बलिउड अभिनेत्री दीपिका भारतको ‘मानसिक स्वास्थ्य राजदूत’ नियुक्त

काठमाडौँ । बलिउड सुपरस्टार दीपिका पादुकोणलाई स्वास्थ्य तथा परिवार कल्याण मन्त्रालयले भारतको पहिलो ‘मानसिक स्वास्थ्य राजदूत’ को रूपमा नियुक्त गरेको छ । मानसिक स्वास्थ्यको बारेमा जागरूकता बढाउन र यसलाई एक महत्त्वपूर्ण सार्वजनिक स्वास्थ्य मुद्दा बनाउन यस कदमलाई महत्वपूर्ण मानिएको छ ।

केन्द्रीय स्वास्थ्यमन्त्री जेपी नड्डाले दीपिका पादुकोणसँगको यो साझेदारीले भारतमा मानसिक स्वास्थ्यको बारेमा सार्वजनिक छलफललाई बढावा दिने र जागरूकता फैलाउन मद्दत गर्ने तथा यो पहल मानसिक स्वास्थ्यको लागि सामाजिक मान्यता प्राप्त गर्न महत्त्वपूर्ण साबित हुने बताएका छन् ।

भारत सरकारको यो पहलको बारेमा बोल्दै, दीपिकाले आफ्नो नियुक्तिमा खुशी व्यक्त गरेकी छन् । दीपिकाले भनेकी छन्- ‘केन्द्रीय स्वास्थ्य मन्त्रालयको लागि पहिलो मानसिक स्वास्थ्य राजदूत नियुक्त हुनु मेरो लागि ठूलो सम्मानको कुरा हो । प्रधानमन्त्री नरेन्द्र मोदीको नेतृत्वमा भारतले मानसिक स्वास्थ्यलाई प्राथमिकता दिएको छ । म यस दिशामा मन्त्रालयसँग काम गर्न र देशको मानसिक स्वास्थ्य प्रणालीलाई बलियो बनाउन पूर्ण रूपमा तयार छु ।’

हाल, दीपिका आफ्नो आगामी फिल्म ‘किङ’ को छायांकनमा व्यस्त छिन् । उनी धेरै वर्षपछि यो फिल्ममा शाहरुख खानको अपोजिटमा देखिनेछिन् । यसका साथै, दीपिका पादुकोण एटलीद्वारा निर्देशित तेलुगु फिल्म एए२२ x ए६  मा पनि देखिनेछिन्, जसमा अल्लु अर्जुन मुख्य भूमिकामा छन् ।

  • Bishnu Timalsina

    Related Posts

    सशस्त्र प्रहरी वल, नेपाल पर्सा द्वारा लाखौं मूल्य बराबरको प्रतिवन्धित ब्रोईलर कुखुराको चल्ला नष्ट-

    दीपेन्द्र प्रजापति/कालो झोला । बीरगंज, २७ जेठ । सशस्त्र प्रहरी बल नेपाल नं. १३ गण मुख्यालय, पर्सा ले विशेष सूचनाको आधारमा बुधबार बिहान करिब ०७:०० बजेको समयमा पर्सा जिल्लाको बिन्दबासिनी…

    नेशनल मेडिकल कलेज र कृषि अनुसन्धान निर्देशनालय, मधेश प्रदेश बीच स्वास्थ्य सेवा सहकार्य सम्झौता सम्पन्न-

    दीपेन्द्र प्रजापति/कालो झोला । वीरगञ्ज, २५ जेठ । नेशनल मेडिकल कलेज प्रा.लि., वीरगञ्ज र कृषि अनुसन्धान निर्देशनालय, मधेश प्रदेश, परवानीपुरबीच स्वास्थ्य सेवा सहकार्य सम्बन्धी सम्झौता सम्पन्न भएको छ । सम्झौतापत्रमा…

    पहिलो

    सशस्त्र प्रहरी वल, नेपाल पर्सा द्वारा लाखौं मूल्य बराबरको प्रतिवन्धित ब्रोईलर कुखुराको चल्ला नष्ट-

    • June 10, 2026
    • 82 views
    सशस्त्र प्रहरी वल, नेपाल पर्सा द्वारा लाखौं मूल्य बराबरको प्रतिवन्धित ब्रोईलर कुखुराको चल्ला नष्ट-

    नेशनल मेडिकल कलेज र कृषि अनुसन्धान निर्देशनालय, मधेश प्रदेश बीच स्वास्थ्य सेवा सहकार्य सम्झौता सम्पन्न-

    • June 8, 2026
    • 117 views
    नेशनल मेडिकल कलेज र कृषि अनुसन्धान निर्देशनालय, मधेश प्रदेश बीच स्वास्थ्य सेवा सहकार्य सम्झौता सम्पन्न-

    देशभर सवारी दुर्घटनामा एक जनाको मृत्यु, १३४ घाइते

    • June 8, 2026
    • 45 views
    देशभर सवारी दुर्घटनामा एक जनाको मृत्यु, १३४ घाइते

    रोटरी क्लब अफ माउन्ट एभरेष्ट ललितपुर द्वारा एकदिने मानसिक स्वास्थ्य सचेतना शिविर सञ्चालन

    • June 8, 2026
    • 67 views

    भूकम्पमा मृत्यु हुनेको संख्या १५ पुग्यो, १२९ जना घाइते

    • June 8, 2026
    • 49 views
    भूकम्पमा मृत्यु हुनेको संख्या १५ पुग्यो, १२९ जना घाइते

    इरानले फेरि प्रहार गर्यो इजराइलतर्फ मिसाइल

    • June 8, 2026
    • 52 views
    इरानले फेरि प्रहार गर्यो इजराइलतर्फ मिसाइल