प्रिमियर लिगमा आर्सनल, लिभरपुल र चेल्सी विजयी

काठमाडौं । इङलिश प्रिमियर लिग अन्तर्गत आर्सनल, लिभरपुल र चेल्सी विजयी भएका छन् भने म्यानचेस्टर युनाइटेड बराबरीमा रोकिएको छ ।

गएराती सम्पन्न खेलमा आर्सनलले बर्नलीलाई २-० गोल अन्तरले पराजित गरेको हो । आर्सनलको जितमा भिक्टर ग्योकरेस र डेक्लन राइसले एक एक गोल गरेका थिए ।

त्यसैगरी लिभरपुलले एस्टन भिल्लालाई २-० गोलले पराजित गरेको छ । लिभरपुलको जितमा मोहमद सलाह र रयान ग्राभेनबेर्चले एक एक गोल गरेका थिए ।

त्यसैगरी चेल्सीले टोटनह्यामलाई १-० गोलले पराजित गरेको छ । चेल्सीको जितमा जोआओ पेड्रोले खेलको एक मात्र गोल गरेका थिए ।

त्यसैगरी म्यानचेस्टर युनाइटेड नोट्टीङघम फोरेस्टसँग २-२ गोलको बराबरीमा रोकिएको छ । म्यानचेस्टर युनाइटेडका लागि क्यसेमिरो र अमाद डियालोले एक एक गोल गरेका थिए भने नोट्टीङघमका लागि मोर्गन गिब्स ह्वाइट र निकोलो साभोनाले एक एक गोल गरेका थिए ।

शनिबारका खेलपछि आर्सनल १० खेलमा २५ अंकसहित शिर्ष स्थानमा छ भने लिभरपुल १० खेलमा १८ अंकसहित तेस्रो स्थानमा छ । त्यस्तै टोटनह्याम १० खेलमा १७ अंकसहित चौथो स्थानमा छ भने चेल्सी १० खेलमा १७ अंकसहितनै पाँचौं स्थानमा छ ।
त्यस्तै म्यानचेस्टर युनाइटेड १० खेलमा १७ अंकसहितनै सातौं स्थानमा रहेको छ ।

  • Related Posts

    आज दिनभरका प्रमुख २० समाचार बुलेटिन

    १- सरकारले गठन गरेको सम्पत्ति छानबिन आयोग अवैध रहेको दाबीसहित सर्वोच्च अदालतमा रिट दर्ता भएको छ । मंगलबार अधिवक्ता डा. प्रेमराज सिलवालले सर्वोच्चमा रिट दायर गरेका हुन् । वैशाख ३…

    युएईले टस जित्यो, नेपालले पहिला ब्याटिंग गर्ने

    काठमाडौँ । आइसीसी क्रिकेट विश्वकप डिभिजन लिग- २ अन्तर्गत आजदेखि नेपाल, युएई र ओमानबीचको सिरिज शुरु हुदैछ । सिरिजको पहिलो खेलमा नेपाल र युएई आमने सामने हुदैछन् । यस खेलमा…

    पहिलो

    चालु आर्थिक वर्षमा अर्थतन्त्रको आकार ६६ खर्ब र आर्थिक वृद्धिदर ३.६८ प्रतिशत रहने प्रक्षेपण

    • April 28, 2026
    • 28 views
    चालु आर्थिक वर्षमा अर्थतन्त्रको आकार ६६ खर्ब र आर्थिक वृद्धिदर ३.६८ प्रतिशत रहने प्रक्षेपण

    सांसद बिश्वराज पोखरेलको मान मर्यादामा आघात पुगेको भन्दै विद्यालयले माग्यो माफी

    • April 28, 2026
    • 22 views
    सांसद बिश्वराज पोखरेलको मान मर्यादामा आघात पुगेको भन्दै विद्यालयले माग्यो माफी

    बालकुमारीस्थित जीआईएस सबस्टेशन निर्माणका लागि जग्गा प्राप्तिसम्बन्धी प्रक्रिया पूरा

    • April 28, 2026
    • 23 views
    बालकुमारीस्थित जीआईएस सबस्टेशन निर्माणका लागि जग्गा प्राप्तिसम्बन्धी प्रक्रिया पूरा
    आज दिनभरका प्रमुख २० समाचार बुलेटिन

    अध्यादेश ल्याउने सरकारको निर्णयप्रति काँग्रेसको आपत्ति

    • April 28, 2026
    • 20 views
    अध्यादेश ल्याउने सरकारको निर्णयप्रति काँग्रेसको आपत्ति

    नेपाल माइक्रो इन्स्योरेन्सका अध्यक्ष श्रेष्ठ पक्राउ

    • April 28, 2026
    • 24 views
    नेपाल माइक्रो इन्स्योरेन्सका अध्यक्ष श्रेष्ठ पक्राउ