पहिरोले पाँच परिवार विस्थापित

बाजुरा, ३ साउन : जिल्लाको भिरालो जमिन भासिँदै पहिरो बग्न थालेपछि अधिकांश बस्ती जोखिममा परेका छन् । वर्षाका कारण गौमुल गाउँपालिका–२ रनेडामा पहिरो जाँदा पाँच परिवार विस्थापित भएका छन् । दश घर अझै जोखिममा छन् ।

गौमुल–२ का वडाध्यक्ष देवबहादुर रोकायाका अनुसार गाउँमाथि र तलबाट पहिरो बग्न थालेपछि पाँच परिवारलाई उद्धार गरी सुरक्षित स्थानमा सारिएको छ । उनीहरुलाई सहयोग उपलब्ध गराउन गाउँपालिकाले पहल गरिरहेको छ । पहिरोले रनेडाका स्थानीय सालिभान रोकाया, महेन्द्र रोकाया, साउने रोकाया, सगुने रोकाया र देबे सार्कीको परिवार विस्थापित भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक तथा सूचना अधिकारी रवीन्द्रसिं कार्कीले जानकारी दिनुभयो ।

विस्थापित परिवार सुरक्षित स्थानमा त्रिपाल टाँगेर बसेका छन् । सोही बस्तीको तल र माथिबाट आएको पहिरोले १० परिवार जोखिममा छन् । उनीहरुलाई सुरक्षित स्थानमा बसोबासको व्यवस्था गन समन्वय भइरहेको गौमुल गाउँपालिकाले जनाएको छ ।
–––

  • Related Posts

    सुदूरपश्चिमले आर्मीलाई दियो १६२ रनको लक्ष्य

    काठमाडौँ । पीएम कपको फाइनलमा सुदूरपश्चिम प्रदेशले त्रिभुवन आर्मी क्लबलाई १६२ रनको लक्ष्य दिएको छ । पर्सामा जारी फाइनल खेलमा टस जितेर पहिला ब्याटिंग गरेको सुदूरपश्चिम प्रदेशले ३९.४ ओभरमा अल…

    विभिन्न देश पठाइदिन्छु भन्दै ठगी गर्ने चार जना पक्राउ

    काठमाडौं । वैदेशिक रोजगारीमा आकर्षक तलबको प्रलोभनमा पारी विभिन्न देश पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा ४ जनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा काठमाडौं महानगरपालिका-३२ बस्ने रौतहट घर…

    पहिलो

    सुदूरपश्चिमले आर्मीलाई दियो १६२ रनको लक्ष्य

    • April 17, 2026
    • 25 views
    सुदूरपश्चिमले आर्मीलाई दियो १६२ रनको लक्ष्य

    हेलिकप्टर दुर्घटना, ८ जनाको मृत्यु

    • April 17, 2026
    • 25 views
    हेलिकप्टर दुर्घटना, ८ जनाको मृत्यु

    विभिन्न देश पठाइदिन्छु भन्दै ठगी गर्ने चार जना पक्राउ

    • April 17, 2026
    • 26 views
    विभिन्न देश पठाइदिन्छु भन्दै ठगी गर्ने चार जना पक्राउ

    कार्की आयोगको प्रतिवेदन बारे काँग्रेसले निकाल्यो यस्तो निष्कर्ष

    • April 17, 2026
    • 14 views
    कार्की आयोगको प्रतिवेदन बारे काँग्रेसले निकाल्यो यस्तो निष्कर्ष

    काँग्रेसको आधिकारिकता विवादको रिटको सुनुवाई आज पनि

    • April 17, 2026
    • 28 views
    काँग्रेसको आधिकारिकता विवादको रिटको सुनुवाई आज पनि