पर्यटक लोभ्याउँदै ‘बिपी–पुष्पलाल वाटिका’

झापा, ७ साउन : यहाँको मेचीनगर नगरपालिका–६ काँकडभिट्टामा रहेको ‘बिपी–पुष्पलाल वाटिका’ पर्यटकीय आकर्षणको केन्द्र बनेको छ ।

काँकडभिट्टा बजारमै जोडिएका कारण वाटिकामा दिनहुँ पर्यटक घुमफिर र फोटोसेसनका लागि आउने गरेका छन् । वाटिकामा मनोरम फूलबारी, सेल्फी स्पट र पानीको फोहोरासहित नेपाली लोकतान्त्रिक आन्दोलनका शीर्ष नेताद्वय बिपी कोइराला र पुष्पलाल श्रेष्ठको पूर्णकदको सालिक रहेको छ । विसं २०४६ मा नेपाली कांग्रेस र संयुक्त वाममोर्चाको नेतृत्वमा भएको संयुक्त जनआन्दोलनको सफलताबाट बहुदलीय प्रजातन्त्रको बहाली भएपश्चात् नेताद्वय बिपी र पुष्पलालको एकै स्थानमा सालिक निर्माणको अवधारणा बनेको मेचीनगर नगरपालिकाका नगरप्रमुख गोपालचन्द्र बुढाथोकीले बताउनुभयो । सोही अवधारणाअनुसार नेपाली कांग्रेस र नेपाल कम्युनिष्ट पार्टी (एमाले)का स्थानीय नेताहरुले बिपी पुष्पलाल वाटिका तथा सहिद स्मृति प्रतिष्ठानको स्थापना गरेका थिए । प्रतिष्ठानको अगुवाइमा विसं २०७८ माघ १५ गते तत्कालीन प्रदेश सांसद श्रीप्रसाद मैनालीले बिपी कोइराला र पुष्पलाल श्रेष्ठको सालिक निर्माणको शिलान्यास गर्नुभएको थियो । विसं २०८० जेठ ७ गते वाटिकासहित दुवै नेताको सालिकको मेचीनगर नगरप्रमुख बुढाथोकीले उद्घाटन गर्नुभएको थियो । मेचीनगर नगरपालिकाको स्वामित्वमा रहेको १२ कट्ठा जग्गामा निर्मित वाटिकामा नेताद्वयको पूर्णकदको सालिक स्थापना गरिएको छ । काँकडभिट्टासम्म घुम्नका लागि भारत र बङ्गलादेशबाट आउने पर्यटकहरु यही वाटिकामा पुग्ने गरेको स्थानीय होटल व्यवसायी रामबहादुर तामाङ बताउनुहुन्छ । “होटलमा बास बसेर फर्किहाल्ने पर्यटकहरुले नजिकको घुम्ने ठाउँ कहाँ छ भनेर सोध्छन्,” उहाँ भन्नुहुन्छ, “हामी उनीहरुलाई बिपी पुष्पलाल बाटिका पुर्याइदिन्छौं । त्यहाँ घुमेर फोटो खिच्छन् । टिकटक र रिलका लागि भिडियो बनाउँछन् ।” वाटिका निर्माण समितिका अध्यक्षसमेत रहनुभएको तामाङले वाटिकामा कोशी प्रदेश सरकारको रु ३० लाख र मेचीनगर नगरपालिकाको रु पाँच लाख लगानी भएको जानकारी दिनुभयो । वाटिकाको सुन्दरता अभिवृद्धिका लागि अझ बजेट आवश्यक रहेको उहाँले बताउनुभयो । राजनीतिक तीर्थस्थल नेपाली राजनीतिमा सबैभन्दा सम्मानित नेताको रुपमा नेपाली कांग्रेसका संस्थापक नेता बिपी कोइराला र नेपाल कम्युनिष्ट पार्टीका संस्थापक महासचिव पुष्पलाल श्रेष्ठलाई मानिँदै आएको छ । दुवैको सालिक एउटै वाटिकामा भएकाले यो वाटिका कांग्रेस र कम्युनिष्ट दुवै विचारका अुनयायीका लागि राजनीतिक तीर्थस्थल बनेको नेकपा (एमाले) मेचीनगरका अध्यक्ष राजु कार्की बताउनुहुन्छ । “कमरेड पुष्पलालको स्मृति दिवसमा साउन ७ गते हरेक वर्ष हामी यही वाटिकामा भेला भएर श्रद्धासुमन अर्पण गर्दै उहाँको योगदानको स्मरण गर्छौं,” एमाले नगर अध्यक्ष कार्कीले भन्नुभयो, “ठीक एक दिनअघि नेपाली कांग्रेसका साथीहरु यही वाटिकामा भेला भएर लोकतान्त्रिक आन्दोलनका शीर्ष नेता बिपी कोइरालाप्रति श्रद्धासुमन अर्पण गर्नुहुन्छ ।” यस वर्ष सोमबार पुष्पलाल स्मृति दिवस कार्यक्रममा भेला भएका नेकपा (एमाले)का नेता तथा कार्यकर्ताहरुले एउटै स्तम्भमा दुईतिर रहेका पुष्पलाल र बिपीप्रति समान आदरभाव प्रकट गरे । आइतबार नेपाली कांग्रेस मेचीनगरले यही स्थानमा श्रद्धाञ्जली समारोहको आयोजना गर्दा बिपी र पुष्पलाल दुवैको सालिकमा रुद्राक्षको माला लगाएर कांग्रेस नेता तथा कार्यकर्ताले श्रद्धासुमन अर्पण गरेका थिए । एमाले नेता तथा कार्यकर्ताले दुवै सालिकमा माल्र्यापण गरेका थिए ।

  • Related Posts

    सशस्त्र प्रहरी वल, नेपाल पर्सा द्वारा लाखौं मूल्य बराबरको प्रतिवन्धित ब्रोईलर कुखुराको चल्ला नष्ट-

    दीपेन्द्र प्रजापति/कालो झोला । बीरगंज, २७ जेठ । सशस्त्र प्रहरी बल नेपाल नं. १३ गण मुख्यालय, पर्सा ले विशेष सूचनाको आधारमा बुधबार बिहान करिब ०७:०० बजेको समयमा पर्सा जिल्लाको बिन्दबासिनी…

    नेशनल मेडिकल कलेज र कृषि अनुसन्धान निर्देशनालय, मधेश प्रदेश बीच स्वास्थ्य सेवा सहकार्य सम्झौता सम्पन्न-

    दीपेन्द्र प्रजापति/कालो झोला । वीरगञ्ज, २५ जेठ । नेशनल मेडिकल कलेज प्रा.लि., वीरगञ्ज र कृषि अनुसन्धान निर्देशनालय, मधेश प्रदेश, परवानीपुरबीच स्वास्थ्य सेवा सहकार्य सम्बन्धी सम्झौता सम्पन्न भएको छ । सम्झौतापत्रमा…

    पहिलो

    सशस्त्र प्रहरी वल, नेपाल पर्सा द्वारा लाखौं मूल्य बराबरको प्रतिवन्धित ब्रोईलर कुखुराको चल्ला नष्ट-

    • June 10, 2026
    • 68 views
    सशस्त्र प्रहरी वल, नेपाल पर्सा द्वारा लाखौं मूल्य बराबरको प्रतिवन्धित ब्रोईलर कुखुराको चल्ला नष्ट-

    नेशनल मेडिकल कलेज र कृषि अनुसन्धान निर्देशनालय, मधेश प्रदेश बीच स्वास्थ्य सेवा सहकार्य सम्झौता सम्पन्न-

    • June 8, 2026
    • 109 views
    नेशनल मेडिकल कलेज र कृषि अनुसन्धान निर्देशनालय, मधेश प्रदेश बीच स्वास्थ्य सेवा सहकार्य सम्झौता सम्पन्न-

    देशभर सवारी दुर्घटनामा एक जनाको मृत्यु, १३४ घाइते

    • June 8, 2026
    • 41 views
    देशभर सवारी दुर्घटनामा एक जनाको मृत्यु, १३४ घाइते

    रोटरी क्लब अफ माउन्ट एभरेष्ट ललितपुर द्वारा एकदिने मानसिक स्वास्थ्य सचेतना शिविर सञ्चालन

    • June 8, 2026
    • 65 views

    भूकम्पमा मृत्यु हुनेको संख्या १५ पुग्यो, १२९ जना घाइते

    • June 8, 2026
    • 46 views
    भूकम्पमा मृत्यु हुनेको संख्या १५ पुग्यो, १२९ जना घाइते

    इरानले फेरि प्रहार गर्यो इजराइलतर्फ मिसाइल

    • June 8, 2026
    • 48 views
    इरानले फेरि प्रहार गर्यो इजराइलतर्फ मिसाइल