भ्रष्टाचारको आरोपमा चीनमा दुई पूर्व रक्षामन्त्रीलाई मृत्युदण्डको सजाय

काठमाडौँ । चीनका दुई पूर्वरक्षामन्त्री वेई फेंगहे र ली शांगफूलाई भ्रष्टाचारको आरोपमा मृत्युदण्ड सुनाइएको छ ।

चिनियाँ सरकारी सञ्चारमाध्यम सिन्ह्वाका अनुसार चीनको सैन्य अदालतले दुवैलाई छुट्टाछुट्टै सजाय सुनाएको हो । वेईलाई घुस लिएको दोषी ठहर गरिएको छ भने लीलाई घुस लिने र दिने दुवै आरोपमा दोषी ठहर गरिएको बताइएको छ । दुवैलाई मृत्युदण्ड सुनाइए पनि दुई वर्षको समय दिइएको जनाइएको छ । वेई र उनका उत्तराधिकारी लीलाई सन् २०२४ मा सत्तारूढ चिनियाँ कम्युनिस्ट पार्टीबाट निष्कासित गरिएको थियो । उनीहरू राष्ट्रपति सी जीनपीङ अध्यक्ष रहेको केन्द्रीय सैन्य आयोगका पूर्व सदस्यसमेत थिए ।

वेई फेंगहेले सन् २०१८ देखि २०२३ सम्म रक्षामन्त्रीको जिम्मेवारी सम्हालेका थिए । उनका उत्तराधिकारी ली शांगफूले भने केही महिनामात्र उक्त पदमा काम गरेका थिए । दुवैले पिपुल्स लिबरेशन आर्मी अन्तर्गतको महत्त्वपूर्ण रकेट फोर्सको नेतृत्व गरेका थिए । उक्त फोर्स सन् २०१५ मा सी जीनपीङको सैन्य सुधार कार्यक्रमअन्तर्गत स्थापना गरिएको थियो । ली शांगफूलाई सी चिनफिङले व्यक्तिगत रूपमा उच्च रक्षा पदका लागि चयन गरेका थिए । तर उनलाई पदबाट हटाइएपछि रकेट फोर्सका धेरै उच्च अधिकारीलाई पनि भ्रष्टाचारको आरोपमा हटाइएको थियो ।

सन् २०१२ मा सत्तामा आएपछि राष्ट्रपति सीले व्यापक भ्रष्टाचारविरोधी अभियान सञ्चालन गर्दै आएका छन् । यस अभियानअन्तर्गत हालसम्म १० लाखभन्दा बढी अधिकारीमाथि कारबाही गरिएको बताइएको छ, जसमा धेरै उच्च सैन्य अधिकारी र जनरलसमेत रहेका छन् ।

यो अभियान मुख्य रूपमा चिनियाँ कम्युनिस्ट पार्टीभित्रको भ्रष्टाचार अन्त्य गर्न केन्द्रित रहेको बताइएको छ ।

  • Related Posts

    ‘सुपर-अर्थ’ ग्रह बारे वैज्ञानिकहरुको महत्वपूर्ण अध्ययन

    काठमाडौँ । अन्तरिक्ष विज्ञानमा वैज्ञानिकहरूले ठूलो उपलब्धि हासिल गरेका छन् । वैज्ञानिकहरूले पहिलो पटक पृथ्वीभन्दा टाढा रहेको एउटा चट्टानी ग्रहको सतह र भूगर्भीय संरचनाको विस्तृत अध्ययन गर्न सफल भएका हुन्…

    मोहित सुरी र यशराज फिल्म्सबीच बहु–चलचित्र निर्माणको सम्झौता

    काठमाडौँ । बलिवुड फिल्म सैयाराको ऐतिहासिक सफलतापछि यश राज फिल्म्सले निर्देशक मोहित सुरीसँगको सहकार्यलाई अझ दीर्घकालीन बनाउने तयारी गरेको छ । मोहित सुरीको आगामी निर्देशनमा बन्ने चलचित्रमा फेरि अहान पाण्डे…

    पहिलो

    कर्तव्य ज्यान सम्बन्धी कसुरमा संलग्न तीन जना किर्तिपुरबाट पक्राउ

    • May 8, 2026
    • 32 views

    करिब दुई घण्टा ढिलो गरि तोकियो सर्वोच्चमा पेसी

    • May 8, 2026
    • 29 views
    करिब दुई घण्टा ढिलो गरि तोकियो सर्वोच्चमा पेसी

    विश्वविद्यालयहरुको रिक्त उपकुलपति नियुक्तिका लागि दरखास्त आह्वान

    • May 8, 2026
    • 28 views
    विश्वविद्यालयहरुको रिक्त उपकुलपति नियुक्तिका लागि दरखास्त आह्वान

    ‘सुपर-अर्थ’ ग्रह बारे वैज्ञानिकहरुको महत्वपूर्ण अध्ययन

    • May 8, 2026
    • 28 views
    ‘सुपर-अर्थ’ ग्रह बारे वैज्ञानिकहरुको महत्वपूर्ण अध्ययन

    सुनचाँदीको मुल्य बढ्यो

    • May 8, 2026
    • 16 views
    सुनचाँदीको मुल्य बढ्यो

    मन्त्रिपरिषद्को बैठक आज बस्दै

    • May 8, 2026
    • 26 views