यान्त्रिक अवस्था ठिक नभएका गाडी चलाउने ४२ जनालाई कारबाही

काठमाडौँ । काठमाडौँ उपत्यकामा यान्त्रिक अवस्था ठिक नराखी गाडी चलाउने क्रम अझै रोकिएको छैन । प्रहरीले विशेष जाँच अभियान सञ्चालन गरी यान्त्रिक अवस्था ठिक नभएका गाडी चलाउनेलाई कारबाही गर्दै आए पनि यो क्रम नरोकिएको पाइएको हो । आज मात्रै उपत्यकाको सात दोबाटोमा गरिएको सवारीसाधन विशेष जाँचका क्रममा अवस्था ठिक नभएका सवारीसाधन चलाउने ४२ जनालाई ट्राफिक प्रहरीले कारबाही गरेको छ ।

काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयका प्रवक्ता प्रहरी उपरीक्षक विश्वराज खड्काले ६८ वटा सवारीसाधन जाँच गर्दा हेण्डब्रेक नलाग्ने, लाइटहरू दुरुस्त नभएका, टायर धेरै घिस्रिएकालगायत यान्त्रिक अवस्था ठिक नभएका ४२ वटा सवारीसाधन फेला पारेकाले उनीहरूलाई कारबाही गरिएको जानकारी दिए। 

लागूपदार्थ सेवन गरी सवारीसाधन चलाउँदै गरेका एक जना चालकलाई पनि आजै भक्तपुरको जगातीबाट ट्राफिक प्रहरीले नियन्त्रणमा लिएको छ । ना ५ ख १५५३ नम्बरका बस चालकलाई  ट्राफिक प्रहरीले नियन्त्रणमा लिएको हो । नेपाल प्रहरी अस्पतालको प्राविधिक टोलीले उनको पिसाब जाँच गर्दा लागूपदार्थ सेवन गरेको प्रमाणित भएको थियो । प्रहरी अस्पतालको प्राविधिक सहयोगमा काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालय र लागुऔषध नियन्त्रण ब्युरो कोटेश्वरको संयुक्त टोलीले उपत्यकाका विभिन्न स्थानमा सवारी चालकले नशालु पदार्थ सेवन गरे/नगरेको जाँच गर्दै आएको छ । 

केही दिनअघि मात्रै काठमाडौँको कुलेश्वरमा लागूपदार्थ सेवन गरेर गाडी चलाउँदा सोही गाडीको ठक्करबाट विपरीत दिशाबाट सडकपेटीमा हिँडिरहेका तीन यात्रु घाइते भएका थिए ।

  • Related Posts

    राष्ट्रिय सभा अध्यक्ष दाहाल र टर्कीका सभामुख कुर्तुल्मुसबीच शिष्टाचार भेटवार्ता

    काठमाडौँ । राष्ट्रिय सभा अध्यक्ष नारायणप्रसाद दाहाल र टर्कीको संसदका सभामुख नुमान कुर्तुल्मुसबीच शिष्टाचार भेटवार्ता भएको छ । अन्तर व्यवस्थापिका सङ्घको १५२औँ महासभामा सहभागी हुन इस्तानबुल पुगेका अध्यक्ष दाहालले टर्कीका…

    इरानको दबाब मान्दैनौं- ट्रम्प

    काठमाडौँ । अमेरिकाले इरानको दबाब नमान्ने स्पष्ट पारेको छ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानले होर्मुज जलडमरुका विषयमा दबाब सिर्जना गरिरहेको भए पनि अमेरिका नझुक्ने बताएका छन् । सञ्चारकर्मीसँगको कुराकानीमा…

    पहिलो

    राष्ट्रिय सभा अध्यक्ष दाहाल र टर्कीका सभामुख कुर्तुल्मुसबीच शिष्टाचार भेटवार्ता

    • April 19, 2026
    • 13 views
    राष्ट्रिय सभा अध्यक्ष दाहाल र टर्कीका सभामुख कुर्तुल्मुसबीच शिष्टाचार भेटवार्ता

    इरानको दबाब मान्दैनौं- ट्रम्प

    • April 19, 2026
    • 15 views
    इरानको दबाब मान्दैनौं- ट्रम्प

    सुदूरपश्चिमले आर्मीलाई दियो १६२ रनको लक्ष्य

    • April 17, 2026
    • 41 views
    सुदूरपश्चिमले आर्मीलाई दियो १६२ रनको लक्ष्य

    हेलिकप्टर दुर्घटना, ८ जनाको मृत्यु

    • April 17, 2026
    • 29 views
    हेलिकप्टर दुर्घटना, ८ जनाको मृत्यु

    विभिन्न देश पठाइदिन्छु भन्दै ठगी गर्ने चार जना पक्राउ

    • April 17, 2026
    • 30 views
    विभिन्न देश पठाइदिन्छु भन्दै ठगी गर्ने चार जना पक्राउ