बीसीसीआईका अध्यक्ष बिन्नीको राजीनामा, शुक्ला बने कार्यवाहक अध्यक्ष

काठमाडौँ । पूर्व भारतीय क्रिकेटर रोजर बिन्नीले भारतीय क्रिकेट कन्ट्रोल बोर्ड (बीसीसीआई) को अध्यक्ष पदबाट राजीनामा दिएका छन् ।

रिपोर्टका अनुसार बिन्नीको राजीनामापछि बोर्डका उपाध्यक्ष राजीव शुक्लालाई कार्यवाहक अध्यक्ष बनाइएको छ । यसअघि ६५ वर्षीय शुक्ला बीसीसीआईका उपाध्यक्ष थिए । पीटीआईको रिपोर्टका अनुसार वर्तमान अध्यक्ष रोजर बिन्नी ७० बर्ष पुगेकाले बोर्डको नियम अनुसार पद छोडेको बताइएको छ ।

बिन्नीले २०२२ मा सौरभ गांगुलीको स्थानमा बोर्डको अध्यक्षको पदभार ग्रहण गरेका थिए । उनी जुलाई १९ मा ७० वर्षका भएका थिए ।

रिपोर्टका अनुसार, राजीव शुक्लाले केही महिनाको लागि कार्यभार सम्हाल्नेछन्। नयाँ अध्यक्ष निर्वाचित नभएसम्म उनी कार्यवाहक अध्यक्षको रूपमा काम गर्नेछन् । शुक्ला २०२० देखि बीसीसीआईको उपाध्यक्षको रूपमा काम गर्दै आएका छन् ।

बीसीसीआईको संविधान अनुसार कुनै पनि अधिकारीले ७० वर्षको उमेर पछि आफ्नो पद छोड्नु पर्छ ।

  • Related Posts

    टी-२० र टेस्ट क्रिकेटमा नयाँ नियम

    काठमाडौँ । अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आईसीसी) को बोर्ड बैठकले क्रिकेटका विभिन्न ढाँचासँग सम्बन्धित महत्त्वपूर्ण निर्णयहरू अनुमोदन गरेको छ । भारतको अहमदावादमा भएको बैठकमा खेलाडी, प्रशिक्षक तथा खेल अधिकारीसँग सम्बन्धित नियमहरूमा…

    नेइमारले विश्वकपको पहिलो खेल गुमाउने

    काठमाडौँ । ब्राजिलका स्टार खेलाडी नेइमार मांसपेशीमा चोट लागेपछि दुईदेखि तीन सातासम्म मैदान बाहिर रहने भएका छन् । उनको स्वास्थ्य परीक्षणपछि चोट पुष्टि भएको हो । चोटका कारण नेइमारले विश्वकपअघि…

    पहिलो

    सद्भावका लागि योग भने मूल नाराको साथ १२ औं अन्तर्राष्ट्रिय योग दिवस भारतको महावाणिज्य दूतावास, बीरगंज द्वारा मनाईयो-

    • June 21, 2026
    • 77 views
    सद्भावका लागि योग भने मूल नाराको साथ १२ औं अन्तर्राष्ट्रिय योग दिवस भारतको महावाणिज्य दूतावास, बीरगंज द्वारा मनाईयो-

    कार्यवाहक नगर प्रमुख आलम द्वारा वडा सदस्यहरू संग अन्तरक्रिया-

    • June 21, 2026
    • 78 views
    कार्यवाहक नगर प्रमुख आलम द्वारा वडा सदस्यहरू संग अन्तरक्रिया-

    मधेश खेलकुद परिषद्को आयोजनामा पहिलो पटक सञ्चालन भएको राष्ट्रिय स्तरको कुश्ती प्रतियोगितामा सागर यादव प्रथम स्थानमा स्वर्ण पदक हासिल गर्न सफल-

    • June 19, 2026
    • 83 views
    मधेश खेलकुद परिषद्को आयोजनामा पहिलो पटक सञ्चालन भएको राष्ट्रिय स्तरको कुश्ती प्रतियोगितामा सागर यादव प्रथम स्थानमा स्वर्ण पदक हासिल गर्न सफल-

    सशस्त्र प्रहरी बल, पर्सा द्वारा मनसुनजन्य विपद् पूर्व तयारी, तिन दिने ‘विपद् स्वयंसेवक परिचालन तालिम सम्पन्न-

    • June 19, 2026
    • 106 views
    सशस्त्र प्रहरी बल, पर्सा द्वारा मनसुनजन्य विपद् पूर्व तयारी, तिन दिने ‘विपद् स्वयंसेवक परिचालन तालिम सम्पन्न-

    भारतको महावाणिज्य दूतावास, वीरगञ्ज द्वारा पोखरियामा १२ औं अन्तर्राष्ट्रिय योग दिवसको आयोजना-

    • June 18, 2026
    • 92 views
    भारतको महावाणिज्य दूतावास, वीरगञ्ज द्वारा पोखरियामा १२ औं अन्तर्राष्ट्रिय योग दिवसको आयोजना-

    पर्सा प्रहरी द्वारा लागु औषध गाँजा बेवारिसे बरामद, संलग्न व्यक्तिहरु को खोज तलास जारी-

    • June 18, 2026
    • 96 views
    पर्सा प्रहरी द्वारा लागु औषध गाँजा बेवारिसे बरामद, संलग्न व्यक्तिहरु को खोज तलास जारी-