मोरङ रेडक्रसद्वारा उद्धार सामग्री हस्तान्तरण

मोरङ, ७ साउन : नेपाल रेडक्रस सोसाइटी मोरङले जहदा गाउँपालिका र सशस्त्र प्रहरी बल नेपाल ३ नं हेड क्वाटर बूढीगङ्गालाई दुई थान रबर बोटलगायतका उद्धार सामग्री हस्तान्तरण गरेको छ ।

मोरङको कटहरी गाउँपालिकास्थित गोपाल फन पार्कमा आज आयोजित एक समारोहबीच रेडक्रसका मोरङ अध्यक्ष सुवोधकुमार सिंहले जहदा गाउँपालिकाका अध्यक्ष जीतेन्द्रप्रसाद साह र सशस्त्र प्रहरी बलका प्रहरी नायब प्रहरी उपरीक्षक वीरेन्द्र खनाललाई रु ३० लाख मूल्यका १२ वटा उद्धार सामग्री हस्तान्तरण गर्नुभयो ।

मोरङको केराबारी गाउँपालिकादेखि जहदा गाउँपालिकाकासम्मका आठ पालिकाका नागरिकलाई बाढीको समयमा उद्धार गर्न उक्त सामग्री उपयोगी हुने बताइएको छ । जहदा गाउँपालिकाका प्रमुख साहले पालिकाको १,२ र ७ वडामा लोहन्द्रा, सिङ्घीया र भारतको नदीबाट बाढी आउने हुनाले उद्धारमा सामग्री उपयोगी हुने बताउनुभयो ।

मोरङका सहायक प्रमुख जिल्ला अधिकारी प्रदीपकुमार साह, रेडक्रस सोसाइटीका मोरङ अध्यक्ष सिंह र सञ्जय कामतले विपद्मा उद्धार सागम्रीले सहयोग पुग्ने विश्वास व्यक्त गर्नुभयो । सोही अवसरमा पालिकाका कर्मचारीलाई रबर बोट सञ्चालनसम्बन्धी तालिम तथा अभ्यास गराइएको थियो ।

  • Related Posts

    देशभर सवारी दुर्घटनामा एक जनाको मृत्यु, १३४ घाइते

    काठमाडौँ । पछिल्लो २४ घण्टामा देशका विभिन्न स्थानमा भएका सवारी दुर्घटनामा एक जनाको मृत्यु भएको छ । नेपाल प्रहरीले दिएको जानकारी अनुसार दुर्घटनामा कोशी प्रदेशमा एक जनाको मृत्यु भएको छ…

    रोटरी क्लब अफ माउन्ट एभरेष्ट ललितपुर द्वारा एकदिने मानसिक स्वास्थ्य सचेतना शिविर सञ्चालन

    ललितपुरको खोकनास्थित श्री रुद्रायणी माध्यमिक विद्यालय परिसरमा रोटरी क्लब अफ माउन्ट एभरेष्ट ललितपुरले एकदिने मानसिक स्वास्थ्य सचेतना शिविर सञ्चालन गरेको छ। समाज रूपान्तरणका लागि विभिन्न सामाजिक तथा जनचेतनामूलक कार्यक्रम गर्दै…

    पहिलो

    सशस्त्र प्रहरी वल, नेपाल पर्सा द्वारा लाखौं मूल्य बराबरको प्रतिवन्धित ब्रोईलर कुखुराको चल्ला नष्ट-

    • June 10, 2026
    • 68 views
    सशस्त्र प्रहरी वल, नेपाल पर्सा द्वारा लाखौं मूल्य बराबरको प्रतिवन्धित ब्रोईलर कुखुराको चल्ला नष्ट-

    नेशनल मेडिकल कलेज र कृषि अनुसन्धान निर्देशनालय, मधेश प्रदेश बीच स्वास्थ्य सेवा सहकार्य सम्झौता सम्पन्न-

    • June 8, 2026
    • 109 views
    नेशनल मेडिकल कलेज र कृषि अनुसन्धान निर्देशनालय, मधेश प्रदेश बीच स्वास्थ्य सेवा सहकार्य सम्झौता सम्पन्न-

    देशभर सवारी दुर्घटनामा एक जनाको मृत्यु, १३४ घाइते

    • June 8, 2026
    • 41 views
    देशभर सवारी दुर्घटनामा एक जनाको मृत्यु, १३४ घाइते

    रोटरी क्लब अफ माउन्ट एभरेष्ट ललितपुर द्वारा एकदिने मानसिक स्वास्थ्य सचेतना शिविर सञ्चालन

    • June 8, 2026
    • 65 views

    भूकम्पमा मृत्यु हुनेको संख्या १५ पुग्यो, १२९ जना घाइते

    • June 8, 2026
    • 46 views
    भूकम्पमा मृत्यु हुनेको संख्या १५ पुग्यो, १२९ जना घाइते

    इरानले फेरि प्रहार गर्यो इजराइलतर्फ मिसाइल

    • June 8, 2026
    • 48 views
    इरानले फेरि प्रहार गर्यो इजराइलतर्फ मिसाइल