न-

    देशभर सवारी दुर्घटनामा एक जनाको मृत्यु, १३४ घाइते

    • June 8, 2026
    • 50 views
    देशभर सवारी दुर्घटनामा एक जनाको मृत्यु, १३४ घाइते

    रोटरी क्लब अफ माउन्ट एभरेष्ट ललितपुर द्वारा एकदिने मानसिक स्वास्थ्य सचेतना शिविर सञ्चालन

    • June 8, 2026
    • 73 views

    भूकम्पमा मृत्यु हुनेको संख्या १५ पुग्यो, १२९ जना घाइते

    • June 8, 2026
    • 54 views
    भूकम्पमा मृत्यु हुनेको संख्या १५ पुग्यो, १२९ जना घाइते

    इरानले फेरि प्रहार गर्यो इजराइलतर्फ मिसाइल

    • June 8, 2026
    • 59 views
    इरानले फेरि प्रहार गर्यो इजराइलतर्फ मिसाइल