स्वयम्भूमा एक महिनासम्म लाग्ने मेला सुरु

काठमाडौँ । प्रत्येक वर्ष साउन शुक्ल प्रतिपदादेखि एक महिनासम्म स्वयम्भूमा लाग्ने मेला आजदेखि सुरु भएको छ । बौद्ध धर्मावलम्बीले मनाउने चाड गुँला पर्वका रूपमा मेला अवधिभर प्रत्येक बिहान बाजा बजाउँदै स्वयम्भू महाचैत्यको दर्शन गरी त्यस वरपर क्षेत्रमा परिक्रममा गर्ने प्रचलन छ ।

बौद्ध धर्मावलम्बीहरूले यो एक महिनाको समयावधिलाई पवित्र महिनाका रूपमा लिनाका साथै करुणामयको नामबाट चिनिने मत्स्येन्द्रनाथको दर्शन गर्दछन् । यसरी तीर्थ गरेमा पुण्य सञ्चय हुने विश्वास बौद्ध धर्मावलम्बीको रहेको स्वयम्भू व्यवस्थापन तथा संरक्षण महासमितिले जनाएको छ । स्वयम्भूमा मेला भरेपछि नजिकै रहेका शोभाभगवती, विजेश्वरीलगायत तीर्थस्थलको परिक्रमा गर्ने परम्परा रहेको महासमितिका महासचिव अशोक बुद्धाचार्यले बताए।

महासमितिले विश्वसम्पदा स्वयम्भू तथा यस आसपास क्षेत्रका गुम्बामा दर्शनका लागि आउने भक्तजनको सुरक्षा, मेलामा हुने घुइँचो व्यवस्थापन, सरसफाइ, रङ्गरोगन, सडक बत्ती व्यवस्थापनलगायत सम्पूर्ण तयारी पूरा गरी आजदेखि मेला सुरु गरिएको महासचिव बुद्धाचार्यले जानकारी दिए ।

चैत्यको जीर्णोद्धार सम्पन्न गरिएकाले यस वर्ष दर्शन गर्न आउने भक्तजनको सङ्ख्या बढ्ने अपेक्षा गरिएको उनले उल्लेख गरे । थेरवाद, महायान र बज्रयान सम्प्रदायका अनुयायीहरू राष्ट्रिय तथा अन्तर्राष्ट्रियस्तरबाट एक महिनाको अवधिमा करिब पाँच लाख आउने अपेक्षा गरिएको महासमितिले जनाएको छ ।

स्वयम्भूस्थित महानगरीय प्रहरी वृत्तले उक्त मेलामा आउने भक्तजन तथा सर्वसाधारणको सुरक्षाका साथै सडकमा ट्राफिक व्यवस्थापन गर्ने महासचिव बुद्धाचार्यको भनाइ छ । “संस्कृतमा स्वयम्भूको अर्थ आफैँ उत्पन्न भएको भूमि हो । यहाँ विपश्वी बुद्धले आएर पूजा गरेको धर्मावलम्बीको विश्वास छ”, उनले भने ।

विशेषगरी बौद्ध अनुयायीले विभिन्न धार्मिक गतिविधि गर्ने उक्त स्थलमा तान्त्रिक देवीदेवताको पनि विश्रामस्थल रहेको जनविश्वास छ । यहाँ सबै सम्प्रदायका बौद्ध अनुयायी तथा हिन्दू धर्मावलम्बीले आस्था प्रकट गर्दछन् । यस आसपासमा रहेको अनन्तपुर र प्रतापपुर पनि जीर्णोद्धार सम्पन्न गरिएपछि आन्तरिक तथा बाह्य पर्यटकको आगमन वृद्धि हुँदै गएको महासमितिका महासचिव बुद्धाचार्यले जानकारी दिए ।

  • Related Posts

    सशस्त्र प्रहरी वल, नेपाल पर्सा द्वारा लाखौं मूल्य बराबरको प्रतिवन्धित ब्रोईलर कुखुराको चल्ला नष्ट-

    दीपेन्द्र प्रजापति/कालो झोला । बीरगंज, २७ जेठ । सशस्त्र प्रहरी बल नेपाल नं. १३ गण मुख्यालय, पर्सा ले विशेष सूचनाको आधारमा बुधबार बिहान करिब ०७:०० बजेको समयमा पर्सा जिल्लाको बिन्दबासिनी…

    नेशनल मेडिकल कलेज र कृषि अनुसन्धान निर्देशनालय, मधेश प्रदेश बीच स्वास्थ्य सेवा सहकार्य सम्झौता सम्पन्न-

    दीपेन्द्र प्रजापति/कालो झोला । वीरगञ्ज, २५ जेठ । नेशनल मेडिकल कलेज प्रा.लि., वीरगञ्ज र कृषि अनुसन्धान निर्देशनालय, मधेश प्रदेश, परवानीपुरबीच स्वास्थ्य सेवा सहकार्य सम्बन्धी सम्झौता सम्पन्न भएको छ । सम्झौतापत्रमा…

    पहिलो

    सशस्त्र प्रहरी वल, नेपाल पर्सा द्वारा लाखौं मूल्य बराबरको प्रतिवन्धित ब्रोईलर कुखुराको चल्ला नष्ट-

    • June 10, 2026
    • 98 views
    सशस्त्र प्रहरी वल, नेपाल पर्सा द्वारा लाखौं मूल्य बराबरको प्रतिवन्धित ब्रोईलर कुखुराको चल्ला नष्ट-

    नेशनल मेडिकल कलेज र कृषि अनुसन्धान निर्देशनालय, मधेश प्रदेश बीच स्वास्थ्य सेवा सहकार्य सम्झौता सम्पन्न-

    • June 8, 2026
    • 123 views
    नेशनल मेडिकल कलेज र कृषि अनुसन्धान निर्देशनालय, मधेश प्रदेश बीच स्वास्थ्य सेवा सहकार्य सम्झौता सम्पन्न-

    देशभर सवारी दुर्घटनामा एक जनाको मृत्यु, १३४ घाइते

    • June 8, 2026
    • 50 views
    देशभर सवारी दुर्घटनामा एक जनाको मृत्यु, १३४ घाइते

    रोटरी क्लब अफ माउन्ट एभरेष्ट ललितपुर द्वारा एकदिने मानसिक स्वास्थ्य सचेतना शिविर सञ्चालन

    • June 8, 2026
    • 73 views

    भूकम्पमा मृत्यु हुनेको संख्या १५ पुग्यो, १२९ जना घाइते

    • June 8, 2026
    • 54 views
    भूकम्पमा मृत्यु हुनेको संख्या १५ पुग्यो, १२९ जना घाइते

    इरानले फेरि प्रहार गर्यो इजराइलतर्फ मिसाइल

    • June 8, 2026
    • 59 views
    इरानले फेरि प्रहार गर्यो इजराइलतर्फ मिसाइल